फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाई पाउले तपाईहरुलाई शाङहाइमा घुमाउनेछ

(GMT+08:00) 2010-02-14 19:46:21
            यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, तपाईंहरु सबैलाई सचै छ? म शाङहाइ विश्व एक्स्पोको शुभ-सूचक चिन्ह हाई पाउ हूँ। शाङहाइको कुरा उठाउँदा एक्स्पोका विभिन्न शैली र विशेषतायुक्त एक एकवटा हल साँच्चै नै आँखाको नानी तान्ने रमणीय ठाउँ छन्। तर ती हलहरुको निरीक्षण गरेपनि तपाईं शाङहाइका अन्य रोचक ठाउँहरु पनि घुम्न नबिर्सनुहोस् है। त्यसैले आजको यस रोचक विश्व एक्स्पो शाङहाइमा भेटौं ज्ञान विज्ञान प्रतियोगिताको तेश्रो लेखमा म तपाईहरुलाई सुन्दर शाङहाइ स्थल घुमाउन लैजानेछु। तपाईंहरु शाङहाइ घुम्नुभन्दा पहिले म तपाईहरुलाई दुईवटा प्रश्न प्रस्तुत गर्नेछु। जुन यस प्रकार छन्- पहिलो प्रश्न छ- सामान्यता मानिसहरुले कुन ठाउँलाई शाङहाइको खाकाको रुपमा लिन्छन? र दोश्रो प्रश्न छ - शाङहाइमा "चीनको प्रथम व्यापारिक सडक" कहलाइएको कुन बाटो हो?
            अब हामी शाङहाइ घुम्न जाऔं। सबभन्दा पहिले म तपाईंहरुलाई नाउँ चलेको वाई थान स्थल घुमाउनेछु। शाङहाइको मातृ नदी व्हाँग फु च्याँग नदीको पश्चिमी किनारमा डेढ किलोमीटरजति लामो चेप्टो आकारको क्षेत्र छ। जहाँ गौथिक शैली, रोम शैली, बारोक शैली र चिनियाँ तथा पश्चिमी शैली आदि मिसिको पचासवटाभन्दा बढी विभिन्न शैलीमा रहेका भवनहरु लस्करै रहेका छन्। यस क्षेत्रलाई शाङहाइ शहरको खाकाको रुपमा लिइएको छ। यस क्षेत्रको नाउँ वाई थान स्थल भन्ने हो।
           मलाई वाई थान स्थलको सन्ध्याकाल सबैभन्दा मन परेको छ। दिन विस्तारै विस्तारै अँध्यारो हुँदै जान्छ। अस्ताउन लागेको सूर्यको कीरणमा व्हाँग फु च्याग नदीको पानी सुन्तला रंगको जस्तो बनेर चमकन्छ। आहा यस्तो वेलामा त्यहाँको वातावरण अति रोमन्चक छ हगि त्यसलाई वर्णन गर्ने लबज नै छैन। साँझ परेपछि दृश्यावलीलाई झन सुन्दर बनाउने गरी सजाइएका बत्तिहरु बालिएपछि यसो चारैतिर हेर्दा शाङहाइको प्रतीकरुपी वास्तु निर्माण तोंग फाँग मिंग चु टावर अर्थात पूर्वी संसारको उज्यालो मोती नामक टावर, शाङहाइको सर्वोच्च वास्तु निर्माण अर्थात चिन माउ बिल्डिंग आदि अग्ला अग्ला भवनहरुबाट चहकिलो कीरण चारैतिर छरिएको छ। सम्पूर्ण वाई थान स्थल एकदमै सुन्दर र मोहित भएको देखिन्छ।

             मानिसहरुले शाङहाइ एउटा खरीद स्वर्ग हो भनेर भन्छन्। त्यसैले शाङहाइमा गएपछि बजार गएर सामान नकिनेको भए तपाईंलाई अवश्य पछुतो लाग्ला। त्यसैले म तपाईहरुलाई घुमाउन लागेको दोश्रो मुकाम चाहिं तपाईहरुलाई सामान किन्नबाट रमाउन लैजादैछु। चीनको प्रथम व्यापारिक सडक" कहलाएको शाङहाइको नान चिंग सडकमा ठूल्ठूला डिपार्टमेन्ट स्टोर्स र सयौं वर्षीय इतिहास भएका पुराना प्रसिद्ध पसल, नामी ट्रेड मार्काका सामान बिक्री हुने पसल र विशेष सामान बिक्री हुने पसलहरु जताततै देखिन्छ र एकले अर्कालाई साथ दिने गरी रहेका छन्।

              त्यसै गरी फेशन र अत्याधुनिक वातावरण सरोवरी रहेको व्हाई हाई सडक पनि उल्लेख नगरी नहुने ठाउँ हो। व्हाई हाई सडकमा युवा वर्गलाई मन पर्ने विभिन्न नामी ट्रेड मार्काका सामानहरुका साथै विभिन्न स्वादमा रहेका केक पसल ,गुलियो खानेकुरा पसल आदि ठाउँमा बसेर मीठो केक र नास्ता खाँदै विश्राम लिन पाउनु कति आनन्ददायी छ हगि? यसका साथै बाटोको दुवैपट्टि अवस्थित विभिन्न शैलीमा रहेका व्यापार केन्द्रहरु र सुपर मार्केटहरु, सडकको छेउमा लगाइएका मोटो फ्रान्सेली पिपलका रुखहरु, कृत्रिम दृश्यावली र पार्कहरु एक अर्कासित जोल्टिएर बसेका छन्। यो यसो हेर्दा एकदमै रमणीय देखिन्छ।

             यसका साथै तपाईंले सडकको दुवैपट्टि धेरै कुँदाइ वस्तु र सालिक तथा "हाई पाउ" अंकित साइन बोर्ड, प्रदर्शनीका वस्तु र सम्झनाका वस्तुहरु पनि देख्न पाउनुहुन्छ। तपाईं त्यहाँ पुग्दा आफ्नो पाइतालालाई रोकेर मसंग एउटा फोटो लिन नबिर्नुहोस् है।
            तपाईंलाई बजार घुमाएपछि हामी आराम गर्ने गरी कफी खान जाऔं। व्हाई हाई सडकको छिमेकी "शिन थेन ती चोक" चाहिं हालैको केही वर्षदेखि नयाँ उदय भएको पर्यटन थलो हो। यहाँको वास्तु निर्माणको बाह्य शैली चाहिं पुरानो शाङहाइको श् खु मन नामक ठाउँका शहरबासीहरुको घरको पुरानो आकार नक्कल गरेर बनाइएको देखिन्छ। तर भित्र पसेपछि तपाईंले बार, पश्चिमी रेष्टुराँ र गल्फ क्लब आदि पश्चिमी ढाँचाका हल देख्न पाउनुहुनेछ। चिनियाँ र पश्चिमी संस्कृतिबीच एक अर्कासित घुलमिल गरिएको कुरा यहाँ विशेष गरी प्रतिम्बित भएको छ। यसैले हो यो ठाउँ शाङहाइ शैलीयुक्त संस्कृतिको प्रतिनिधित्व र प्रतीक बनेको छ।

              शाङहाइ उल्लेख गर्नासाथ यो एउटा अत्याधुनिक ठूलो शहर हो भन्ने अर्थ मानिसको दिमागमा आइहाल्छ। तर वास्तवमा यहाँ बढी ऐतिहासिक घटनाबाट गुज्रेका धेरै ऐतिहासिक मानवीय दृश्यहरु पनि प्रशस्त पाइन्छन। अब मैले तपाईहरुलाई घुमाउन लागेको तेश्रो मुकाम हो याँग सी नदीको दक्षिणी भागको प्राचीन शैलीयुक्त प्रसिद्ध उद्यान-कुँज यू युआन। यो एक निजी निबास थियो। जसको इतिहास चार सय पचास वर्षभन्दा बढी लामो छ। यसमा लिपी, चित्रकारी, फर्निचर र चिनियाँ माटो जस्ता धेरै मूल्यावान पुरातात्विक सास्कृतिक सामग्रीहरु राखिएका छन्।
              यू युआनसित जोडिएको पुरानो छंग व्हाँग म्याओ मन्दिर अघि अघि ताउ धर्मको एक महल थियो। कुनै मानिसले मलाई भनिदिएका छन् कि त्यस पुरानो छंग व्हाँग म्याओ मन्दिर नगएको भए शाङहाइ नपुगेको जस्तो भान हुन्छ रे। यसबाट शाङहाइ शहरमा त्यस मन्दिरको स्थान र प्रभाव देख्न सकिन्छ। जो कोही त्यहाँ पुगेको छ त्यस मान्छेमा त्यहाँको माथि उठेको सिलींग र खैरो रंगको झिंगटी भएको विशेष शैलीमा रहेको चीनको प्राचीन वास्तु निर्माणबाट गहिरो छाप परेको छ।

              यसका साथै तपाईले पुरानो छंग व्हाँग म्याओ मन्दिरमा मासु भएको चोंग च् भन्ने तीन कुने आकारको चाम्रोको पीठोले बनाइएको डल्लो, स्प्रींग रोल, गंगटोको फुल मिसिएर बनाइएको रसपूर्ण मम लगायतका धेरै किसिमका शाङहाइ स्वादका नास्ताहरु खान पाउनुहुनेछ।
           अब मैले तपाईंहरुलाई घुमाउन लागेको अन्तिम मुकाम चाहिं शाङहाइका ससानो गल्लीहरु हो। जसलाई लोंग थाँग भनिन्छ। यसलाई पैचिंग भाषामा हू थोंग भनिन्छ। हू थोंग पुरानो पैचिंगको प्रतीक मान्ने हो भने लोग थाँग पनि पुरानो शाङहाइको एक चिन्ह हो भन्नु कुनै अत्युक्ति नहोला। शाङहाइ शहरका पुरानो प्रशासनिक क्षेत्रहरुमा रहेका लामो छोटो वा फराकिलो चाक्लो लोंग थाँग भनिने गल्लीहरुमा फाट्ट फुट्ट इतिहासले तपाईलाई त्यहाँ घटेका एक एकवटा कथाहरु सुनाउनेछ।
              यहाँ मैले तपाईंहरुलाइ विशेष गरी सिफारिश गर्न चाहेको ठाउँ चाहिं चिंग आन स् सामुदायिक क्षेत्रका सत्तरी घरपरिवारभन्दा बढी "विश्व एक्स्पोका परिवार" हो। तपाईंले त्यहाँ शाङहाइको विशेषतायुक्त लोंग थाँग भनिने गल्ली देख्नपाउनुका साथै शाङहाइ बासीसित दूररहित सम्पर्क गर्न पाउनुहुनेछ र यसरी नै तपाईंले शाङहाइको पुरानो लोंग थाँग भनिने गल्लीका शाङहाइ बासीहरुको रहनसहनको महसूस गर्न पाउनुहुनेछ।

             हवस श्रोता, आज मैले तपाईहरुलाई शाङहाइका हेर्न लायकका ठाउँहरु घुमाएँ। ती ठाउँहरु एक पटक हेर्न आउनुहोस् है र हेरेपछि मैले भनेको ठीक छ कि छैन भनेर तपाईं आफैले अनुभव गर्न सक्नुहुनेछ। अब हाई पाउले यस लेख सुनाएपछि तपाईंहरुलाई फेरि एक पटक दुईवटा प्रश्न सोध्नुपर्यो। जुन यस प्रकार छन्- पहिलो प्रश्न छ- सामान्यता मानिसहरुले कुन ठाउँलाई शाङहाइको खाकाको रुपमा लिन्छन? यसको उत्तर वाई थान स्थल भन्ने हो र दोश्रो प्रश्न चाहिं हो- शाङहाइमा "चीनको प्रथम व्यापारिक सडक" कहलाइएको कुन बाटो हो? यसको उत्तर शाङहाइको नान चिंग सडक भन्ने हो। 
           यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, अहिले भरखरै तपाईहरु सुन्दै हुनुहुन्थ्यो- रोचक विश्व एक्स्पो शाङहाइमा भेटौं ज्ञान विज्ञान प्रतियोगिताको तेश्रो लेख। यसको शीर्षक छ- हाई पाउले तपाईहरुलाई शाङहाइमा घुमाउनेछ। आजको यो विशेष कार्यक्रम यही समाप्त भयो। कार्यक्रमबाट म सञ्चालिका छांग होलाई विदा दिनुहोस्। नमस्कार।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह