फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परम्परागत खुला महोत्सबको नयाँ आकर्षण

(GMT+08:00) 2010-02-08 09:17:30

          हरेक वर्षको सुरुआतदेखि अन्तसम्म चीनका विभिन्न ठाँउमा विशेष गरी चार्डपर्वको अवधिमा ठूल्ठूला तथा ससाना खालका महोत्सब आयोजना हुन्छन्। परिवार तथा साथीहरूसँगसँगै महोत्सबमा गएर विभिन्न ठाँउका विशेषतायुक्त वस्तु किन्दै विशेषतायुक्त खाना खाँदै प्रदर्शन हेर्दै समय बिताउनु निकै रमाइलो तथा खुशीयालीको कुरा चिनियाँहरु मान्दछन्। मनोरञ्जन विविध हुँदै आएको क्रममा महोत्सबको आकर्षण कम गएकोबाट लोकपरम्परा विशेषज्ञ तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरुलाई चिन्ता लागेको छ। नवीकरण तथा सहयोगमार्फत अझ बढी मानिसलाई चिनियाँ परम्परागत महोत्सबतिर आकर्षित गराउने आशा उनीहरुले लिएका छन्। चीनको सबभन्दा ठूलो परम्परागत चाड अर्थात् वसन्त चाडको अवधिमा तपाईँ मसँगै चाडपर्वको एक महत्वपूर्ण भाग अर्थात् परम्परागत खुला महोत्सब नजिक गएर केही अनुभव लिन जाउँ ल।

            तपाईंले सुनिरहनुभएको आवाज परम्परागत महोत्सब तत्स्थानमै बाजा बजाउने आवाज हो। सामान्यतया यस्ता महोत्सब पार्क वा चोक जस्ता खुला ठाँउमा आयोजना हुन्छन्। महोत्सबमा साना पशल अस्थायी रुपमा खडा गरिन्छन् र बेच्नेहरुले विभिन्न ठाँउका विशेषतायुक्त चीजबीज राखेर ठूला आवाजले कराएर ग्राहकलाई आकर्षित गराउँछन्। मानिसहरु हिँड्दै यताउति हेर्छन्। कोही हातमा खाजा अथवा साना खेलौना लिएर हिँड्छन्। परम्परागत महोत्सबमा लोक कलाकारहरु पनि निकै व्यस्त छन्। उनीहरु परम्परागत प्रदर्शन गर्दै मानिसहरुको ध्यान केन्द्रीत गर्दछन्।

             चीनमा परम्परागत महोत्सबको हजारौँ वर्षको इतिहास छ र यसलाई चीनको चालचलनको जैवीक जीवाश्म मानिन्छ। यो चिनियाँहरुको आनन्दमय उत्सव हो। सुरुमा मन्दिर तथा गुम्बा नजिक आयोजना महोत्सबमा भगवानको पूजाआजा गर्दथे। समाजको विकास हुँदै गएको क्रममा धार्मिक कार्यक्रम महोत्सबमा व्यापारिक मेला तथा सांस्कृतिक प्रदर्शन लगायतका विविध विषय थपिएको छ। महोत्सबले चिनियाँ समाजमा खेलेको भूमिकाबारे चर्चा गर्दै पैचिङ्ग विश्वविद्यालयका प्राध्यापक एवम् चिनियाँ लोक कलाकार संघ चार्डपर्व अध्ययन केन्द्रका उप प्रमुख लु तीले भनेः "महोत्सब चीनको परम्परागत संस्कृति, कला तथा अर्थतन्त्र रेकर्ड गरिएको माध्यम हो। यसको हजारौँ वर्षको इतिहास छ। उमेर अलि बढी भएकाहरुमाथि गहिरो छाप पारिएको छ। चिनियाँ समाज, इतिहास, संस्कृति, अर्थतन्त्र तथा कलाको विकास प्रक्रियामा महोत्सबको अद्बितीय स्थान तथा भूमिका रहेको छ।"

             लामो समयसम्मको विकासका क्रममा युद्ध वा विशेष कारणले महोत्सब अस्थायी रुपमा स्थगित भएकोबाहेक अन्य समयमा महोत्सब आयोजना हुँदै आएका छन्। यसबाट सर्वसाधारण चिनियाँहरु रमाइलो पाउने सुस्वास्थ्य हुने प्रार्थना बोक्दै आएको देखिन्छ। चीनका विभिन्न ठाँउका महोत्सब भिन्नाभिन्नै छन् र आ-आफ्ना सांस्कृतिक विशेषता पाइन्छन्। तापनि महोत्सबमा चीजबीजको किनमेल, सांस्कृतिक प्रदर्शन, पर्यटकीय प्रचार तथा सुस्वास्थ्यको प्रार्थना गर्ने भन्ने कार्यक्रम अवश्य नै पाइन्छन्।

               याङसी नदीको माथिल्लो भागमा पर्ने छोङछिङ फङ तु जिल्ला महोत्सबका लागि निकै प्रचलित ठाँउ हो। सात लाख जनसंख्या भएको फङ तु जिल्लामा हरेक वर्ष आयोजना गरिने महोत्सब दशवटा भन्दा बढी हुन्छन्। ऐतिहासिक तथा सांस्कृतिक यथेष्ठता भएको त्यहाँ पर्यटकीय श्रोत पनि प्रशस्त भएकोले त्यहाँ आयोजना महोत्सब निकै आकर्षित देखिन्छ। आफ्नो जिल्लामा आयोजना महोत्सबबारे जानकारी दिँदै जिल्ला प्रमुख श्रीमती चाङ छाङ हुँले भनिनः "महोत्सबका अवधिमा यहाँका सडकहरुमा एकदम थोरै मान्छे देखिन्छन्। सबै नै महोत्सबतिर जान्छन्। महोत्सबमा प्रदर्शन हेर्न पाइनुका साथै विभिन्न ठाँउका विशेषतायुक्त वस्तु पनि पाइन्छ। मानिसहरु यस अबशर पारी किनमेल गर्दै साथी तथा परिवारसँगसँगै हिँड्दै गफ गर्दछन्। निकै रमाइलो देखिन्छ। हालै यहाँको महोत्सबमा भौतिक सांस्कृतिक सम्पदा पनि पाइन्छ। जस्तै भनौँ, यहाँ एक किसिमको बाँसबाट बनाइने जुत्ता पाइन्छ। यस्तो जुत्तालाई पट्याएपछि जुत्तामा केही निशाना पनि भेटिँदैन। यसका अतिरिक्त, बाँसद्बारा चित्र बनाउन सकिन्छ। हामीले यस महोत्सबमार्फत परम्परागत चालचलनलाई अन्यत्रलगायत् विश्वसमक्ष जानकारी दिने आशा लिएका छौँ।"

             पूर्वी चीनमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल शानतुङ प्रान्तीय थाइ शान पहाडतिर पनि एक पुरानो इतिहास भएको महोत्सब हुन्छ। चिनियाँ परम्परागत पात्रोअनुसार हरेक वर्षको तेस्रो महिनामा उक्त महोत्सबको आयोजना हुन्छ। सुरुमा महोत्सबमा थाइ शान भगवानको जन्मोत्सब मनाइन्थ्यो तर दशौं शताब्दीतिर यस महोत्सब ठूलो परिधि बनेको थियो। त्यतिबेला यो महोत्सब चीनमा निकै प्रभावकारी थियो। आजकाल यस महोत्सब त्यति ठूलो परिधिको होइन तापनि फेरि संयोजन गरी आयोजना गर्नमा यस महोत्सबमा परिवर्तन भेटिन्छ। यसै महोत्सबबारे जानकारी दिँदै संयोजन एकाइका जिम्मेवार व्यक्ति श्रीमती तङ फङले भनिनः "गतवर्ष यस महोत्सबलाई सुधारिएपछि हामीले यस महोत्सबको शुभचिन्हलाई फैलाउन थाल्यौँ। यसका साथै हामीले सांस्कृतिक मञ्चको पनि आयोजना गर्‍यौँ। महोत्सबमा आयोजना हुने कार्यक्रमहरुमा धार्मिक, व्यापारिक, मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएका छन्। यसका अतिरिक्त, हामीले संग्रहालयसँग पनि सहयोग गरी प्रदर्शनीको आयोजना गर्‍यौँ। सुरुमै हमीले यस महोत्सबको परम्परागत सास्कृतिक श्रेष्ठतालाई फैलाइ यसलाई आकर्षित बनाउने विचार गर्‍यौ। गत वर्षको महोत्सब निकै सफल भयो र यस वर्षमा आयोजना हुने महोत्सबमा नयाँ नयाँ विषय भेटिन पाइन्छ।"

             नविकरण तथा सुधार बितेका केही वर्षम चीनका विभिन्न ठाँउमा आयोजना महोत्सबको मुख्य विषय रहेका छन्। संयोजकहरुले विशेषतायुक्त कार्यक्रमको आयोजना गरी आ आफ्ना महोत्सबको आकर्षणलाई बढाउन प्रयास गर्दै छन्।

              हरेक वसन्त चाडको अवधिमा पैचिङ्ग ता क्वान युआन पार्क महोत्सब पैचिङ्गमा चल्ने महोत्सबहरुमध्येको निकै प्रसिद्ध छ। यस महोत्सब चिनियाँ साहित्यमा नामी उपन्यास लाल भवनको कथा आधारित प्राचीन काल मानिसहरुको जीवनलाई देखाइन्छ। यस पार्कका प्रमुख श्रीमती स्यु च्यु यीङले यस महोत्सबबारे जानकारी दिँदै भनिनः "हामी र ट्राभल एजेन्सीबीच दीर्घकालीन सहयोग छ। वसन्त चाडको अवधिमा पैचिङ्ग बाहिरबाट आउने पर्यटकहरु पैचिङ्गको भ्रमण गर्दाखेरी महोत्सबमा घुम्नु उनीहरुको पर्यटकीय सूचीमा प्राथमिकता दिइने कार्यक्रम हो। पर्यटकहरुमाझ यो निकै लोकप्रिय छ।"

              पैचिङ्ग विश्वविद्यालयका प्राध्यपक लु तीले महोत्सबको संयोजक, सांस्कृतिक अध्ययन क्षेत्र तथा पर्यटकीय क्षेत्रबीच सम्पर्क, सहयोगलाई प्रवर्द्धन पार्नुपर्ने ठहर व्यक्त गरे। महत्वसको सामाजिक भूमिका तथा मार्का बनाउने क्षेत्रमा प्रयास गर्दै चीनको परम्परागत लोक कार्यक्रमको प्रभावलाई विस्तार पारिने विचार पनि प्राध्यपकले व्यक्त गरे।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह