फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पेभिलियन निर्माणमा चीनको ठूलो सहयोग

(GMT+08:00) 2010-09-02 16:39:22
      आज अगस्ट 31 तारिख जापानी पेभिलियन दिवस परेको थियो। एक्स्पो क्षेत्रमा कार्बन शून्य यातायातका साधन हरेक स्टपमा हरेक दूई मिनेटमा आएको देखिन्थ्यो। साउदी अरेबियन तथा पाकिस्तानी पेभिलियनमा मानिसको बढी भिड देखिएको थियो। नेपाली मण्डपको आगामी सेप्टेम्बर तीनमा हुने मण्डप दिवसको तयारी पूरा भएको थियो। यसैबीच नेपाली मण्डपका मुख्य निर्देशक तथा कार्यान्वयन अधिकृत श्री विनायक शाहले नेपाली पेभिलियनको निर्माण तथा सहयोगका लागि शाङहाइ नगर सरकार तथा केन्द्र सरकारले तन मन धन दिएर सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो।उहाँले चीन र नेपालको सदियौँदेखिको सम्बन्धमा यसले अझ ठूलो प्रभाव पारेको कुरा बताउनुभयो।

      साथै नेपाली मण्डप ज्यादै आकर्षक भएकोले दैनिक हजारौँ चिनियाँले तथा विदेशीले पनि यसको अवलोकन गरेको बताउनुभयो। चिनियाँ जनताको हार्दिक मायाले दुई देश र दुई देशका जनताको आपसी भाइचारा सम्बन्ध अटुट भएको उहाँले दाबी गर्नुभयो।नेपाली लस्सी तथा नेपाली मसलायुक्त चिकेन रोस्ट सबैको जिब्रोमा बसेकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो।विश्वका पर्यटकले नेपाल चिनेको बताउदै नेपाल पर्यटन वर्ष 2011 लाई सफल बनाउन यसले टेवा दिने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह