फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाई पाउद्वारा तपाईंलाई विश्व एक्सपो घुम्न लैजाने

(GMT+08:00) 2010-02-14 19:34:34

            शाङहाई विश्व एक्सपोको आयोजना आगामी मेइ एक तारिखदेखि अक्टोबर एकतीस तारिखसम्म हुदैछ। विदेशका व्यापक नागरिकहरुलाई मातृभाषामार्फत शाङहाई विश्व एक्सपोका विषय-बस्तु, हलहरु तथा सम्बन्धित कार्यक्रमहरु लगायतका विभिन्न सूचनाबारे जानकारी गराउन तथा मानव जातिको जीवनप्रति "शहर" नामक विषयको अर्थलाई व्याख्या गर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले आगामी फेब्रुअरी बीस तारिखदेखि अगष्ट एक तारिखसम्म रेडियो तथा सि.आर.आई आनलाइनमार्फत "रोचक विश्व एक्सपो शाङहाईमा भेटौं" ज्ञान-विज्ञान प्रतियोगिताको आयोजना गर्नेछ।

           पहिले आयोजित ज्ञान-विज्ञान प्रतियोगिता जस्तै हरेक अध्यायको अन्त्यमा हामीले तपाईंहरुका लागि दुई वटा प्रश्न तयार गरेका छौं। तपाईंले जवाफ दिएपछि हामी तपाईंहरुमध्ये विशेष पुरस्कार, पहिलो पुरस्कार, दोस्रो पुरस्कार र तेस्रो पुरस्कार प्राप्त गर्ने विजेताहरुको छनौट गर्नेछौं। तीमध्येका विशेष पुरस्कार प्राप्त गर्ने विजेताले चीनको निशुल्क भ्रमण गर्ने सुअवसर पाउनुहुनेछ। तपाईं यस ज्ञान-विज्ञान प्रतियोगितामा राम्रो सफलता हासिल गर्न सक्नुहोस् भन्ने हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं। अब "रोचक विश्व एक्सपो शाङहाईमा भेटौं" ज्ञान-विज्ञान प्रतियोगिता अन्तर्गत पहिलो अध्यायतिर लागौं। आजको कार्यक्रममा म अर्थात शाङहाई विश्व एक्सपोको शुभ-सूचक-हाई पाउ तपाईंहरुलाई विश्व एक्सपो घुमाउन लैजादैछु। शाङहाई विश्व एक्सपो चालू वर्षको मे एक तारिखदेखि शुरु हुनेछ। मेरो प्रश्न सुनेर निष्ठापूर्वक जवाफ दिनुभएका सौभाग्यशाली श्रोताले शाङहाई विश्व एक्सपोको तत्स्थानमा आएर हाई पाउसँग घनिष्ठ सम्पर्क कायम गर्ने अवसर प्राप्त गर्नुहुनेछ। अब आजको अध्यायको दुई वटा प्रश्न प्रस्तुत गर्दैछु। तपाईंहरु ध्यानपूर्वक सुन्नुहोस्। पहिलो, शाङहाई विश्व एक्सपोको शुभ-सूचकको नाम के हो? दुई, "एउटा धुरी, चार वटा हल"भएका कुनै दुई वटा भवनको नाम भन्नुहोस्।

           सर्वप्रथम म छोटकरी रुपमा मेरो जानकारी दिन्छु। म ठाडो कपाल,गोलो आँखा भएको एक जना हाँसिरहेको नीलो नानी हुँ। विश्वका बीस हजार वटा भन्दा बढी रचनाहरुमध्ये मलाई शाङहाई विश्व एक्सपोको शुभ-सूचकको रुपमा छानिएको हो। मेरो नाम "हाई पाउ"मध्ये हाईको अर्थ समुद्र हो भने पाउको अर्थ नानी हो। कतिपय चिनियाँहरु राम्रो भाग्य पाउन नानीलाई "पाउ" भन्ने गर्दछन्। मेरो जन्म समुद्रमा भएको थियो। म विश्वमा शाङहाई विश्व एक्सपोलाई ख्याल विचार गर्ने तथा त्यसको समर्थन गर्ने सम्पूर्ण मुलुकहरु, अन्तर्राष्ट्रिय संगठन तथा व्यक्तिहरुको नानी भएको कारण मलाई "हाइ पाउ" भन्नु एकदम उचित छ। आजको कार्यक्रममा म तपाईंहरुलाई समय अगावै शाङहाई विश्व एक्सपो घुमाउन लैजादैछु।

            सर्वप्रथम हामीसँगै "एउटा धुरी, चार वटा हल" अर्थात विश्व एक्सपोको धुरी, चीनको हल, अभिनय केन्द्र, विश्व एक्सपो केन्द्र तथा मुख्य हलमा जाऔं। विश्व एक्सपोको धुरी भनेको शाङहाई विश्व एक्सपोको मुख्य प्रवेशद्वार हुनुका साथै विश्व एक्सपो गार्डनको दृश्यावलोकन क्षेत्र तथा यातायातको मुख्य धुरी हो। त्यसको दायाँ तथा बायाँतिर चीनको हल, अभिनय केन्द्र, विश्व एक्सपो केन्द्र तथा मुख्य हल जोडिएको छ। त्यसको आकार पाल जस्तैछ। चीनको हलको मुख्य रंग रातो रंग हो। त्यो मानिसहरुले नजीक ठाउँबाट चिनियाँ संस्कृति तथा चिनियाँ फेशन अनुभव गर्ने ठाउँ हो। अभिनय केन्द्र कला सम्बन्धी वातावरण भरिएको एउटा भवन हो। त्यो ह्वाङ फु च्याङ नदीको छेउमा पर्दछ। रातको बेला त्यो एउटा चिम्किरहेको खोल जस्तै देखिन्छ। विश्व एक्सपो अवधिमा विभिन्न ठूला खालको अभिनय तथा महत्वपूर्ण कार्यक्रमहरुको यहाँ आयोजना हुनेछ।

             2010 शाङहाई विश्व एक्सपोको मुख्य विषय चाहिं "शहर जीवनलाई अरु राम्रो बनाउने" भन्ने हो। यस मुख्य विषयलाई गहन रुपमा व्याख्या गर्नका लागि यस पटकको विश्व एक्सपोमा मुख्य हल राखिएको छ। जसले मानव तथा जीवित प्राणीबीचको तथा तारा र भविश्यबीचको सम्बन्धबारे छलफल गर्नेछ। एउटा धुरी, चार वटा हलमा बाँकी रहेको अर्को भवन विश्व एक्सपोको केन्द्र हो। त्यहाँ विभिन्न किसिमका सम्मेलन तथा पत्रकार सम्मेलनको आयोजना गर्ने ठाउँ रहेको छ। त्यहाँ भोजको आयोजना गर्ने तथा अतिथिहरुको सत्कार गर्ने ठूलो क्षमता रहेको छ।

            शाङहाई विश्व एक्सपोमा निकै रोचक विदेशी हलहरु पनि छन्। उदाहरणका लागि, जापानको हल एउटा बैजनी कोसा जस्तै देखिन्छ। सिंगापुरको हल एउटा पार्दर्शी संगीत बक्स जस्तै छ। सम्पूर्ण मुलुकको हलले स्वदेशको विशेष सँस्कृति तथा भौगोलिक विशेषता अभिव्यक्त गरेको छ। फ्रान्सको हलले भ्यान गाग तथा रोदिन लगायत प्रसिद्ध कलाकारवाट सृजित रचना प्रदर्शन गर्नेछ। इटली हलले विशेष खानामार्फत त्यसको विशेष जीवन शैलीको प्रदर्शन गर्नेछ। ब्राजिलको हलले फुटबलको आकर्षण तथा साम्बा नाचको उत्साह देखाउनेछ।

           शाङहाई विश्व एक्सपोले बैज्ञानिक तथा प्राबिधिक नविकरणको पनि प्रदर्शन गर्नेछ। सो एक्सपोमा भाग लिने धेरै पक्षले स्वदेशको पछिल्लो बैज्ञानिक तथा प्राबिधिक उपलव्धी ल्याएका छन्। त्यसका अतिरिक्त, कम कार्बन विश्व एक्सपो पनि यस पटकको विश्व एक्सपोको एउटा महत्वपूर्ण उद्देश्य हो। गार्डनमा भएका भवन तथा जलको खपतलाई नियन्त्रण गरिएको छ भने सौर्य उर्जा तथा पुन:प्रयोग गर्ने सामग्रीको प्रयोग गरिएको छ। विश्व एक्सपो अवधिमा नयाँ उर्जाको प्रयोग गर्ने एक हजार वटा भन्दा बढी मोटर-गाडीको संचालन हुनेछ। गार्डनमा सेवा उपलव्ध गराउने मोटर-गाडीद्वारा निश्कासित प्रदुषित तत्व सुन्य हुनेछ।

            त्यसका अतिरिक्त, शाङहाई विश्व एक्सपोले साँस्कृतिक भव्य समारोहको आयोजना गर्नेछ। एक सय चौरासी दिनसम्म हुने विश्व एक्सपो अवधिमा बीस हजार भन्दा बढी अभिनय प्रस्तुत् हुने छन्। तीमध्ये बेलायतको राष्ट्रिय पलै दल तथा फिलाडेल्फिया सिम्फनी अर्चेस्ट्रा लगायतका विश्व प्रख्यात कलाकार टोलीको अभिनय समावेश हुनेछन्।

            अन्त्यमा म हाई पाउ आजको प्रश्न एक पटक पुनःदोहोर्‍याउँदै छु। पहिलो, शाङहाई विश्व एक्सपोको शुभ-सूचकको नाम के हो? दुई, "एउटा धुरी, चार वटा हल"मध्येका कुनै दुई वटा भवनको नाम भन्नुहोस्। यसको उत्तर हामीलाई इमेल वा पत्रबाट पठाउनुहोस्। इमेल वा पत्र पठाउनका लागि हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली कार्यक्रम। पोस्ट बक्स नं 4216,पैचिङ, जन गणतन्त्र चीन अथवा पोस्ट बक्स नं 405,काठमाडौं, नेपाल। हाम्रो इमेल ठेगाना हो:nepali@cri.com.cn अथवा crinepali@sina.com । हवस्त, आजको कार्यक्रम यहीं सकिन्छ। कार्यक्रमबाट म हाई पाउलाई विदा दिनुहोस्, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह