फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमल लम्सालबाट पठाइएको शुभकामना

(GMT+08:00) 2010-02-09 16:15:12
           चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा चिनियाँ अन्तर्राष्टिय रेडियो नेपाली सेवाका सबै साथीहरुलाई मेरो दिलैदेखिको शुभकामना । विश्वमा आर्थिक मन्दीको तिव्र असर परिरहेको यस घडीमा आएको यस नयाँ वर्षले मन्दीको समग्र प्रभावबाट मुक्त भै सारा संकटबाट पार पाउन चिनियाँ जनतालाई प्रेरित गरोस, यहीं मेरो अन्तरात्मादेखिको कामना छ । विश्व आर्थिक मन्दीका वावजुद चीनले सारा विश्वलाई उछिनेर निरन्तर आर्थिक वृद्धि दर हासिल गर्नसकेकोमा चीनको अर्थतन्त्रको अवश्यम्भावी विकासको गतिप्रति ढुक्क हुनसकिने अवस्था छ । म चीनप्रति राम्रो भावना साँचिराखेको मानिस, चीनमा रहेर काम गरिसकेको मानिस, चीनको विकास र उन्नतिको कामना गर्ने व्यक्तिका नाताले चन्द्र मासमा आधारित चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा म चीन, चिनियाँ नेतृत्व र चिनियाँ जनताको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछु । यस नयाँ वर्षले चीन र चिनियाँ समाजलाई सुख, समृद्धि र उन्नतिको बाटोतिर डोराओस, चिनियाँ अन्तर्राष्टि玱 रेडियो नेपाली विभागका तपाई सबै सहकर्मीहरुलाई सुख, शान्ति र खुशीको वष्रा गराओस, यहीं मेरो दिलैदेखिको शुभकामना छ ।

कमल लम्साल

काठमाडौं नेपाल

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह