फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लि च्याङ

(GMT+08:00) 2010-12-01 10:27:48

शहरी नारा:लि च्याङ- स्वर्गीय मनोरञ्जनको शहर

ठेगाना: चीनको दक्षिण-पश्चिमी भागमा पर्ने युननान प्रान्तको उत्तर-पश्चिमी भाग

        लि च्याङ शहर चीनको ऐतिहासिक तथा साँस्कृतिक प्रसिद्ध शहर हो। लि च्याङ प्राचीन शहरको इतिहास आठ सय वर्षभन्दा बढीको छ। यो शहर अल्पसङ्ख्यक जातिको बसोबास केन्द्र हो। यहाँ "शहर र पानीको प्राकृतिक मिलन"भन्ने सबैभन्दा ठूलो विशेषता रहेको छ। है लङ्ग थान नदी उत्तर दिशाबाट दक्षिण दिशातर्फ बहँदै लि च्याङ शहर पार गर्दछ। यहाँ 354 वटा विभिन्न आकारका ढुङ्गे पुल तथा काठे पुलहरूले बाटो जोड्ने काम गरेका छन्।

        लि च्याङ शहर तल्लो अक्षांस र समुद्र सतहदेखि अग्लो उचाइको क्षेत्रमा पर्दछ। हरेक वर्षको चार ऋतुका मौसम बराबर छन्। यहाँको वन-जङ्गलको क्षेत्रफल 66.13 प्रतिशत पुगेको छ। जसबाट संयुक्त राष्ट्र संघले लि च्याङलाई बसोबासका लागि राम्रो शहर सावित गरेको छ।

        समस्त पर्यटकका लागि लि च्याङ शहरका सबैभन्दा आकर्षण शक्ति यी सुन्दर दृश्य मात्र होइनन्, यहाँको आनन्दी जीवन बिताउने अवस्था,विशेषतायुक्त संस्कृति र सामान्य भए पनि शान्त जीवन शैली हुन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह