फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाघ संस्कृतिमा नववर्षको नयाँ अपेक्षा

(GMT+08:00) 2010-02-15 18:56:52

            यसवर्षको फेब्रुअरी चौध तारिख चीनमा सबभन्दा महान परम्परागत चाड-वसन्त चाड सुरु भयो र चिनियाँहरू बाघको वर्षमा प्रवेश थालेका छन्। चिनियाँ परम्परागत पात्रोबमोजिम, बाह्रवटा वन्यजन्तु बाह्र वर्ष भन्ने एक चक्रको प्रतिनिधित्व गर्दछन् र बाघ ती बाह्रवटा वन्यजन्तुहरूमध्येको एक हो। बाघ संस्कृति चीनको परम्परागत संस्कृतिको एक महत्वपूर्ण भाग हो। प्राचीन कालमा मानिसहरूले बाघलाई आदर गरी पूजाआजा गर्दथे। चिनियाँ राशिचक्र संस्कृतिमा बाघ शक्ति तथा अधिकारको प्रतीक मानिन्छ। बाघले प्रकोप तथा दुष्टतालाई जोगाउँछ भन्ने चिनियाँहरूको विश्वास छ। बाघले आशाबादीता, उदारता तथा सहनशीलताको प्रतिनिधित्व गर्दछ। बाघको वर्षमा चिनियाँ समाजको बाघ संस्कृतिबारे केही जानकारी लिन तपाईँ मसँगै आजको चिनियाँ रङ्ग मञ्च कार्यक्रमतर्फ जाऊँ ल।

             तपाईँले सुनिरहनुभएको आवाज चीनका विभिन्न ठाँउमा देखाइने कार्टुन चलचित्र 'खुसी बाख्रो तथा ठूलो ब्वाँसो ' हो। यस कार्टुन चलचित्रको मुख्य पात्र चिनियाँ बाल-बालिकामाझ निकै लोकप्रिय कार्टुनका मुख्य पात्र खुसी बाख्रो तथा ठूलो व्याँसो हुन्। यस कार्टुन चलचित्रमा प्रतिद्बन्द्बी बाख्रो तथा व्याँसोले बाघको वर्षमा हातमा हात मिलाएर राजा बाघसँग लडाइ गरेको कथा वर्णन गरिएको छ। सजिलो पात्र तथा कथा भएको यस चलचित्र देखाइँदा धेरै दर्शकहरूलाई आकर्षित गराइएको देखिन्छ। दर्शकहरूमाझ बाल-बालिका मात्र नभई युवा-युवती तथा वृद्ध-वृद्धा पनि पाइन्छन्।

             विदेशी तथा अन्य चिनियाँ चलचित्र बजार भरिएको पृष्ठभूमिमा यस कार्टुन चलचित्रबाट बाघको वीरता तथा शक्तिलाई देखाइएको छ। सिनेमाघरमा देखाइएको पहिलो हप्तामा यस कार्टुन चलचित्रबाट प्राप्त आम्दानी लगभग चार करोड चालीस लाख चिनियाँ युआन पुगेको छ र टिकटको आम्दानी सूचीमा दोस्रो स्थान ओगटेको छ।

             चिनियाँ परम्परागत संस्कृतिमा बाघले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। चिनियाँहरू बाघलाई सम्मान गर्दछन्। बाघ पहाडको राजा र अधिकारको चिन्ह हो भन्ने चिनियाँहरूले ठान्दछन्। प्राचीन कालमा राजाले सेनालाई टाढाबाट बोलाउँदा प्रयोग गरेको चिनो बाघको आकारमा बनाइएको थियो। चिनियाँहरूले बाघको चित्र बनाउँदा बाघको निधारमा बुट्टाले चिनियाँ अक्षर वाङ अर्थात राजा राख्दछन्। यसो गरेको अर्थ बाघलाई शासकको रुपमा गणना गरिन्छ। बाघ संस्कृतिबारे जानकारी दिँदै चीनका प्रसिद्ध लोक संस्कृति विज्ञ चाउ शुले भनेः "प्राचीन कालमा चीनमा बनजङ्गलवाला निकै मुलुक थिए र त्यहाँ धेरै किसिमका बाघ पाइन्थे। बाघलाई चिनियाँ राष्ट्रको शुभचिन्ह र चिनियाँहरूको सङ्‌रक्षण गर्ने भगवान मानिन्छ। चिनियाँमा बाघका लगभग तीसवटा नाम छन् र सबभन्दा समान्य भनेको शान च्यु अर्थात पहाडे राजा हो। यस नामको अर्थ सबै दुष्टतालाई हटाउन सकिनु भन्ने रहेको छ। वसन्त चाडमा चिनियाँहरूका हलमा बाघको चित्र झुड्याइन्छ। किनभने बाघलाई भगवान स्वरुप मान्दछौँ।"

             हरेक वर्षको वसन्त चाडको उपलक्ष्यमा चीनमा यसै वर्षको प्रतिनिधित्व गर्ने वन्यजन्तुको हुलाक टिकट प्रकाशित हुन्छ। केन्द्रीय कला विश्वविद्यालयअन्तर्गत् डिजाइन विभागका उप-प्रमुख मा काङ चालुवर्ष अर्थात बाघवर्षको हुलाक टिकटका डिजाइनर हुन्। हुलाक टिकटमा भेटिने बाघको प्रारुपबारे चर्चा गर्दै डिजाइनर माले भनेः "यस बाघको प्रारुप मैले 3 डीमा कार्टुन पात्रजस्तै बनाएको छु। किनभने वास्तवमा हरेक वर्षको प्रतिनिधित्व गर्ने ती वन्यजन्तुद्वारा मानिसको विचारलाई प्रतिविम्वित गरिन्छ। डिजाइन गर्दाखेरी जनगणतन्त्र चीन स्थापना भएको साठीऔँ वार्षिकोत्सव थियो। यसै कारणले बाघबाट चिनियाँहरूको भावना तथा मिजासलाई देखाइने विचार लिएँ। बाघको पछाडि चिनियाँ अक्षर सौभाग्य राखिएर चाड पर्वको वातावरण सिर्जना गरिन्छ। चिनियाँ परम्परागत नववर्षको उपलक्ष्यमा बाघको यस प्रारुपले चिनियाँहरूमा सौभाग्य ल्याउनका साथै सम्पूर्ण चिनियाँ राष्ट्र तथा देशलाई नयाँ मौका प्रदान गर्ने आशा मैले लिएको छु।"

           कलाकारहरूले विविध किसिमका बाघको प्रारुपबाट एउटै अपेक्षा व्यक्त गर्दछन्। च्याङ सु प्रान्तीय नान चिङ शहरमा बस्ने लोक कलाकार श्रीमती थाङ हुँले डोरीले बाघको प्रारुप भएको चिनियाँ नोट बनाइन भने चीनमा बाघको चित्र बनाउने नामी चित्रकार स्याउ यान छिङले दुई हजार दश वटा बाघ भएको लामो चित्र बनाएर शाङ्गहाइ विश्व एक्स्पोलाई दिए।

           यसका अतिरिक्त, चीनका विभिन्न ठाँउका सङ्ग्रहालयमा पनि बाघ संस्कृति प्रदर्शनीको आयोजना भैरहेका छन्। राजधानी पैचिङ्गको राजधानी सङ्ग्रहालयमा 'हजारौँ वर्षलाई पार गर्ने बाघ—बाघ संस्कृति प्रदर्शनी' सुरु भैसकेको छ। स‌ङ्ग्रहालयका उप-प्रमुख याउ आनले यस प्रदर्शनीको नामको अर्थबारे ब्याख्या गर्दै भनिनः "हजारौँ वर्षलाई पार गर्ने बाघ भन्ने विचारबाट हामीले व्यक्त गर्न खोजेको कुरालाई राम्रोसँग देखाइन्छ। यस पटकको प्रदर्शनीमा हामीले चालचलनको सट्टामा सङ्ग्रहालयको विशेषतामा बढी ध्यान दिएका छौँ। हामीले नौवटा सङ्ग्रहालयलाई मिलाएर पूरातात्विक वस्तु र पैचिङ्गको प्रतिनिधित्व गर्ने ढुङ्गे बाघलाई पनि राखेर प्रदर्शन गर्दै छौँ। यस प्रदर्शनीमा प्रदर्शित वस्तुहरू दुई हजार वर्षलाई पार गर्दछन्। वास्तवमा बाघ स‌स्कृति यसभन्दा अझ पुरानो हुन्छ। मानिसहरू सबै बाघको इज्जत गर्छन् र हाम्रो देश र सभ्यता पनि बाघ संस्कृति जस्तै हजारौं वर्ष पार गर्ने आशा गरिएको छ।"

            यसका साथसाथै चिनियाँहरूले आ-आफ्ना तरिकामार्फत बाघवर्ष मनाउँदै छन्—बाघ हुलाक टिकटको सङ्कलन गर्ने, बाघवर्षको लागि बनाइने सुनको छड् सिक्का किन्ने, बाघको चिन्ह भएको सिंगारपटार तथा खेलौना किन्ने। तीमध्ये कपडाबाट बनाइने कपडा बाघ निकै लोकप्रिय देखिन्छ।

             बाघवर्ष आइपुग्दा चिनियाँहरूले मोबाइफोनको लागि बाघसम्बन्धी मेसेज सिर्जना गरेर मोबाइल फोन तथा इन्टर्नेटमा एकले अर्कालाई शुभकामना दिँदैछन्।

              बाघवर्षको यस मङ्गलमय उपलक्ष्यमा म तपाईँहरू सबैको सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह