फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाई पाउसँग शाङहाइमा विश्व एक्स्पोको नेपाल मण्डप घुमौ

(GMT+08:00) 2010-02-14 19:49:18

          यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, सात वर्षसम्मको निरन्तरको प्रयासपछि शाङहाइ विश्व एक्स्पो आगामी मे एक तारिखदेखि अक्टोबर एकतीस तारिखसम्म आयोजना हुँदैछ। शाङहाइ विश्व एक्स्पो एउटा विश्वस्तरीय महत्वपूर्ण एक्स्पो भएकाले विश्वका विभिन्न मुलुक, कम्पनी तथा व्यापारीहरूलाई आफ्नो देश तथा आफ्ना उत्पादका बस्तुको प्रदर्शन गर्ने सुनौलो अवसर शाङहाइ विश्व एक्स्पोले प्रदान गर्नेछ। त्यसैले विश्वका दुई सय चालीस वटा भन्दा बढी मुलुक तथा अन्तर्राष्ट्रिय संगठन उक्त एक्स्पोमा सहभागी हुने निश्चित भैसकेको छ। विश्वस्तरीय महत्वपूर्ण शाङहाइ एक्स्पोका वारेमा विश्वका आम नागरिकहरूलाई आफ्नो मातृभाषावाट शाङहाइमा विश्व एक्स्पोका विषय-बस्तु, हलहरू तथा एक्स्पो सम्बन्धी अन्य विभिन्न कार्यक्रमहरूका वारेमा सम्पूर्ण जानकारी दिन तथा मानव जातिको जीवनप्रति "शहर" नामक विषयको अर्थलाई व्याख्या गर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले आगामी फेब्रुअरी बीस तारिखदेखि अगष्ट एक तारिखसम्म रेडियो तथा सि.आर.आई आनलाईनमार्फत् "रोचक विश्व एक्स्पो शाङहाइमा भेटौँ" ज्ञान-विज्ञान प्रतियोगिताको आयोजना गर्दैछ।

            पहिले आयोजित ज्ञान-विज्ञान प्रतियोगितामा जस्तै हरेक अध्यायमा हामीले तपाईँहरूका लागि दुई वटा प्रश्न तयार गरेका छौँ। तपाईँले जवाफ दिएपछि हामी तपाईँहरूमध्ये विशेष पुरस्कार, पहिलो पुरस्कार, दोस्रो पुरस्कार र तेस्रो पुरस्कार प्राप्त गर्ने विजेताहरूको छनौट गर्नेछौँ। तीमध्येका विशेष पुरस्कार प्राप्त गर्ने विजेताले चीनको निःशुल्क भ्रमण गर्ने सुअवसर पाउनुहुनेछ। तपाईँ यस ज्ञान-विज्ञान प्रतियोगितामा राम्रो सफलता हासिल गर्न सक्नुहोस् भनी हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। अब "रोचक विश्व एक्स्पो शाङहाइमा भेटौँ" ज्ञान-विज्ञान प्रतियोगिता अन्तर्गत पाँचौँ अध्यायतिर लागौँ। आजको कार्यक्रममा म अर्थात शाङहाइ विश्व एक्स्पोको शुभ-सूचक-हाई पाउ तपाईँहरूलाई शाङहाइ विश्व एक्स्पोको नेपाल मण्डप घुमाउन लैजादैछु ।त्यसभन्दा अघि म तपाईँहरू समक्ष "रोचक विश्व एक्स्पो शाङहाइमा भेटौँ" ज्ञान-विज्ञान प्रतियोगिताअन्तर्गतको पाँचौँ अध्यायको दुईवटा प्रश्न सोध्न गइहेको छु ।

पहिलो प्रश्न छ, शाङहाइ विश्व एक्स्पोमा नेपालले के-केको सम्मिश्रण सहितको भवन बनाउदैछ?

दोस्रो प्रश्न छ, "शाङहाइ विश्व एक्स्पोमा नेपाल मण्डपको निर्माण कार्य कहिलेसम्ममा सक्ने योजना छ ?

प्रश्नको प्रस्तुति पछि अव म तपाईँहरूलाई शाङहाई विश्व एक्सपो नेपाल मण्डप घुमाउन लैजादैछु।

            शाङहाई विश्व एक्सपोको उद्घाटन मिति जतिजति नजिकिँदै छ त्यसको तयारीलाई पनि एक्सपोमा सहभागी हुने सबै राष्ट्रले युद्धस्तरमा अघि वढाइ रहेका छन्। शाङहाइ विश्व एक्स्पोमा नेपाल मण्डपको निर्माण कार्य सुरु गरिएको चार महिना भै सकेको छ ।अहिलेसम्म मण्डपको साठी प्रतिशतभन्दा बढी काम पूरा भै सकेको छ ।नेपाली परम्परागत संस्कृति र वास्तुकलाको सजीव चित्रण गरी निमार्ण भैरहेको नेपाल मण्डप आउदो अप्रिल महिनाको पहिलो हप्तासम्ममा निर्मण सम्पन्न गर्ने गरी काम धमाधम भैरहेको छ ।

             व्यापारलाई आर्थिक विकासको संवाहकको रूपमा लिने परम्पराको नेपालमा सुरुवात भएको धेरै अवधि भएको छैन । सन् 1950 को दशकसम्म पनि आर्थिक विकासलाई मूलत: विदेशी सहायतासँग आबद्ध गररे मूल्याङ्कन गर्ने परिपाटी थियो । त्यस अवधिमा राष्ट्रको वैदेशिक नीतिको सफलताको प्रमुख मापदण्ड नै वैदेशिक सहायताको प्राप्ति हुने गर्दथ्यो । यो प्रवृत्तिमा सन्1980 को दशकमा आएर विस्तारै परिवर्तन हुन थाल्यो। जनताको जीवनपद्धति उकास्नेदेखि लिएर समष्टिगत अर्थतन्त्रका सूचकहरू– कूल गार्हस्थ उत्पादन, भूक्तानी सन्तुलन, राजस्व परिचालन, आयात–निर्यात आदिमा वैदेशिक सहायता परिचालनभन्दा, उद्योग, व्यापारजस्ता क्षेत्रको विकासले बढी योगदान दिनसक्ने तथ्य अगाडि आयो । फलस्वरूप व्यापारले देशको अर्थतन्त्रमा द्रूत गतिमा विकास गर्न सकिन्छ भन्ने अवधारणाको विकास भै नेपालले पनि व्यापारलाई विकासको अभिन्न अङ्गको रूपमा सन् 1980 को दशकबाट नै आत्मसात् गरेको पाइन्छ । यसैको परिणाम स्वरुप नेपालले विभिन्न राष्ट्रमा आयोजना हुने गरेका एक्स्पो विश्वमाझ नेपाललाई प्रचारप्रसार गर्ने एउटा सुनौलो अवसरको रुपमा प्रयोग गर्दै आएको छ । यसैको पछिल्लो कडीको रुपमा शाङहाइ एक्स्पोलाई लिएर नेपालले आफ्नो प्रचीन कला र संस्कृतिलाई झल्काउने ढङ्गले नेपाल मण्डपको निर्माणलाई अघि बढाइरहेको छ ।नेपाल मण्डपको भवन यति आकर्षक छ कि सो एक्स्पोमा पुग्ने जो कोहीको मन आकर्षित गर्न सक्दछ ।यसको ज्वलन्त उदाहरणको रुपमा शाङहाइ एक्स्पोका लागि निर्माण भएका अधिकांश भवन भत्काइने भए पनि नेपाली भवनको आकर्षणले गर्दा एक्स्पोपछि पनि नेपाली मण्डप कायमै राख्ने निर्णय शाङहाइ नगरले गरेको नेपाली पक्षले जनाएको छ ।

             नेपालले आहिलेसम्म भाग लिएका एक्स्पोहरूमा शाङहाइ एक्स्पो सबैभन्दा ठूलो हो ।नेपाली कला र संकृतिको प्रस्तुतिलाई कत्ति पनि कमि हुन नदिने उद्देश्यले नेपालवाटै सम्पूर्ण कालिगढ र कलाकारहरू ल्याई भवनको निर्माणलाई अघि बढाइएको छ ।हुनत नेपाल मण्डपमा एउटा मात्रै भवन छ तर त्यो निक्कै नै ठूलो छ ।मण्डप बनाउने क्रममा वाहिरवाट नै नेपाली मन्दिर र चैत्यको सम्मिश्रण एकै भवनमा देख्न सकिने गरी बनाइएको छ ।जसवाट नेपालले नेपालमा रहेका सबै धर्म र संस्कृतिलाई समान व्यवहार र समान प्राथमिकता दिन्छ भन्ने स्पष्ट हुन्छ ।हुन पनि विभिन्न जातजति, भाषा र संकृतिका नेपालीहरू विचित्रको मैत्री भावका साथ नेपालमा मिलेर बसेको पाइन्छ ।भगवान गौतम वुद्धको जन्मस्थल लुम्विनीवाट पवित्र माटो ल्याएर नेपाली मण्डपमा राख्ने योजना नेपाली आयोजकहरूको रहेको छ ।साथै भगवान गौतम वुद्धको अस्थि धातु ल्याएर प्रदर्शन गर्ने सोचाइ पनि बनाइएको नेपाली आयोजकहरूले बताएका छन् । भगवान गौतम वुद्धको अस्थि धातु प्रदर्शन गर्दा वुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरालाई पुष्टि मात्र नगरी धार्मिक पर्यटक प्रवर्द्धनमा पनि निक्कै ठूलो सघाउ पुग्ने धारणा आयोजकहरूको छ ।नेपाल सकारले दुई बर्षअघि अगाडि सारेको नेपाल पर्यटन बर्ष सन् 2011 लाई सफल बनाउन शाङहाइ एक्स्पो एउटा कडिको रुपमा रहन सक्छ भन्ने मान्यता अनुरुप नेपाल सरकाले नेपाल पर्यटन बर्षलाई सफल बनाउने विभिन्न खालका प्रचारप्रसारका कार्यक्रमहरू पनि शाङहाइ विश्व एक्स्पोमा राखेको छ ।झण्डै चालीस करोड जनाले नेपाली मण्डपको अवलोकन गर्ने अपेक्षा नेपाली पक्षले गरेको छ ।नेपाली मण्डपको अवलोकनपछि आगन्तुकहरूलाई नेपाली कला र सस्कृति कति सम्पन्न र समृद्ध छ भन्ने स्पष्ट हुनुका साथै करोडौँ पर्यटकलाई नेपाल भ्रमण गर्न आकर्षित गर्नेछ । शाङहाइ विश्व एक्स्पोको क्रममा नेपाल मण्डपको अवलोकनमा आएका करोडौँ आगन्तुकमाझ नेपाली भाषा ,संस्कृति र परम्पराको प्रचारप्रसार गर्ने सुनौलो अवसरको फइदा उठाउने उद्देश्यले नेपाली नृत्य र साङ्गितिक कार्यक्रमको पनि प्रदर्शन गरिने भएको छ ।

              आज मैले तपाईँहरूलाई शाङहाइ विश्व एक्स्पो सुरु हुनुअघि नै नेपाल मण्डप घुमाएँ र एक्स्पो सुरु भएपछि पनि तपाईँ अवश्य नै नेपाल मण्डपको अवलोकनको लागि आउनुहोस् र नेपाली कला र स‌‌स्कृतिको बारेमा प्रत्यक्ष रुपमा आफैँ भ्रमण गरी थप जानकारी लिनुहोस्।

             अन्त्यमा म हाई पाउ "रोचक विश्व एक्स्पो शाङहाइमा भेटौँ" ज्ञान-विज्ञान प्रतियोगिताअन्तर्गतको पाँचौँ अध्यायको प्रश्न एक पटक पुनःदोहोर्‍याउँदै छु।

पहिलो प्रश्न छ, शाङहाइ विश्व एक्स्पोमा नेपालले के-केको सम्मिश्रण सहितको भवन बनाउदैछ?

दोस्रो प्रश्न छ, "शाङहाइ विश्व एक्स्पोमा नेपाल मण्डपको निर्माण कार्य कहिलेसम्ममा सक्ने योजना छ ?

            यसको उत्तर हामीलाई इमेल वा पत्रबाट पठाउनुहोस्। इमेल वा पत्र पठाउनका लागि हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली कार्यक्रम। पोस्ट बक्स नं 4216,पैचिङ, जन गणतन्त्र चीन अथवा पोस्ट बक्स नं 405,काठमाडौं, नेपाल। हाम्रो इमेल ठेगाना हो:nepali@cri.com.cn अथवा crinepali@sina.com । हवस्त, आजको कार्यक्रम यहीँ सकिन्छ। कार्यक्रमबाट म हाई पाउलाई विदा दिनुहोस्, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह