फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खा श

(GMT+08:00) 2010-12-01 10:29:04

शहरी नारा: खा शको यात्रा-विश्वको एउटै विशेषता

ठेगाना:चीनको पश्चिमी सीमा क्षेत्रमा पर्ने सिन च्याङ युगुर स्वायत्त प्रदेशको दक्षिण-पश्चिमी भाग

            खा शका चार किसिमका पर्यटकीय स्थल रहेका छन्। यी चार स्रोत भनेका वी उ अर जातीय चलन,पहाडी दृश्य,मरुभूमि दृश्य र रेशमी मार्ग। जसबाट प्राकृतिक दृश्य,मानव जातीय दृश्य,जातीय चाल-चलनको दृश्यबाट पर्यटकीय प्रणालीको गठन भएको छ। यो शहर रेशमी मार्गमा सबैभन्दा बढी वी उ अर जातीय चलन रहेको अन्तर्राष्ट्रिय पर्यटकीय स्थान हो। त्यसैले खा शको यात्रा विश्वको एउटै विशेषता भन्ने नारा तयार भएको हो। खा श शहरमा वी उ अर,हान,व्ही आदि 26 जातिका जनता बसोबास गर्दछन्। यो शहर वी उ अर जातिको श्रेष्ठ सँस्कृतिको केन्द्र हो र "चीनको पश्चिमी भागको नृत्यको जन्मथलो"भन्ने नामसमेत सावित भएको छ।

           खा शमा जातीय चलन र सँस्कृतिलाई प्रतिबिम्बित गर्नसक्ने पर्यटकीय दृश्य र विशेष प्राकृतिक दृश्य रहेका छन्। विश्वमा दोस्रो अग्लो पहाड छ्याउ ग लि पहाड,विश्वाव्यापी श्रेष्ठ भौगोलिक पार्क,मरुभूमि दृश्य क्षेत्र,प्रसिद्ध भौतिक पूरातात्विक स्थल आदि विशेष पर्यटकीय स्रोत खा शमा रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह