फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रामजि राईबाट पठाइएको शुभकामना

(GMT+08:00) 2010-02-09 16:17:15
            सी.आर.आई श्रोता क्लव राष्ट्रिय परिषद नेपाल केन्द्रिय समितिका सदस्य एवम् शाही रक्षक प्रहरी, दक्षिण ढोका नारायणहिटि राजदरवारका कार्यरत रामजि राईले चीनको नयाँ वर्ष बसन्त चाडको अवसरमा इमेल र मोबाइलमार्फत हामी नेपाली सेवालाई हार्दिक बधाइ व्यक्त गर्नुभएको छ। उहाँको भनाइ अनुसार-

           "बसन्त चाड" चीनको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड "बसन्त चाड" फेब्रुअरी महिनाको दोश्रो हप्तामा पर्दछ। यो महान चाड देश बिदेशमा रहेका चिनियाँ मित्रहरुले धुमधामले मनाउने प्रचलन रहेको छ। यस पर्वमा लामो समय बिदा हुने र देश बिदेशमा रहेका सम्पुर्ण चिनियाँ मित्रहरुमा भेटघाट भई मीठा मीठा परिकारहरु खाने र राम्रो लगाउनुको साथै सँगै भेट नभएको अवस्थामा फोनबाट समेत शुभकामना आदन प्रदान गरेर मनाउने एक महत्वपूर्ण चाडको रुपमा मैले पाएको छु । अझ यस चाडबाट चीनको नयाँ बर्ष शुरु हुने भएकोले यस चाडले निकै ठूलो महत्व बोकेको मैले महशुस गरेको छु । यसरी चीनको महान चाडले नेपाल र चीन बींच साँस्कृतीक सम्बन्ध राखेको मैले पाएको छु किनकी नेपालमा पनि बसन्त ऋतु यहीं समयबाट शुरु हुने गर्दछ । त्यसैले म परममित्र राष्ट्र चीनको महान चाड "बसन्त चाड" को पावन अवसरमा देश बिदेशमा रहनु हुने चिनियाँ मित्रहरु, सी.आर.आई. नेपाली सेवामा काम गर्नु हुने सम्पुर्ण पदाधिकारीहरु लगायत सी.आर.आई. नेपाली सेवाको कार्यक्रम सुनेर बस्नु हुने समस्त श्रोताहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु साथै यस पर्वले जसरी बसन्त ऋतुमा कलिला मूनाहरु पलाएर मौलाउने गर्दछ त्यसरी नै दुई देश बीचको सम्बन्ध तथा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र श्रोता बींचको सम्बन्ध अझ मौलाएर जाओस भन्ने शुभेक्ष समेत ब्यक्त गर्न चाहन्छु । नेपाल चीन सम्बन्ध अमर रहोस।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह