फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ चौ पारा एशियाली खेल

(GMT+08:00) 2011-08-22 19:38:42

                आज म चीनको क्वाङ चौमा सम्पन्न भइसकेको पारा एशियाली खेलको उद्घाटन समारोहमा देखिएको  दृश्य र त्यहाँको वातावरणको प्रसङ्गलाई केलाउने प्रयास गरिरहेको छु। म यस खेलको उद्घाटन कार्यक्रमको अवधिभर नै चिनियाँ केन्द्रीय टेलिभिजन वा सिसिटिभीबाट आउने प्रत्यक्ष प्रसारण हेरेको थिएँ। करिब तीन घण्टासम्म चलेको उक्त समारोहमा विविध अर्थयुक्त कुराहरू देखाइएका थिए।मैले देखेसम्म एक असल आमा र उनकी छोरी आकाशमा उडिरहेको दृश्य अनि समय समयमा ती बालिकालाई माया गरिरहेको अनि ती बालिका पनि आफ्नी आमासँग खुसी भएर यो संसार घुमिरहेको दृश्य निकै नै चित्ताकर्षक थियो। मैले अर्थ बुझेसम्म कुनै पनि मानिस बाल्यकालमा धेरै नै मायालु हुने अनि विविध परिस्थिति र दैबी प्रकोप अनि अज्ञानता आदिको कारणले ऊ अपाङ्ग बन्न सक्ने कुरा त्यसको अर्थ हुनसक्छ। समाजमा अपाङ्गलाई अलिक अर्कै दृष्टिकोणबाट हेर्ने चलन पनि रहेको छ। तर वास्तवमा अपाङ्ग पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन्।

               जसरी सोह्रौँ एशियाली खेलकुदमा भएको उद्घाटन कार्यक्रमले एउटा नयाँ रेकर्ड राखेको थियो त्यसरी नै पारा खेलकुदमा पनि उक्त रेकर्ड रहेको स्पष्ट देखिएको थियो। उद्घाटनस्थलको आकाशमा विविध प्रकारका चराहरू उडेका अनि ती चराहरुले विविध प्रकारका खबरहरू बोकेर बाँड्दै हिँडेको कुरा अत्यन्त चामत्कारिक देखिएको थियो। मानिस स्वभावैले स्वतन्त्र प्राणी हो त्यसैले अपाङ्ग तथा सबलाङ्ग सबै नै एक भएर यो विश्व घुम्न सक्छन् भन्ने आशय त्यसले देखाएको हुनसक्छ।कार्यक्रममा हेर्नलायक दृश्य बनाउने जिम्मा छाया र प्रकाशको पनि देखिन्थ्यो। विविध रङका प्रकाशका किरणहरू रङ्गशालामा पोखेर रङ्गशाला नै पूर्ण प्रकृतिमय बनाएको थियो।

               सन् 2010 क्वाङ्ग चौ एशियाली अपाङ्ग खेलकुदको उद्घाटन समारोह गत डिसेम्बर 12 तारिख राती क्वाङ चौ खेलमैदानमा आयोजना गर्नुका साथै प्रतियोगिता शुरु भएको थियो । एशियाली खेलकुद र एशियाली पारा खेलकुदको इतिहासमा एउटै शहर र एकै वर्षमा आयोजना गरिएको यो पहिलो पटक पनि भएको छ। सात दिनसम्म चलेको एशियाली पारा समितिका एकचालीस सदस्य मुलुकका दुई हजार पाँच सयभन्दा बढी शारीरिक अशक्त खेलाडीहरुले यस मैत्रीपूर्ण प्रतियोगितामा हार्दिकताका साथ भाग लिएका थिए। यस पटकको एशियाली पारा खेलकुदमा साइकल चढ्ने , पौडी खेल्ने र सुटिङलगायतका उन्नाइस विधामा प्रतियोगिता चलेको थियो र चिनियाँ प्रतिनिधि मण्डलका चार सयभन्दा बढी खेलाडीहरुले सबै नै प्रतियोगितामा भाग लिएका पनि थिए। पदकको हिसबाबबाट हेर्दा चीन जापान र इरान अग्रपङ्क्तिमा रहेका थिए। यसबाहेक मलेशिया, दक्षिण कोरिया, जोर्डन, इराक र चीनको थाइवानले पनि स्वर्ण पदक हासिल गरेका थिए। सन् 2010 एशियाली पारा खेलकुद समारोह गत डिसेम्बर बाह्र तारिख साँझ चीनको क्वाङ चौ शहरमा उद्घाटन भएको थियो। चीनका उप-प्रधान मन्त्री लि ख छ्याङले सो साँझ सो उद्घाटन समारोहमा सहभागी इरान, फिलिपिन्स, लाओस, मलेशिया र बंगलादेश आदि मुलुकका नेतागणसँग भेट-घाट गर्नुभएको थियो। साथै उहाँले अन्तर्राष्ट्रिय पारा खेलकुद समितिका अध्यक्ष फिलिप क्रेभेन र एशियाली पारा खेलकुद समितिका अध्यक्ष दातुक जानाल आबु जारीन आदि अन्तर्राष्ट्रिय खेलकुद संघका पदाधिकारीसँग भेट-घाट गर्नुभएको थियो।

               उप-प्रधान मन्त्री लि ख छ्याङले उहाँहरुलाई समारोहमा सहभागी हुनुभएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो। साथै उहाँहरुले क्वाङ चौ एशियाली अपाङग खेलकुदमाथि गरेको समर्थन र पारा खेलसम्बन्धी विकासमा योगदान दिनुभएकोमा श्री लि ख छ्याङले उहाँहरूको उच्च मूल्याङकन गर्नुभएको थियो।

               जसरी चीनले पैचिङ ओलम्पिकताका आफ्नो अनवरत प्रयासले विश्वलाई आश्चर्यचकित पार्ने गरी खेलकुदको आयोजना गरेको थियो त्यसकै निरन्तरता जस्तै लाग्छ यो पारा एशियाली खेल पनि । अब आफ्नो अमूल्य समय लन्डन ओलम्पिकको तयारीमा लगाउने भएको पनि बुझिएको छ।यो हामी सबैका लागि खुसीको कुरा नै हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह