फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाङ चौ

(GMT+08:00) 2010-12-01 10:28:25

शहरी नारा: पूर्वी क्षेत्रको भेनिस

ठेगाना: चीनको पूर्वी भागमा पर्ने च च्याङ प्रान्तको उत्तरी भाग

          हाङ चौ शहर चीनको सबैभन्दा प्रसिद्ध पर्यटकीय शहरमध्ये एक हो। चीनको पुरानो भनाइको "माथिको स्वर्ग, तलको हाङ चौ" रहेको छ। यस भनाइबाट प्राचीन कालदेखि नै मानिसले यस सुन्दर शहरको उच्च प्रसंशा गरेको प्रतिबिम्वित भएको छ। हाङ चौ शहर चीनका आठ प्राचीन शहरमध्ये एक हो भने चीनद्बारा निश्चित गरिएको पहिलो राष्ट्रिय साँस्कृतिक प्रसिद्ध शहरहरुमध्ये एक पनि हो।

         हाङ चौ शहरमा प्रचुर पहाड र जल उर्जा-स्रोत रहेका छन्। यस शहरलाई पार गर्ने नदीको संख्या 130भन्दा बढी छ। हाङ चौ शहरका दुईवटा राष्ट्रिय दृश्य क्षेत्र रहेका छन्। यी दुईवटा दृश्य क्षेत्र भनेको सि हु ताल क्षेत्र र "दुइ नदी एक ताल"भन्ने दृश्य क्षेत्र हुन्। साथै यस शहरका दुईवटा राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्र पनि छन्। छवटा राष्ट्रिय वन-जङ्गल पार्क, एक पहिलो राष्ट्रिय सिमसार क्षेत्र पार्क आदि रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह