फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्यक्रमबारे जानकारी

(GMT+08:00) 2010-08-25 14:38:12

        चीनका पर्यटन शहरहरूको छवि प्रदर्शन गर्न तथा पर्यटन शहरहरूको प्रचार-प्रसार गर्नका लागि सि.आर.आई. अनलाइनले गत अप्रिल बाह्र तारिखदेखि "सन् 2010 चीनका शहरहरूको सूची-समस्त विश्वका इन्टरनेट प्रयोगकर्ताहरूले सिफारिश गरेका चिनियाँ पर्यटन शहरहरू" नामक इन्टरनेट कार्यक्रमको आयोजना गर्दै आएको छ।

        चीनमा शहरीकरणको प्रक्रिया गतिशील भएको हाराहारीमा चिनियाँ शहरहरू हाम्रो देशको पर्यटनका लागि महत्वपूर्ण स्रोत बनिसकेका छन्। यसका साथै विशेष सँस्कृति तथा विशेष परियोजना भएका केही शहरहरू चीनको यात्रा गर्ने गन्तव्य स्थान बनिसकेका छन्। पर्यटनका लागि शहरहरूको प्रतिस्पर्धात्मक शक्तिलाई माथि उठाउन तथा निरन्तर रुपमा गतिशील अन्तर्राष्ट्रियकरणसँग अनुकुल रहनका लागि चीनका कतिपय शहरहरूले आफ्ना विशेषताबमोजिम सँस्कृति, पर्यटन, अर्थतन्त्रलगायत् स्रोतलाई व्यवस्थित पारी पर्यटनको हार्डवेयरको निर्माणलाई सबल पार्नुका साथै पर्यटनको सफ्टवेयरको निर्माणमा पनि ध्यान दिएका छन्। जसबाट शहरको विशेष छविको निर्माण गर्न तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। हाल चीन पर्यटन क्षेत्रमा विश्वको तेस्रो ठूलो गन्तव्य मुलुक बनेको छ। यसका साथै शाङहाईमा आयोजना भइरहेको विश्व एक्स्पोले चीनका शहरहरूको छवि प्रदर्शन गर्ने एउटा सुअवसर बनेको छ। "सन् 2010 चीनका शहरहरूको सूची- समस्त विश्वका इन्टरनेट प्रयोगकर्ताहरूले सिफारिश गरेका चिनियाँ पर्यटन शहरहरू"नामक कार्यक्रमले सि.आर.आई. अनलाइनका विविध भाषा तथा स्वदेश र विदेशका सहयोगात्मक सञ्चार माध्यमको आधारमा इन्टरनेटमा मत हाल्ने तरिकामार्फत चीनका पर्यटन शहरहरूप्रति विश्वका इन्टरनेट प्रयोगकर्ताको मूल्याङ्कन सङ्कलन गर्ने, चिनियाँ विशेषतायुक्त पर्यटन, सँस्कृति, मानवीय स्रोत विश्वका इन्टरनेट प्रयोगकर्ताहरूलाई सिफारिश गर्नेछ।

        विशेषज्ञहरूको विचार सङ्कलन गरी अन्तर्राष्ट्रिय मापदण्डअनुकुल यस कार्यक्रमको संयोजन पक्षले "सन् 2010 चीनका शहरहरूको सूची-समस्त विश्वका इन्टरनेट प्रयोगकर्ताहरूले सिफारिश गरेका चिनियाँ पर्यटन शहरहरू" अन्तिम चरणमा प्रवेश गर्ने शर्त तोकेको छ। जसअनुसार, शहरको विशेष तथा आकर्षक दृश्य, सुरक्षित तथा अनन्दसँग बसोबास गर्ने वातावरण, मैत्रीपूर्ण तथा खुला नागरिकहरू र पर्यटनका लागि पूर्ण प्रबन्ध हुनुपर्छ। सो कार्यक्रमको प्रक्रियाअनुसार, जून अट्ठाइस तारिखदेखि सेप्टेम्बर छब्बीस तारिखसम्म सि.आर.आई. अनलाइनले मत हाल्ने कार्यक्रमको आयोजना गर्नेछ। इन्टरनेट प्रयोगकर्ताको मतअनुसार, सबैभन्दा बढी मत प्राप्त भएका बीसवटा शहर फाइनल प्रतियोगितामा प्रवेश गर्नेछन्। सेप्टेम्बर सत्ताइस तारिखदेखि नोभेम्बर छब्बीस तारिखसम्म विशेषज्ञबाट गठित जाँचबुझ समितिले बीस शहरमध्येका दशवटा शहरलाई समस्त विश्वका इन्टरनेट प्रयोगकर्ताहरूले सिफारिश गरेका चिनियाँ पर्यटन शहरहरू भन्ने नाम दिनेछ। त्यसपछि संयोजन पक्षले भव्यताका साथ पुरस्कार वितरण समारोहको आयोजना गर्नेछ। मत हाल्ने इन्टरनेट प्रयोगकर्ताले पुरस्कार वितरण समारोहमा सहभागी हुने तथा केही पर्यटन शहर घुम्ने अवसर पाउने छन्।

        तपाईं पनि यस मतदान कार्यक्रममा सक्रियताका साथ भाग लिन हामीले स्वागत गरेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह