फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सान या

(GMT+08:00) 2010-12-01 10:26:39

शहरी नारा:सुन्दर सान या,रोमान्टिक स्थल

ठेगाना:चीनको एउटै मात्र कटिबन्ध टापु प्रान्त हाइ नान प्रान्तको सबैभन्दा दक्षिणी भाग

          सान या हाइ नान टापुको सबैभन्दा दक्षिणी भागमा रहेको छ भने चीनको एउटै मात्र कटिबन्ध समुद्री पर्यटन शहर हो। सान या शहरको वातावरण निकै विशेष छ भने पहाड,समुद्र र नदी गरी तीनैवटा प्राकृतिक दृश्यबाट गठित शहर हो। सान या शहरमा सूर्यको किरण,समुद्र,समुद्री बगर,हावापानी,जङ्गल,पशुपङ्क्षी,कन्दरा आदि दश पर्यटकीय उर्जा-स्रोत विद्यमान रहेका छन्।

         सान या शहर कटिबन्ध क्षेत्रबाट चीनतर्फ जाने एउटा ढोका हो भने अन्तर्राष्ट्रिय आदान-प्रदानका लागि पनि विशेष स्थानमा पर्दछ। सान या पनि चीनको सबैभन्दा खुला पर्यटकीय शहरमध्ये एक हो। यसका कारण उक्त क्षेत्रमा चीन सरकारको सहुलियत नीति लागु भएको छ। सहुलियत नीति भनेको अमेरिका,रुस,जर्मनी,अस्ट्रेलिया,जापान,फ्रान्स आदि 21वटा मुलुकका लागि पन्ध्र दिनका लागि भिसा नचाहिनु र अन्य मुलुकका लागि सान या पुग्ने बितिकै भिसा पाउनु भन्ने रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह