फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेप्टेम्बर एक तारिखको डायरी

(GMT+08:00) 2010-09-02 16:46:07
      हिजोको दिनमा झैँ आज पनि बिहान छ बजे उठेँ। बिबिसीको समाचार सुनेँ अनि सिआरआइ पनि सुनेँ। जुन मेरो दैनिक बानी नै परेको छ।बिहान साढे आठ बजेतिर बिहानको खाजा खान म तल ओर्लिएँ। खाजा निकै खाइएछ। अनि आज पनि एक्स्पो क्षेत्रतर्फ जानुपरेको थियो। नियमित चेकजाँच गरेर भित्र गइयो।तर आजको मौसम ठीक थिएन। धेरैजसो समय पानी नै परेको थियो। हामी भन्नाले प्रमुख वर्षाज्यू र सहकर्मी सुमेघा बिबिध हलमा गयौँ। सबैलै नै आफ्ना देशका उत्पादन तथा कोसेलीका वस्तुहरू विक्रीमा राखेका थिए।स्पेनी हलमा चित्रहरू राम्रा थिए भने लिभरपुल हलमा व्याचहरू राम्रा थिए। ब्राजिलको हलमा खेल्ने कुरा बढी थिए अनि मकाउ हलमा देखाइएको थाइची मनमोहक थियो। बेलुकीपख हेरेको भियतनाम हल पूरै बाँसबाट बनेको थियो अनि कोरियन हल पनि कम थिएन। अनि हामी यही हेर्ने क्रममा ह्वाङ फा नदीमा डुङ्गा यात्रा पनि गरेका थियौँ। यही क्रममा करिब एक बजेतिर के एफ सीमा गएर खाना खायौँ। त्यहाँ खाना खाने क्रममा केही चिनियाँ दाजुभाइहरू र एक जना बहिनीसँग अन्तर्वार्ता लिने काम भयो वर्षाजीबाट। तर आजको महत्वपूर्ण कार्य भनेको मुख्य विषयक हलमा देखेको आश्चर्यको विषय रहेको छ।

      उक्त मुख्य विषयक हलमा तीनै जनाबाट अवलोकन भयो। त्यहाँ पर्यटकको भिड थियो । प्रकाश र छायाँको मिलनले मानिस र प्रकृतिबीचको अटुट सम्बन्ध त्यसमा देखाइएको थियो।दिउँसो परेको पानीको बाबजुद पनि एक्स्पो क्षेत्रमा प्रसस्त अवलोकनकर्ता थिए।हरेक एक मिनेटको हिँडाइको दूरीमा प्रशस्त मात्रामा स्वयमसेवक रहेका थिए।हरियाली संसारलाई जोड दिन चीनको अटुट प्रयास देखिएको थियो।एक्स्पो क्षेत्रमा गुड्ने बसहरू शून्य कार्बनयुक्त रहेका थिए।र एक्स्पो क्षेत्रका कर्मचारीका लागि विशेष साना मोटर कुदेका थिए।हामीले समयको अन्त्यमा जापानी मण्डप अवलोकन गर्ने बिचार गरेका थियौँ। रात परिसकेको थियो । तर सो पेभिलियन अवलोकन गर्न अवशर मिलेन । मुख्य हलमा छायाँ र प्रकाशका माध्यमले देखाएको जीवन्त इतिहास निकै लोभलाग्दो थियो।यही क्रममा हामी साढे आठबजेतिर मात्र बस्ने होटल आइपुग्यौँ। अनि नौबजे खाना खाएर आवश्यक काम गर्‍यौँ कार्यालयको । अनि करिब एघार बजेमात्र सुतेँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह