फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उप-राष्ट्रपति परमानन्द झासितको अन्तर्वार्ता

(GMT+08:00) 2010-10-23 19:37:07

    चीनको पश्चिमी भागको एघारौं अन्तर्राष्ट्रिय एक्सपोको उद्‍घाटन समारोहमा उपस्थित हुनुभएका नेपालका उप-राष्ट्रपति परमानन्द झाले आज छङ्ग तुबाट ल्हासातर्फ प्रस्थान गर्नुभयो। प्रस्थान गर्नुअघि उहाँले हाम्रो रेडियोलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।

          सो अवसरमा उहाँले चीन र छिमेकी मुलुकहरुबीचका आर्थिक तथा व्यापारिक सम्बन्धको विकासका लागि चीनको पश्चिमी भागको अन्तर्राष्ट्रिय एक्सपोबाट निर्वाह गरिएको महत्वपूर्ण भूमिकामो उच्च मूल्याङ्कन गर्नुभएको छ।

          हिजोको उद्‍घाटन समारोहपछि उप-राष्ट्रपतिज्यूले यस पटकको एक्सपोमा सहभागि भएका नेपाली स्टलको निरीक्षण गर्नुभएको छ। त्यहाँ देखाइएका नेपाली विशेषतायुक्त सामानहरुले थुप्रै चिनियाँ दर्शकलाई लोभ्याइएको जानकारी उहाँले दिनुभएको छ।

          अन्तर्वार्ताको अन्तमा उप-राष्ट्रपतिज्यूले नेपाली तथा चिनियाँ मित्रहरुलाई दशैंको शुभकामना पनि प्रकट गर्नुभएको छ।

          छङ्ग तुको भ्रमणको क्रममा उहाँले चीनको पश्चिमी भागको तेस्रो अन्तर्राष्ट्रिय मञ्चमा पनि भाग लिनुभएको छ। सो मञ्चमा उहाँले विशेष भाषण पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह