फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन- काङ्ग्रेसको वार्षिक अधिवेशनमा उठेका मूलभूत

(GMT+08:00) 2011-03-15 14:46:21

                आज म चीनमा भर्खरै सम्पन्नत भएको चिनियाँ राष्ट्रिय जन- काङ्ग्रेसको वार्षिक अधिवेशनमा उठेका मूलभूत कुराहरू र अधिवेशन भइरहेको अवशरमा आफूले गरेका अनुभवहरूका बारेमा बताउन जाँदैछु। अघिल्लो हप्ताको यसै कार्यक्रममा मैले चीनको जन परामर्शदात्री सम्मेलनको बारेमा केही चर्चा गरेको थिएँ।आज भने गत मार्च 5 तारिख बिहान नौ बजे सुरु भएको चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशनको प्रसङ्ग कोट्याइरहेको छु।

               मार्च 5 तारिख बिहान अधिवेशन उद्घाटन हुनासाथै प्रधानमन्त्री वन च्या पाउले राज्य परिषद्‍को तर्फबाट राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधिहरुसमक्ष एक वर्षका लागि सरकारी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। चिनियाँहरुका लागि यस पटकको अधिवेशन विशेष महत्वको भएको मैले ठहर गरेको छु। किनभने यो वर्ष भनेको चीनको 12 औँ पञ्चवर्षीय योजनाको पहिलो वर्ष पनि हो। अनि यस अधिवेशनले सन् 2015 सम्मको वा आउने पाँच वर्षभित्र चीनको राष्ट्रिय अर्थतन्त्र कस्तो हुने र सामाजिक विकास कुन दिशातिर बढ्दै जाने भन्ने कुराको निर्णय गर्नका लागि उचित छलफल गरेर निश्चित बिन्दुमा पुगी अनुमोदन पनि गरेको छ।

               चीनले आर्थिक विकासलाई नयाँ चरणमा पुर्‍याउन सवलताका साथ काम गर्नुपर्ने र आउने पाँच वर्षभित्र चीनको आर्थिक वृद्धि पूर्वानुमानित रुपमा प्रतिवर्ष सात प्रतिशतको हाराहारीमा हुनुपर्ने स्पष्ट लक्ष्य तोकेको छ ।

                चौतर्फी रुपमा जन-जीवनलाई सुधार गर्ने र सर्वतोमुखी रुपमा सुधार र खुलापनको कार्यलाई सवल पार्ने कुरा पनि लक्ष्यका रुपमा राखिएको छ। वृद्धिदरको अङ्क मात्र महत्वपूर्ण कुरा होइन यसमा गुणस्तर र आर्थिक फाइदाका विषय पनि समेटिएको कुरा प्रकाशमा आएको छ। सरकारी नीति तथा कार्यक्रममा प्रधानमन्त्री वन च्या पाउले आउने पाँच वर्षभित्र चीन सरकारको मुख्य लक्ष्य र कार्यभार प्रस्तुत गर्नुभएको छ। साथै वैज्ञानिक शैलीबाट विकास गर्ने कुरालाई मुख्य विषयवस्तु बनाएको अवस्था छ। यसबाट चीनमा अझ गहिरो रुपमा विज्ञान तथा प्रविधिको प्रयोग हुने पनि निश्चित भइसकेको अवस्था छ। चीनले सम्पन्न समाजको निर्माण गर्न आर्थिक विकासको दिशालाई मोड्ने अझै ठूलो जमर्को गर्ने अवस्था देखिएको छ। जन-जीवनलाई सुनिश्चित तुल्याउदै अर्थतन्त्रलाई स्थिर र छिटो पार्ने मात्र होइन समाजको मेलमिलापपूर्ण स्थिरतालाई प्रवर्द्धन गर्ने लक्ष्यले चिनियाँहरूमा हाल कायम रहेको मेलमिलाप अझ बढ्न सक्ने अवस्था पनि देखिएको छ।

               नीति तथा कार्यक्रममा सन् 2011 मा चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासको मुख्य पूर्वानुमानित लक्ष्य अघि सारिएको छ। कूल राष्ट्रिय गार्हस्थ उत्पादन आठ प्रतिशतले वृद्धि गर्ने, आर्थिक बनौटलाई अरु बढी रुपमा परिमार्जन गर्ने, शहरबासीको उपभोक्ता मूल्य सूची वा सि पी आइको वृद्धिदर चार प्रतिशतमा खुम्च्याउने, शहर र बस्तीमा थप नयाँ नब्बे लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने र त्यहाँ दर्ता गरिने बेरोजगारी दर चार दशमलब छ प्रतिशतभित्र नियन्त्रित गर्ने कुरा मूल रुपमा आएको अवस्था छ।

               अर्कोतिर विगतका घटनालाई केलाएर प्राकृतिक प्रकोपसँग जुध्न र जनधनको सुरक्षा गर्नका लागि तयार हुने र सम्भावित जोखिमको सामना गर्न राम्ररी तयारी गर्नुपर्ने कुरा प्रधानमन्त्री वनले कार्य-प्रतिवेदनमा दृष्टिगत गर्नुभएको छ।

               अर्कातिर चीनमा गम्भीर मुद्रास्फितिको अवस्था आएको छ। यस विषयलाई दृष्टिगत गरेर सरकारी कार्य-प्रतिवेदनले बजार भाउको समष्टिगत स्तरलाई स्थिर पार्नैपर्ने भन्दै पूर्ण योजनाका साथ आफ्ना दश सुत्रीय महत्वपूर्ण कार्य प्राथमिकतामा राखिएको अवस्था छ।

 

               प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य-प्रतिवेदनको धेरै ठाउँ लिएर सामाजिक निर्माण कार्यलाई सबल पार्ने र जन जीवनलाई सुनिश्चित तुल्याउने तथा सुधार गर्ने कार्यमा प्रकाश पार्नुभएको छ। जुन कुरा सर्वसाधारण चिनियाँको आशाको केन्द्र बनेको छ।

               अर्थतन्त्र जतिजति विकसित हुँदै जान्छ उतिउति नै सामाजिक निर्माण कार्यलाई सवल पार्ने र जनजीवनलाई सुनिश्चित तुल्याउने तथा सुधार गर्ने कार्यमा महत्वपूर्ण दृष्टि पुर्‍याउनुपर्छ भन्ने उद्धेश्यलाई केन्द्रमा राखिएको देखिन्छ।

                बितेका केही समयदेखि यता घर-आवासको विक्री मूल्य उच्च बिन्दुमा परिरहेको छ। जसको कारणबाट कतिपय चिनियाँले आफ्नो जीवनभरको मेहनत र कमाइले पनि एउटा आवास किन्न नसक्ने भनी कतिपय जनताले टिप्पणी गरेका छन्।यस कुराले चीनका सर्वसाधारणको मन दुखाएको छ। यस समस्याको समाधान गर्नका लागि सरकारी कार्य-प्रतिवेदनले कडा शव्दमा र कुनै पनि हालतमा घर-जग्गा व्यवसायमाथि सामञ्जस्य गर्ने र तारतम्य मिलाउने कुरा उल्लेख गरेको छ। यस प्रतिवद्धताबाट जनतामा आशाको मुना पलाएको छ र चिन्ता दूर हुँदै गएको छ।

                सरकारी कार्य-प्रतिवेदनले चालुवर्ष चीन सरकारले मुख्य गरी गर्नुपर्ने अरु कार्यहरु बारे पनि उल्लेख गरेको छ। यसमा अरु बढी रुपमा स्वदेशी आवश्यकतालाई बढाउने, कृषिको मूलभूत स्थानलाई सुदृढ र मजबुत पार्ने कुरा पनि समावेश छन्।

                यसलाई विश्लेषण गरेर हेर्दा कृषिलाई चीनले केन्द्रविन्दु बनाएको देखिन्छ। कृषिको उच्च र वैज्ञानिक विकासबाट मात्र सर्वसाधारण किसानको चाहना पूरा हुनसक्छ भन्ने कुरालाई गम्भीर रुपमा सोचिएको अवस्था रहेको पाइन्छ।स्वदेशी जनताको चाहना पूरा गरेर नै उपभोग तीब्र पार्न सकिने विश्वव्यापी मान्यता र अर्थशास्त्रको सिद्धान्तलाई चीनले पूर्ण रुपमा अंगालेको पाइन्छ।

                चीनमा हाल दुईवटा अधिवेशन हालसालै सम्पन्न भएका छन्। दुई अधिवेशनमा देश र जनताको मूल्य कायम राख्न र सर्वोपरि ठान्न नेतागण अवश्य पनि सफल हुनुभएकोछ। उक्त दुई अधिवेशनको शुभकामना दिनुहुने समस्त श्रोता मित्रलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको यो दुई अधिवेशनसम्बन्धी कार्यक्रम यहाँलाई कस्तो लागेको छ?यसमा तपाईँका सुझाबले हाम्रो कार्यक्रम प्रस्तुतिलाई अझ राम्रो पार्न अवश्य सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह