फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लौ याङ

(GMT+08:00) 2010-12-01 10:27:14

शहरी नारा:मु तान फूलको शहर,रेशमी-मार्गको आरम्भ-स्थल

ठेगाना:चीनको मध्य भागमा पर्ने ह नान प्रान्तको पश्चिमी भाग

       लौ याङ शहर चीनको ह नान प्रान्तको पश्चिमी भाग र व्हाङ्ग नदीको दक्षिणी किनार क्षेत्रमा पर्दछ। यो शहर पन्ध्रौँ शताब्दीमा स्थापना भएको थियो भने चीनका सबैभन्दा प्राचीन आठ शहरमध्येको एक हो। लौ याङ शहरलाई केन्द्र बनाइएको ह लौ क्षेत्र जन गणतन्त्र चीनको सभ्यता स्थापना भएको महत्वपूर्ण क्षेत्र पनि हो। प्राचीन कालदेखि नै यहाँ धेरै साहित्यकारहरू आकर्षित भएका थिए। त्यसकारण लौ याङ शहर कवितातमक शहरको रुपमा सावित भएको छ। साथै यो सुन्दर मु तान फूलका कारण प्रसिद्ध बनेको छ भने मानिसद्बारा बनाइएको फूलको शहर भन्ने पनि सावित भएको छ। हरेक वर्षको अगष्ट 15 तारिखदेखि मे आठ तारिखसम्म मु तान फूल फूल्दा लौ याङमा वार्षिक "मु तान फूल मेला"आयोजना हुन्छ।

       लौ याङमा समस्त मानवीय साँस्कृतिक दृश्य रहेका छन्। ती दृश्यमध्ये लुङ मन ढुङ्गे गुफा चीनका तीन ठूला ढुङ्गे गुफामध्ये एक हो। पाइ मा मन्दिर चीनको पहिलो सरकारद्बारा स्थापित बौद्ध मन्दिर हो। विश्वव्यापी नामी रेशमी-मार्ग लौ याङ शहरबाट नै सुरु हुनेगर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह