फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अन्तरिक्ष ल्याब प्रक्षेपण-1

(GMT+08:00) 2011-10-24 19:52:49

               आज म गत सेप्टेम्बर 29 तारिख राती नौ बजेर सोह्र मिनेट जाँदा "थेन कुङ एक नम्बर"अन्तरिक्ष यान वा चीनको पहिलो अन्तरिक्ष प्रयोगशालाको प्रक्षेपण चीनको उत्तर-पश्चिमी भागमा पर्ने च्यु छ्वेन उप-ग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको कुरा प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गरेपछि उक्त अवस्थामा देखिएका खास खास कुराहरू र यसबारे देश विदेशको प्रतिक्रियाबारे बताउन जाँदैछु । यस "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानले शन चौ आठ नम्बरको अन्तरिक्ष यान जोड्ने जिम्मेवारी वहन गर्ने भएको कुरा स्पष्ट रुपमा बताइएको छ।यस विश्वमा अमेरिका र रुसभन्दा पछाडि तेस्रो देशका रुपमा थेन कुङ एक नम्बर चीनले आफ्नै मेहनतमा अनुसन्धान तथा उत्पादन गरेको नयाँ मानवसहितको अन्तरिक्ष यान हो। यसको कूल लम्बाइ दश दशमलब चार मिटर रहेको थियो।पूर्वनिर्धारित योजनाअनुसार, चीनले चालुवर्षभित्र शन चौ आठ नम्बरको अन्तरिक्ष यान प्रक्षेपण गर्नेछ र "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानसँग अन्तरिक्षमा जोड्नेछ।यो रकेट प्रक्षेपण कार्य बेलुकी नौबजेर सोह्र मिनेटमा भएको थियो। ततस्थानमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, प्रधानमन्त्री वन च्या पाउलगायत केन्द्रीय समितिका राजनेताहरूको समुपस्थिति थियो।उहाँहरू पनि बडो उत्सुकताका साथ प्रक्षेपण कार्य अवलोकन गरिरहनुभएको थियो।उहाँहरूसँगै बसेका अन्तरिक्षयानसम्बन्धीका इन्जिनियरहरू तथा वैज्ञानिकरहरूले यस प्रक्षेपणका बारेका बताइरहेका थिए।नेतागणका अनुहारमा एकातिर खुसीको झल्को देखिन्थ्यो भने अर्कातिर गम्भीरता अनि जिम्मेवारीवोधका कुराहरू पनि देखिएका थिए।अनि ततस्थानमा रहेका सबैले रकेट निहाल्दा निहाल्दै केही मिनेटको समयमा नै रकेटबाट बलिरहेको एक भाग उछिट्टियो। अनि केही समयपछि दोस्रो भाग पनि उछिट्टियो र गयो। अनि हेर्दाहेर्दै रकेट चीनको पूर्वी समुद्रको ठीक माथि पुगेको थियो।त्यस समयको लक्ष भनेको रकेटले मुख्य अर्बिट पक्रनुपर्ने थियो। केही पछि हेर्दाहेर्दै रकेटको माथिल्लो भागबाट दुबैतर्फमा दुईवटा पखेटा निस्किए। ती पखेटा भनेका सौर्य उर्जा प्राप्त गरेर सोही अनुसारको शक्तिले उक्त भूउपग्रह चल्नु हो।निश्चित कक्षमा प्रवेश गर्न सफल भएको खुसयालीमा सारा जनता पनि खुसी भए होलान् अनि नेतागण र विश्वमा जनताले उक्त प्रत्यक्ष प्रसारण हेरे होलान्।

                यसैबीच चीनको मानवसहित अन्तरिक्ष उडान परियोजनाका प्रधान निर्देशक छाङ वान छ्वेनले च्यु छ्वान उप-ग्रह प्रक्षेपण केन्द्रबाट "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानको सफल प्रक्षेपण भएको घोषणा गर्नुभएको थियो। "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानको प्रक्षेपण चीनको उत्तर-पश्चिमी भागमा पर्ने च्यु छ्वेन उप-ग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च दुई नम्बरको एफ.टी एक प्रकारको रकेटद्वारा प्रक्षेपण गरिएको हो। "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानले शन चौ आठ नम्बरको अन्तरिक्ष यान जोड्ने जिम्मेवारी वहन गर्नेछ। भन्नाले केही समयपछि नै चीनले प्रक्षेपण गर्ने मानवसहित यान जुन अन्तरिक्ष प्रयोगशाला बन्नेछ हो त्यही प्रयोगशालाको एउटा मुख्य भाग हो यो थेन कुङ एक नंबर भनेको। जसलाई आधार मानेर अन्तरिक्ष यानहरू जोडिनेछन् र बन्नेछ एउटा सुविधासम्पन्न ल्याव वा अन्तरिक्ष प्रयोगशाला।

               चीनले समानता तथा आपसी हित, शान्तिपूर्ण प्रयोग, संयुक्त विकासको आधारमा अन्तरिक्ष क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय आदान-प्रदान तथा सहयोगलाई सबल पार्ने तथा समेटिएको विकासलाई अघि बढाउने अडान लिँदै आएको कुरा चीनको मानवसहित अन्तरिक्ष उडान परियोजनाका प्रवक्ताले बताउनु भएको छ।

               हिजो 29 तारिख राती चीनको "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानको सफल प्रक्षेपण भएको छ। विदेशी सञ्चार माध्यमले चीनको उक्त महत्वपूर्ण कुरामा निकै ध्यान दिँदै"थेन कुङ एक नम्बर"को सफल प्रक्षेपण चीनको एउटा आश्चर्यजनक कुरा भनी बताएका छन्।यसरी विश्वका महाशक्ति भनेर चिनिएका अमेरिका तथा बेलायतजस्ता देशले चीनको अन्तरिक्ष कार्यक्रमको खुलेर प्रशंसा गरेका छन्।अब चीन एउटा अन्तरिक्ष उद्योगी मुलुक बन्ने कुरा स्पष्ट भएको छ।

               अमेरिकाको अन्तरिक्ष प्रेस वेभसाइटले बताएअनुसार चीनको "थेन कुङ एक नम्बर"अन्तरिक्ष यान र शन चौ अन्तरिक्ष यान जोड्ने परीक्षण प्रविधि चीनले मावनसहितको अन्तरिक्ष स्टेशनको निर्माण गर्नका लागि गरेको एउटा महत्वपूर्ण कदम हो। पहिलो अन्तरिक्ष परीक्षण यानको प्रक्षेपण चीनको अन्तरिक्ष आविष्कारको एउटा महत्वपूर्ण कोसे-ढुङ्गा हो।

               बेलायतको रोएटर समाचार समितिका अनुसार चीनले सफलताका साथ "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानको प्रक्षेपण गरेबाट चीनले आफ्नो अन्तरिक्ष स्टेशनको निर्माण समयलाई अघि सार्नुका साथै अमेरिका,रुस जस्तै अन्तरिक्ष अध्ययनसम्बन्धी ठूलो मुलुकसँगको दूरीलाई छोटो बनाएको प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह