फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दीपक भट्टराईबाट पठाइएको शुभकामना

(GMT+08:00) 2010-02-09 16:21:09
           शनिश्चरे 3, मोरङमा पर्ने सगरमाथा सी.आर.आई श्रोता क्लवका अध्यक्ष दीपक भट्टराईले नेपाली सेवालाई पठाउनुभएको पत्रमा भन्नुभएको छ- चिनियाँहरुको सन् 2010 को बसन्त चाडको पुनित अवसरमा म सम्पूर्ण चिनियाँ जनता, सी.आर.आई.का मित्र एवं नेपाली श्रोता तथा नेपाली जनतामा मेरो तर्फबाट हृदयदेखि नै हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दै नयाँ वर्षले सुख ,शान्ति र समृद्धिका साथै प्रगति पथमा अगाडी बढिरहन प्रेरित गरिरहोस र आगामी दिनमा हामी बीचको अन्योन्यास्त्रित सम्बन्ध सगरमाथाको शिखर झैं उच्च रहोस भन्दै यस नव वर्षमा सी.आर.आई. नेपाली सेवाले लाखौ नेपाली श्रोताको मायाँ पाएर अझैं उच्च स्तरिय र राम्रा राम्रा कार्यक्रम श्रोतासामु पस्कन सफल होस। सी.आर.आई नेपाली विभाग विश्व शान्ति र भातृत्वको उदारण बन्न सकोस्। चीन र नेपाल बीचको ऐतिहासिक सम्बन्ध जनस्तरदेखि नै सुमधुर र प्रगाढ बनाउन नेपाली विभाग सधैं अग्रसर भइरहोस भन्दै हामी बीचको सम्बन्ध अझ नजिक र घनिष्ट बनोस र 2010 चिनियाँ जनताको बसन्त चाडको अवसरमा सुस्वास्थ्य एवं प्रगति पथको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्छु। सम्पूर्ण नेपाली सी.आर.आई.का श्रोताको तर्फबाट फेरि पनि शुभ कामना।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह