फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केशब घिमिरेबाट पठाइएको शुभकामना

(GMT+08:00) 2010-02-09 16:20:00
           बनियानी-3,झापा, सी.आर.आई. श्रोता मैत्री क्लवका, केशब घिमिरेले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभएको छ- विगत 34 वर्षदेखि अनबरत रुपमा नेपाल र नेपाली सामु सी.आर.आई. कोशेढुंगाको रुपमा रहि आफ्नो प्रशारणलाई निरन्तरता दिएकोमा हामी गौरवान्दित् छौं। नेपाल र चीन बीचको मैत्री र दौत्य सम्बन्ध जनस्तरमा झन प्रगाढ र सुमधुर बनाउने कार्यमा सी.आर.आई.ले महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमा पनि चिनियाँ संस्कृति र चीनको विज्ञानले मलाई ज्यादै प्रभाव पारेको छ। सी.आर.आईले विश्व संचार जगतमा गरेको उल्लेखनीय प्रगतिको म खुलेर प्रशंसा गर्दछु। मैले सी.आर.आईसंग पत्राचार गर्न शुरु गरे यता चीनको बारेमा धेरै कुरा जान्ने मौका पाएको छु र यो मौका मैले सी.आर.आई रेडियोको नेपाली सेवा र मितेरी पुल नामक पत्रिकामार्फत पाएको हुँ। यसबाट म मा चीन र चीनको बारेमा थप जानकारी हासिल गर्ने जिज्ञासा झन बढेको छ। सी.आर.आईले विभिन्न मुलुकमा रहेका विभिन्न भाषामा कार्यक्रम प्रसारण गरि विभिन्न देशसंग दौत्य सम्बन्ध स्थापना गरेको कुराले पनि मलाई हर्षित बनाएको छ। तसर्थ आगामी दिनमा सी.आर.आईले रेडियो र मितेरी पुल पत्रिका मार्फत श्रोता माझ प्रभवकारी रुपमा कार्यक्रम थप्दै र संचालन गर्दै जावोस र यहाँहरुलाई गगन चुम्ने सफलता मिलोस यहि नै मेरो शुभकामना छ। साथै समस्त सी.आर.आई. परिवार, चिनियाँ जनतामा बसन्त चाडको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह