फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाड सम्बन्धी चीनका अल्पसंख्यक जातिहरुको चलनको तेस्रो भाग

(GMT+08:00) 2010-01-26 15:20:51

            हा नी जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडमा हा नी जु जातिका युवा-युवतीहरु एउटै ठाउँमा भेला भई रक्सी खाने र नाच-गान गर्ने गर्नुका साथै आ-आफ्ना प्रेमी-प्रेमिकालाई छान्ने गर्दछन।

             ना सी जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिनमा सो जातिले तेह्र वर्ष पुगिसकेका किशोर-किशोरीहरुका लागि भव्य समारोहको आयोजना गर्ने चलन छ। प्राप्त जानकारी अनुसार, यसलाई किशोरीहरुका लागि "जामा लगाउने समारोह"र किशोरहरुका लागि "पेन्ट लगाउने समारोह"भनिन्छ। यस समारोहपछि उनीहरु ठूला मान्छेको पंक्तिमा प्रवेश गरेको मानिन्छ।

            फु मि जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान, स्ठूआन प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिनको विहान सबेरै त्यस जातिका मानिसहरु यस चाडलाई मनाउने क्रममा तोपको सलामी दिने र शंख फुक्ने गर्दछन।

             बु यी जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने क्वै चाउ प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडका अवसरमा बु यी जु जातिका युवा-युवतीहरु राम्रा-राम्रा नयाँ लुगा लगाएर एक-अर्कासँग शिष्टाचार भेट गर्ने वा सँगसँगै मिलेर नाच-गान गर्ने र वन-भोज खाने गर्दछन। तीनीहरु ज्यादै रमाउँछन र अन्त्यमा आ-आफ्ना घर फर्कन्छन। अब बु यी जु जातिको एउटा मिठो गीत सुन्नौँ:

           अ लुङ्ग ठुन जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने है लुङ्ग च्यान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान सो जातिका युवा-युवतीहरुले सबैभन्दा पहिले आ-आफ्नो घर-परीवारका ठूला मान्छेहरुलाई विनम्रता साथ रक्सी भरिएको कप चढाएर अभिवादन गर्नुका साथै कुशलताको कामना गर्दछन र शुभकामना व्यक्त गर्दछन्। अनि त्यसपछि समान पुस्ताका मानिसहरु एक-अर्कालाई रक्सी खुवाउने र शुभकामना व्यक्त गर्नेगर्छन्। विहानको खाजा खाएपछि युवा-युवतीहरु एउटै ठाउँमा भेला भई घोडे-जात्राको आयोजना गर्ने र बाण हान्ने आदि प्रतियोगिताको आयोजना गर्दछन्।

            ता व अर जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने है लुङ्ग च्यान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान सबेरै सो जातिका युवा-युवतीहरुले दुबै हातले एक-अर्काको अनुहारमा खरानी दलिदिने चलन छ। त्यस बेला धेरैजसो सुन्दरीहरु "खरानी केटी"बनिसकेका देखिन्छन। भनाइ अनुसार, यसै तरिकाबाट यस नयाँ वर्षमा राम्रो अनाज भित्र्याउन सकियोस र सुखमय जीवन विताउन सकियोस् भन्ने शुभकामना व्यक्त गरिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह