फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रिय कमल लम्सालबाट पठाइएको शुभकामना

(GMT+08:00) 2010-03-02 20:34:58
              एघारौं चिनियाँ जन–राजनीतिक परामर्शदात्री सम्मेलन राष्टि्रय समितिको तेश्रो अधिवेशन आज विहान अर्थात मार्च तीन तारिखका दिन थियान आन'मनस्थित विशाल जन–वृहद सभा भवनमा विहान नौ बजे शुरु भयो । चिनियाँ जन–कांग्रेसको राष्टि्रय अधिवेशन पर्सी पाँच तारिखका दिन शुरु हुँदैछ । यी अधिवेशनहरुले चिनियाँ समाजमा विद्यमान भ्रष्टाचार निर्मूल पार्नमा अहम भूमिका निर्वाह गर्ने र हाल विश्वमा व्याप्त आर्थिक मन्दीको प्रभाव चिनिया समाजमा न्यून पार्ने विषयमा ध्यान केन्दि्रत गर्ने आशा मैले गरेको छु । चीनका यस अघि सम्पन्न दुइइवटा राष्टि्रय अधिवेशनहरुमा पनि भ्रष्टाचारसम्बन्धी विषय छलफलमा आइसकेकाले यस विषय चीनमा समस्याको रुपमा अस्तित्वमा छ र यसको समाधान गर्नु आवश्यक छ भन्ने अनुमान मैले गरेको छु । तथापी चीनमा वृद्ध नागरिकहरुको संख्या बढिरहेको अवस्थामा निवृत्तभिरणसम्बन्धी विषयले पनि त्यत्तिकै स्थान पाउनु आवश्यक देखिएको छ जसमा जन–प्रतिनिधिहरुले आफ्नो ध्यान केन्दि्रत गर्ने आशा गर्नु स्वाभाविकै हो । यसका साथसाथै धनि र गरिबबीचको अन्तर, आवासको मूल्य, नागरिकहरुको कानूनी स्थानान्तरण, निवृत्तभिरण बिमा, निष्पक्ष शिक्षाको अवसर आदि कुरा पनि चिनियाँ जनताका चिन्ता र चासोका विषय भएको पाइएको छ जसमा चीनका यी दुइवटा महत्वपूर्ण अधिवेशनहरुले ध्यान केन्दि्रत गर्ने आशा चीनको एक हितैषीको नाताले मैले गरेको छ । चीनका यी दुइवटा अधिवेशनहरुमा चीन र अमेरिका एवम् चीन र विश्वका अन्य देशबीचको सम्बन्ध, ब्यापारिक सम्बन्ध, अमेरिकाव्दारा थाइवानलाई हतियार बिक्री गरिएको विषय र अमेरिकी राष्ट्रपति बाराक ओबामारा दलाई लामासँगको भेटले पनि जन प्रतिनिधिहरुबीचको छलफलमा महत्वपूर्ण स्थान पाउने आशा गरिएको छ । चीन र चिनियाँ जनताको हित विरुद्ध हुने यस्ता कुनै पनि त्रिmयाकलापका सम्बन्धमा राष्ट्रको सर्वोच्च निकायमा छलफल हुनु अति आवश्यक हुन्छ । यी र चिनियाँ जनताको हितका लागि आवश्यक यस्ता अन्य विषयमा चीनका यी दुइवटा महत्वपूर्ण अधिवेशनहरुले आफ्नो ध्यान केन्दि्रत गर्ने आशा मैले गरेका छु । म यी दुबै राष्टि्रय अधिवेशनहरुको पूर्णा सफलताको कामना व्यक्त गर्दछु ।

कमल लम्साल

नेपाल

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह