फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरित विश्वका लागि चीनको अथक प्रयास

(GMT+08:00) 2010-09-02 15:52:31
      सेप्टेम्बर एक तारिख तिब्बत स्वायत्त प्रदेशको पेभिलियन दिवस परेको थियो।त्यसको साथमा मुख्य विषयक हलमा अवलोकन भयो।मानिस र प्रकृतिबीचको अटुट सम्बन्ध त्यसमा देखाइएको थियो।दिउँसो परेको पानीको बाबजुद पनि एक्स्पो क्षेत्रमा प्रसस्त अवलोकनकर्ता थिए।हरेक एक मिनेटको हिँडाइको दूरीमा प्रशस्त मात्रामा स्वयमसेवक रहेका थिए।हरियाली संसारलाई जोड दिन चीनको अटुट प्रयास देखिएको थियो।एक्स्पो क्षेत्रमा गुड्ने बसहरू शून्य कार्बनयुक्त रहेका थिए।र एक्स्पो क्षेत्रका कर्मचारीका लागि विशेष साना मोटर कुदेका थिए।मानिसहरू विशेषतः चिनियाँहरु बढी देखिन्थे।एक्स्पो सुरु भएको निकै समय बिते पनि रौनक र चाप उत्तिकै थियो।शाङहाइको मौसम भने छिनमा पानी पर्ने र छिनमै रहने देखिएको थियो।विभिन्न देशका पेभिलियनहरूले हरित विश्व र कम कार्बन उत्सर्जनमा प्रशस्त उदाहरण पेश गरेका थिए।

      यसैबीच नेपाल पेभिलियन सेप्टेम्बर तीन तारिखमा हुने राष्ट्रिय मण्डप दिवसका लागि तयारी पूरा भएको अवस्थामा थियो। मुख्य हलमा छायाँ र प्रकाशका माध्यमले देखाएको जीवन्त इतिहास निकै लोभलाग्दो थियो।एक्स्पो क्षेत्रमा रहेका युवायुवती आफ्नो मिनी पासपोर्टमा बढीभन्दा बढी पेभिलियनको भिसा लिन तल्लीन भएको दृश्य धेरैको चासोको विषय भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह