फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

" हाई पाउ"व्दारा तपाईंहरुलाई एक्स्पो बारेको कथा सुनाउदैछु

(GMT+08:00) 2010-02-14 19:47:44

              श्रोता मित्रहरु तपाईंहरुलाई मेरो नमस्कार। म शाङहाइ एक्स्पोको शुभ सूचक " हाई पाउ" हुँ। चीनको शाङहाइ नगरमा आयोजना हुन लागेको "एक्स्पो सन् 2010"चाहिं यस एक्स्पोको एक चालीसौं पटक हो। यस अघिका चालीस पटकका एकस्पोहरुमा के के रोचक कथाहरु उत्पन्न भएका थिए ?र यस पटकको शाङहाइ एक्स्पोमा विश्वसामु के के रोचक कथा ल्याउन सकिने छ त?आज म तपाईंहरुलाई एक्स्पो बारेको कथा सुनाउन चाहन्छु।

          मित्रहरु कथा सुनाउनुअघि म सबभन्दा पहिले यस भागमा राखिएका दुई वटा प्रश्नहरु तपाईहरुकासामु राख्दछु। रोम्रोसित सुन्नुहोस् है,जसबाट तिनको उत्तर दिन सजिलो होस्।

पहिलो छ; शाङहाइ एक्स्पो कतिऔं एक्स्पो हो?

दोस्रो छ;यस पटकको शाङहाइ विश्व एक्स्पोको मुख्य विषय के छ?

प्रश्न फेरि एक पटकः

पहिलो प्रश्न छ; शाङहाइ एक्स्पो कतिऔं एक्स्पो हो?

दोस्रो प्रश्न छ;यस पटकको शाङहाइ विश्व एक्स्पोको मुख्य विषय के छ?

ल अब तपाईहरुलाई कथा सुनाउँन जादैछु।

            सन् 1851मा बेलायतको लण्डनको हाइ द नाउँको पार्कमा आयोजना गरिएको अनेकौं मुलुकहरुको औद्योगिक मेला चाहिं एक्स्पोको इतिहासमा पहिलो एक्स्पो रहेको थियो। ‌औद्योगिक क्रान्तिलाई पूरा गरेका बेलायतीहरुले उक्त एक्स्पोमा ठूलो क्षमतायुक्त इस्टीम इन्जीन,रेल इन्जीन,क्रेन आदि एक लाखभन्दा बढी बस्तुहरु प्रदर्शन गरेका थिए।

           मित्रहरु तपाईहरुलाई थहा भइसकेको छ होला। कोकाकोला चाहिं धेरैजसो साथीहरुले मन पराउँदै आएको पेय पदार्थ हो। तर तपाईंलाई पनि थाहा भएको छ कि कोकाकोला चाहिं सन् 1964 को न्युयोर्कमा आयोजित एक्स्पोमा राखिएकाले त्यसको नाउँ मानिसहरुको जिब्रोमा झुन्डिरहेको छ। अरु चाहिं अहिलेसम्म पनि विश्वका धेरैजसो केटाकेटीहरुलाई रोचक लाग्दै आएको डिस्नी पार्क पनि त्यस पटकको एक्स्पोमा जन्मेको हो।

           चीनको "माउ थाइ"नाउँको राष्ट्रिय रक्सीले सन् 1915मा पानामामा आयोजना भएको मेलामा स्वर्ण पदक प्राप्त गरेको थियो। "माउ थाइ"रक्सीले उक्त एक्स्पोमा सुनौलो पुरस्कार प्राप्त गरेपछि एउटा चमत्कार कथा मानिसहरुको माझमा फैलिदै आएको थियो। त्यसबेला "माउ थाइ"रक्सी चाहिं माटोव्दारा बनाइएको भाँडोमा राखी कपास, सनपाट, भटमास, खाद्य तेल आदि कृषि उपजहरुसंगै मिलाइ राखिएकोले एकदमै स्पष्ट थिएन। उक्त एक्स्पोको अन्तिम समय हुन लाग्यो र रक्सी पदार्थहरुको मूल्याङ्कन गर्ने समय पनि सम्पन्न हुन लाग्यो। तर "माउ थाइ"रक्सीबारे कसैले पनि सोधेका थिएनन्। उक्त प्रदर्शनीमा भाग लिएका चिनियाँ कर्मचारीहरुले निकै चिन्ता लिएका थिए। के गर्ने, अब के गर्ने?त्यस बेलाको एक दिनको कुरा थियो कि दुई चार जना मूल्याङ्कनकर्ता चीनको गृहमा आएका थिए। यस्तो दृष्य देखेर एक जना चिनियाँ कर्मचारीले नहिच्कच्याइकन "माउ थाइ"रक्सी राखिएको एउटा भाँडोलाई भूईंमा फुटाएका थिए। फुटाउने वित्तिकै रक्सीको मीठो मीठो स्वाद चारैतिर फैल्न गयो। तत्कालै चारैतिरबाट आएका थुप्रै दर्शकहरुले रक्सीको मीठो स्वादमा डुबेर स्यावास स्यावास भनेर कराए। त्यति मात्र नभई ती मूल्याङ्ककर्ताहरुमाथि पनि विजय पाइएको थियो। यसैउसले "माउ थाइ"रक्सीले सुनौलो पुरस्कार प्राप्त गरेको थियो।

             एक्स्पोमा वर्तमानकालमा सबभन्दा प्रथम प्रवाहमा रहेका विभिन्न किसिमका बैज्ञानिक प्राविधिक उत्पादित पदार्थहरु र अग्रसर सिद्धान्तहरु देख्न पाइएको मात्र नभई एक्स्पोमा निर्माण गरिएका विभिन्न किसिमका शैलीयुक्त भवनहरुको निर्माण पनि निकै आकर्षित हुँदै आएको छ।

             हो,साँच्चै नै । वास्तवमा सिर्जनात्मक बास्तुहरु पहिलेका पटक पटकका एक्स्पोहरुमा रहेका केन्द्रीय उज्यालोपना हुन्। भनौं कि पहिलो एक्स्पोमा रहेको प्रदर्शनी गृह त लौह आवरण र काँचव्दारा बनाइएकाले एकदमै रङ्गीवीरङ्गी र आकर्षित रहेको थियो र त्यसरी मानिसहरुव्दारा "क्रिस्टर"गृह मानिन्दै आएको छ। अर्को एउटा नमूना दृष्टान्त के हो भने विश्वमा निकै नाम चलिआएको फलामबाट निर्मित एफर टावर अहिले पेरिस नगरको नमूनाहरुमध्येको एक बनिसकेको छ। तर तपाईंहरुलाई थाहा छ कि त्यसको निर्माण चाहिं सन् 1889मा पेरिसमा एक्स्पो आयोजना गर्नका लागि बनाइएको थियो। तर आज आएर सन् 2010 मा आयोजना हुन लागेको शाङहाइ एक्स्पोमा निकै चिनियाँ शैलीयुक्त "तौ क्वान"शैलिको चीनको भवन र एक्स्पोको धुरी आदि दीर्घकालसम्मका बास्तुहरु भविष्यमा अवश्य नै नामी एक्स्पोमा रहने बास्तुहरु मानिने छन्।

              मित्रहरु शाङहाइ एक्स्पो चाहिं त्यस बारेको एकचालिसौं एक्स्पो हो। त्यो चीनमा आयोजना हुन लागेको पहिलो पटकको एक्स्पो नै हो र यस्तो एक्स्पो इतिहासमा विसोन्मुख मुलुकहरुमा आयोजना हुन लागेको पहिलो पटक पनि हो। यस एक्स्पोको मुख्य विषय चाहिं नगरहरुले जीवन यापनलाई झन् रमणीय र सुखमय गराउने भन्ने रहेको छ। किनकि वर्तमान नगरमा जनसंख्या द्रुतगतिले बढ्दै आएको छ। नगरहरुको जनसंख्या समस्त पृथ्वीको जन संख्याको आधाआधी पुगिसकेको पाइएको छ। त्यसै भएको हुनाले नगरहरुको भावी विकसित बाटो चाहिं मानिसहरुले ठूलो नजर पुर्‍याउनु र सोच विचार गर्नु पर्ने समस्य बनिसकेको छ। तर भरपर्दो कुरा के हो भने कम कार्बनयुक्त जीवन यापन गर्ने, इन्धन ऊर्जाको किफायत गर्ने र फोहोरको निष्काशनलाई घटाउने आधारभूत सिर्जना, बैज्ञानिक प्राविधक उत्पादित पदार्थहरु समयबेलापछि आवश्य नै तपाईहरुका आँखाको अगाडी चम्चम चम्किरहने छन्।

            मित्रहरु एक्स्पो बारेको कथा आज मैले तपाईहरुलाई यति सुनाएको छु। शाङहाइ एक्स्पो छिटै नै हुन लागेको छ। यदि शाङहाइमा आउनहुने भएमा मलाई भेट्न आउन नबिर्सनुहोला। यो मेइ एकदेखि अक्टोबर एकतीस तारिखसम्म एक सय असी दिनसम्ममा शाङहाइ एक्स्पोको ढोका तपाईहरुका लागि खुला रहनेछ र त्यसका साथै म हाइ पाउको छाति पनि खुला छ।

            मित्रहरु कार्यक्रमको अन्तमा म हाई पाउ फेरि एक पटक तपाईहरु सामु दुई वटा प्रश्न सोध्न चाहन्छु। राम्रोसित सुन्नुहोस् है।

पहिलो छ; शाङहाइ एक्स्पो कतिऔं एक्स्पो हो?

दोस्रो छ;यस पटकको शाङहाइ विश्व एक्स्पोको मुख्य विषय के छ?

प्रश्न फेरि एक पटकः

पहिलो प्रश्न छ; शाङहाइ एक्स्पो कतिऔं एक्स्पो हो?

दोस्रो प्रश्न छ;यस पटकको शाङहाइ विश्व एक्स्पोको मुख्य विषय के छ?

              श्रोता मित्रहरु यसको उत्तर हामीलाई इमेल वा पत्रमार्फत पठाउनुहोस। इमेल वा पत्र पठाउनका लागि हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली कार्यक्रम। पोस्ट बक्स नं 4216,पैचिङ्ग, जन गणतन्त्र चीन अथवा बक्स नँ 405,काठमाडौं,नेपाल। हाम्रो इमेल ठेगाना होः nepali@cri.com.cn अथवा crinepali@sina.com । । हवस् त आजको कार्यक्रम यहीं सकिन्छ। कार्यक्रमबाट म हाई पाउलाई विदा दिनुहोस्, नमस्कार।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह