फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाड -2

(GMT+08:00) 2011-09-05 20:15:52

                 म चीनमा मनाइने विविध चाडपर्बहरूमध्ये सबैभन्दा ठूलो चाडको रुपमा रहेको चाड वसन्त चाडको बारेमा मैले देखेका र अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु।चीनका परम्परागत उत्सबहरु त धेरै नै छन्।चीन देश जसरी क्षेत्रफलको हिसाबले विशाल छ त्यसरी नै परम्परा र संस्कृतिमा पनि त्यत्तिकै विशाल र धनी छ भन्न सकिन्छ।आजको कार्यक्रम भनेको अघिल्लो हप्ताको कार्यक्रमको निरन्तरता नै हो। अघिल्लो हप्तामा मैले वसन्त चाडको सुरुआत कसरी भयो र यसमा के कस्ता किम्बदन्तीहरू जोडिएर आएका छन् भन्नेजस्ता विषयमा केही कुरा बताएको थिएँ।

                  छुन चे भनेको चाहिँ वसन्त ऋतुमा पर्ने पर्व वा वसन्त चाड हो। छुन्चे ख्वाय ल भनेको वसन्त चाडको शुभकामना छ भनिएको हो। वर्षभरि काम र माम अनि पढाइका लागि देश-परदेश पुगेका चिनियाँहरू जसरी पनि वसन्त चाडमा आ-आफ्नो जन्मघर फर्कने तरखरमा हुन्छन्।रेल हवाइजहाज र बसमा धेरै भिड भएको देखिन्छ यो बेलामा। जसरी नेपालमा पनि दशैँ पर्व परेको बेलामा देश परदेशबाट मानिसहरू आफ्नो जन्मस्थल फर्कने गर्दछन् त्यसरी नै चीनमा पनि देश परदेशबाट आफ्नो जन्मथलो फर्कने गरिएको दखिन्छ। रेल, हवाइजहाज तथा बसहरूले सिट संख्या व्यापक मात्रामा थपेका हुन्छन्। तथ्याङ्कले भन्छ कि करिब दुई अर्व चिनियाँ जनता वसन्त चाडका अवधिमा ओहोरदोहोर गर्दछन्। यो संख्या भनेको व्यापक नै हो। त्यसै गरेर यस पर्वका अवधिमा सरकारले राष्ट्रिय विदाको घोषणा गर्दछ। नेपालमा पनि दशैँका अवशरमा सरकारी विदा हुने गर्दछ अनि कम्पनीहरूले पनि आफ्नो नियम र परिधिबमोजिम् आफ्ना कर्मचारीलाई बोनस दिने र विदा पनि दिने गरेको पाइन्छ।

               पैचिङमा पनि हरेक दिन लाखौँ मानिसहरू ओहोरदोहर गरेको देखिन्छ यो समयमा।जताततै राम रहुस र रमाइलो हुने गर्दछ चीनमा यसबेला।मानिसहरू नयाँ लुगामा ठाँट्टिएर हिँडिरहेका हुन्छन्।चीन सरकारले यो चाड मनाउनका लागि भनेर विपन्न वर्गलाई लक्ष्य गरेर करोडौँ रुपैँया बाँड्ने गर्दछ।सबै जना हर्षको मुद्रामा रहेका हुन्छन्।वर्षभरिका लागि सुख शान्ति र बैभबका लागि हरेक घरका ढोकामा विशेषतायुक्त चित्रहरू टाँस्ने पनि गरिन्छ यस वसन्त चाडमा।

चिनियाँ चन्द्रपात्रोअनुसार यो पर्वबाट नै चिनियाँ नववर्ष सुरु हुने गर्दछ र यो उत्सब नै चिनियाँ तथा चिनियाँ मूलका मानिसहरुका लागि सबैभन्दा ठूलो पर्ब हो।

               चीनमा सान वंशीय राजाको पालाबाट नै यो उत्सब मनाउन सुरु गरेको विश्वास गरिएको छ।जब वसन्त चाड आउँछ तब वसन्त चाड पनि सुरू हुन्छ भन्ने विश्वास गरिन्छ।वसन्त ऋतु मन नपर्ने त शायद कोही पनि हुँदैन होला किनभने सुकेका वृक्षले पालुवा फेर्ने ऋतु कोइली घर फर्केर आउने ऋतु अनि राम्रा र वास्नादार फूलहरू फुल्ने मौसम अनि ठिहिर्‍याउँने जाडोबाट मुक्ति पाउने ऋतु यो त सबैलाई नै अवश्य नै मनपर्ने नै हुन्छ।त्यसैले हरेक चिनियाँहरूले यसलाई पूर्ण रुपमा र तन मन धन दिएर मनाउने गर्दछन्।

               डिपार्टमेन्ट स्टोरभन्दा बाहेक खुद्रा पसलहरूलगायत् तरकारीपशलहरू प्रायशः दशदिन जति बन्द नै हुने गरेको देखियो यस पर्वका अवशरमा। त्यसैले चिनियाँहरू यो चाड सुरु हुनुभन्दा अघि नै आफूलाई आवश्यक पर्ने मालसामानहरू खरिद गर्दछन्।मैले अनुभव गरेसम्म यस उत्सबको मुख्य दिनको अघिल्लो दिन को राती मानिसहरू आतीशबाजीमा व्यस्त हुन्छन्।चीनको आकासभरि नै आतीशवाजीले पूर्ण रुपमा उज्यालो हुने गर्दछ।अति नै रमाइलो हुने गरी आतिशवाजी गर्ने र पटाका पड्काउने गरिन्छ।पटाका आकाशमा पुगेपछि विभिन्न आकारमा परिणत भएर पड्किने गरेको मैले देखेको हुँ।

               सबैका मुखबाट सिन नियान हाउ को नियान हाउ अनि ठुन्चे ख्वाय ल जस्ता अभिवादन सुनिने गर्दछ।ठाउँठाउँमा वृहत रुपमा मेलाहरु आयोजना गरिँदो रहेछ यस पर्बमा। ती मेलाहरूको अवलोकन गर्दा पाइयो कि त्यहाँ विभिन्न प्रान्तका विशेषतायुक्त खाद्य परिकारहरू पाइने रहेछ।सबैभन्दा बढी त मासुकै परिकारहरू पाइने गरेको पाइयो।मासुको परिकारलगायत ती मेलाहरूमा कपडाबाट बनेका पुतलीहरू राखिएका थिए।विभिन्न प्रकारका खेलहरू पनि आयोजना गरिएका देखिएका थिए।प्रायःजसो खेलहरु भाग्यचिठ्ठासँग संबन्धित रहेका देखिए।त्योलगायत् बिभिन्न प्रकारका रोटेपिङहरू पनि थिए।मानिसहरूको यति घुइँचो कि संसारकै मानिसहरू नै कतै त्यहाँ आएका हुन् कि जस्तो देखिन्थ्यो त्यहाँ।मानिसहरू मेलामा जाँदा उतै खानेकुरा खाने योजनाले गएका हुँदा रहेछन् त्यसैले जहाँ गए पनि विभिन्न परिकारहरू खाइरहेको देखिन्थ्यो।

                पुरातन कालमा चीनका धनीमानीहरूले मात्र वसन्त चाड मनाउने गर्दथे।गरिबहरू पैसाको अभावमा यो चाड मनाउन सक्दैनथे। त्यस बाध्यतालाई उपयोग गरेर धनीमानीहरू गरिबलाई केही पैसा दिएर उनीहरूका घरबारी र बहुमूल्य संपत्ति लिने र गरिबलाई अझ गरिब बनाउने गर्दथे।तर चीनमा जब जनगणतन्त्र स्थापना भयो तब यस चाडको महत्व अझ बढेर गयो र सबैले हर्षोल्लासका साथ यो चाड मनाउन थाले।

               आज चीनका हरेक जनता यो चाड अत्यन्त खुसीका साथ मनाउने गर्दछन्।यो पर्वको मुख्य विशेषता भनेको नै पारिवारिक मिलन हो।सबै जनताहरू सम्भव भएसम्म यो उत्सबमा आ-आफ्नो घर फर्कने गर्दछन्।

                यो ध्रुवसत्य कुरा हो ।चीन देश अत्यन्त ठूलो देश हो।शहरमा रोजगारीमा आएका जनताहरू आफ्नो परिवार भेट्न घरतिर लाग्ने गर्दछन्।नब्बे देखि पञ्चानब्बे प्रतिशत आमाबाबुका एक मात्र सन्तान छन्।एकभन्दा बढी सन्तान हुने आमाबाबु विरलै देखिने गर्दछन्।त्यसैले ती सन्तानहरू जो शहरमा रोजगारीमा लागेका छन् ती सन्तानहरू आफ्ना आमाबाबु भेट्न आफ्नो जन्मस्थल फर्कने गर्दछन्।

               मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने ,सबैको उन्नति र प्रगतिको कामना गर्नेसमेतको उत्सब हो भनेर वसन्त चाडलाई चिनाउन सकिन्छ। चिनियाँ परम्परागत पात्रोअनुसारको नयाँवर्ष चीनमा उल्लासपूर्ण रुपमा आएको छ।यसपटक चीनमा राशीचक्रले हेर्दा खरायोवर्ष परेको छ। अघिल्लो हप्ताको निरन्तरताको रुपमा प्रसारण गरिएको यो कार्यक्रम यहाँलाई कस्तो लागेको छ?यसमा तपाईँका सुझाबले हाम्रो कार्यक्रम प्रस्तुतिलाई अझ राम्रो पार्न अवश्य सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह