फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मान बहादुर खत्रीबाट

(GMT+08:00) 2010-01-26 15:00:12
             चिनियाँ अन्तर्राष्टि्रय रेडियो नेपाली विभागमा कार्यरत आदरणीय दिदीहरु, दाजुहरु तथा साथीहरुमा मेरो हार्दिक तथा न्यानो अभिवादन । चिनियाँ राष्टि्रय पर्व बसन्त चाडको शुभकामनाहाम्रो अत्यन्त नजिकको छिमेकी, घनिष्ट तथा मित्रराष्ट्र चीन तथा चिनियाँ मित्रबन्धुहरुको राष्टि्रय पर्व एवं महान चाड बसन्त चाड नजिकिदै आइरहेको छ । यस सुअवसरमा मित्रराष्ट्र चीन, चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनतामा सी. आर. आई. श्रोता क्लवहरुको राष्टि्रय परिषद् तथा सम्पुर्ण नेपाली श्रोताहरुको तफबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । चीनले हरेक क्षेत्रमा सफलताको शिखर चुम्दै विश्वको एकमात्र प्रमुख शक्तिशाली मुलुक बन्दै गइरहेको विषय विश्व सामु रहेको छ । विश्वको नै शक्तिशाली मुलुक बन्नु चिनियाँ मित्रहरुको लागि मात्र गौरवको विषय नभएर चीन प्रेमी विश्व समुदायको नै हो । भौगोलिक तथा परम्परागत सम्वन्धको हिसावले हामी नेपालीहरुको लागि पनि गौरव तथा खुशीको विषय हो । मित्रराष्ट्र चीन सबल हुदै जानु नेपालीहरुको लागि पनि खुशीको बिषय बन्दै गएको छ किनकी छिमेकी बलियो भयो भने अर्को छिमेकीले पनि बलियो भएको अनुभूति गर्दछ भन्ने नेपाली उखान रहेको छ । बलियो बन्दै गईरहेको चीनबाट हामी नेपालीले हेरक क्षेत्रमा सहयोगको अनुभुति पाइरहेका छौं । जन गणतन्त्र चीनको प्रमुख चाड बसन्त चाडलाई मनाउने विभिन्न तरिकाहरु छन । जसमध्ये ओपेरा तथा चलचित्र देखाउने, सिंह नाँच, लौरी खुट्टी नाँच, लोक नाँचको आयोजना, मेलाको आयोजना, गित गाएर भविष्यको शुभकामना दिने, घरका ढोकाको छेउछाउमा शुभसन्देशका पोष्टरहरु टाँस गर्ने गरिन्छ । यस चाडलाई गाँउ, शहर तथा बजारमा धुमधामसँग मनाउने गरिन्छ । यसै सिलसिलामा चीनमा घर फर्कने क्रम बढेर गएको छ । चिनियाँहरु विश्वको जुनसुकै कुनाकाप्चामा बसे तापनि यस चाड मनाउन घर फर्कने गर्दछन् । जसको लागि प्रयाप्त मात्रामा हवाई, स्थल, रेल तथा जल यातायातको व्यवस्था गरिएको छ । विश्वको सवैभन्दा ठूलो ढाँचाको व्यक्तिगत आवतजावत बनेको चिनियाँ रेलमार्गले पुर्ण सफलताको साथ सेवा प्रदान गर्दै आइरहेको कुरा सर्वविदित नै रहेको छ ।यस वर्ष 2010 को बसन्त चाडले कुशल तथा दूरदर्शी चिनियाँ नेता, हरेक क्षेत्रमा निपुर्ण चिनियाँ कम्युनिष्ट पाटी तथा मेहनती र लगनशिल जनतामा थप हौसला, जोस, जाँगर तथा उमंग ल्याओस । यस महान चाडले चीनलाई नयाँ खोज, अनुसन्धान एव विश्वलाई सहि दिशामा लैजान प्रेरणा प्रदान गरोस । विश्वमा बढ्दै गईरहेको अविश्वास, बेरोजगार, आर्थिक संकटलाई चीनले समाधान गर्ने कार्यमा सफलता प्राप्त गरोस । थाइवान जलडमरुलाई मुख्यभूमि चीनमा शान्तिपुर्ण तरिकाले समाहित गर्ने कार्यमा पनि यस पर्वले थप प्रेरणा प्रदान गरोस । विश्वमा शान्तिको अभाव खटि्करहेको अवस्थामा विश्वमा शान्ति फैलाई विश्व बन्धुत्वको भावना जगाउन थप प्रेरणा प्रदान गरोस । नेपाल र चीनबीचको मित्रतामा कोशेढुंगा थप्दै युगौंयुगसम्म कायम रहोस ।

मान बहादुर खत्री

प्रमुख, सँस्कृतिक विभाग,

सी. आर. आई. श्रोता क्लवहरुको राष्टि्रय परिषद्

नेपाल

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह