फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चुङ छ्यू चे पर्ब-2

(GMT+08:00) 2011-09-19 18:49:17

 

             चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो। यस मुलुकमा आधुनिकता पनि रेहको छ अनि परम्परालाई पनि राम्रोसँग जोगाएको देखिन्छ। आजको विश्वमा युवायुवतीलाई आधुनिकताले नराम्रोसँग गाँजेको देखिन्छ। त्यसैले उनीहरूले परम्परा चाडपर्ब र मान्यतालाई बिर्सँदै गएका छन्। तर चीन एउटा यस्तो देश बनेको छ कि जहाँका युवा युवती बूढापाका अनि बालबालिका सबै नै आफ्नो चाडपर्बको बारेमा सचेत छन्।

            यसरी आज प्रस्तुत हुने कार्यक्रममा चीनमा वसन्त चाडभन्दा दोस्रो ठूलो चाड चुङ छ्यौ चे वा मध्य शरद चाडबारेको थप जानकारी हो।

             म अघिल्लो हप्ताको कार्यक्रमलाई जोड्ने अनुमति चाहन्छु। चीनमा यस मध्य शरद पर्वमा रातमा चन्द्रमाको पूजा-आजा गर्न र त्यसको दर्शन गर्नका लागि"युए पिङ्ग" वा चन्द्र केक नामक एक विशेष किसिमको केक नभई नहुने खाना हो। युए पिङ्ग नामक केक पूर्णिमाको चन्द्रमाको आकार जस्तै बनाइएको हुन्छ जसमा केही टुक्रा-टुक्रा चीज-बीजहरु राखिएका हुन्छ। साधारण केकको तुलनामा त्यो निकै फरक छ।

             यस किसिमको केकको बाहिरी भागमा पौराणिक कथामा भनिएअनुसार छाङ्ग अ नामकी एउटी देवी चन्द्रमातिर उडेर गएको चित्र वा सम्पन्न वर्षको दृष्य वा दीर्घायुको कामनासम्बन्धी चित्रहरु पनि कुँदिएको देखिन्छ। मैले देखेसम्म उक्त केकमा अण्डा मासु फलफूलका टुक्राहरू मात्र नभई बदाम छोकडा अनि काजु पनि राखिएको हुन्छ। अनि कतिपय केकहरूमा कोदोको पिठोको केही भाग वा मुङ पनि पाइने गरेको मैले देखेको छु।

             चीनका विभिन्न क्षेत्रका युए पिङ्गको शैली र स्वाद पनि फरक-फरक छ। पैचिङ्गले प्रतिनिधित्व गरेको पैचिङ्ग शैलीको युए पिङ्ग केक,पूर्वी चीनमा पर्ने सु चाउ नगरले प्रतिनिधित्व गरेको सु चाउ शैलीको युए पिङ्ग केक, दक्षिणी चीनमा पर्ने क्वाङ्ग तुङ्ग प्रान्तको क्वाङ्ग शैलीको युए पिङ्ग केक र छाउ चाउ क्षेत्रको छाउ शैलीको युए पिङ्ग चीनभरिमै सबैभन्दा लोकप्रिय छन्। ती केकहरू निकै सस्तादेखि निकै महङ्गासम्म बजारमा पाइने गरेको मैले देखेँ।

              चिनियाँहरुको जीवनस्तरमा सुधार हुँदै आएको सन्दर्भमा युए पिङ्ग केकभित्र राखिने चीज-बीजहरुमा पनि परिवर्तन भएको देखिन्छ। परम्परागत चिनी, बयर,नरिवल, रातो दालको धूलो, सुकुटी मासु आदिका साथै हाँसको नूनिलो अण्डाको पहेंलो भाग,फल-फूलका मसिना टुक्रा र काकाओसहितको घ्यू युए पिङ्ग केकभित्र राख्ने गरिन्छ। केकको बाहिरपट्टि नै के कुरा त्यसमा राखिएको भनेर उल्लेख गरिएकव हुन्छ। त्यसैले आफ्नो इच्छाअनुसारको युए पिङ किनेर खान सकिन्छ। कुने कुनै युए पिङ त यति गह्रौँ हुन्छन् कि एउटै उक्त केकले पनि मजाले अघाइन्छ।

               युए पिङ्ग केक नाता-कुटुम्ब र इष्ट-मित्रहरुसित शिष्टाचार भेट गर्दा एक-अर्कालाई दिने-चढाउने कोसेली हो। "चुङ छ्यू चे" चाड आउनुअघि नाना किसिमका युए पिङ्ग केकले बजार टन्न भएको हुन्छ। यस कुराले मानिसहरुलाई "चुङ छ्यू चे"चाड छिटै आउन लागेको संकेत दिन्छ।मैले देखेसम्म पैचिङका बजारमा उक्त चाडको एक महिनाअघि देखि नै विविध प्रकारका युए पिङले बजारै ढाकेका थिए।

              रातको अन्ध्यारोमा रङ्गीबिरङ्गी बत्तिहरुबाट " चाङ्ग अ देवी चन्द्रमातिर उडेर गएको दृष्य"लाई निकै प्रकाशमय पारिएको देखिन्छ। हर्षबढाइँको क्रममा पर्यटकहरुले पनि चुङ्ग छ्यौ चाडको परम्परागत रीतिरिवाज र चालचलनको अनुभव लिँदै आएका छन्।

              त्यति मात्र नभई चुङ्ग छ्यौ चाडका अघि र पछिका दिनमा विविध किसिमका सांस्कृतिक कार्यक्रमहरु देखाइँदै आइएका छन्। त्यसैगरी यस पटकको चाडको अघिल्लो दिन साँझ पुरानो नगर सु चाउमा जल डमरुका दुई किनार बीचको गाढा भावना देखाइने "समृद्धिशाली मुलुकमा रहेको चहकिलो चन्द्रमा"नाउँको रात्री साँस्कृतिक कार्यक्रम पारिवारिक वातावरणमा शुरु भएको थियो। थाइवानका प्रसिद्ध कवि यु क्वाङ्गले निकै ठूलो पर्दामा आफ्नो जन्मथलोका दाजुभाइ र मित्रहरुलाई आफैँले लेखेको " जन्मथलोको सम्झना"भन्ने शीर्षकमा सम्झना-पत्र पठाउनुभएको थियो। उहाँको भावनाले सबैलाई एकदमै गदगद पारेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह