फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वाङ्ग शान

(GMT+08:00) 2010-12-01 10:25:18

शहरी नारा:ह्वाङ्ग शानको अवलोकन गर्दै आन ह्वी प्रान्तको अनुभव गरौँ।

ठेगाना:चीनको मध्य भागमा पर्ने आन ह्वी प्रान्तको दक्षिणी भाग

         ह्वाङ्ग शान पहाड उत्तरी अक्षांस तीस डिग्रीको क्षेत्रमा पर्दछ। यो पहाड विश्वको संस्कृति,प्राकृतिक पैत्रिक सम्पति र विश्व भू-विज्ञान पार्क यी तीन विशेषताबाट गठन भएको छ। ह्वाङ्ग शान पहाड प्रसिद्ध राष्ट्रिय दृश्य क्षेत्र सावित भएको छ।

         ह्वाङ्ग शान शहरका दुईवटा विश्व साँस्कृतिक पैत्रिक सम्पति र पन्ध्रवटा राष्ट्रिय गैर-भौतिक साँस्कृतिक पैत्रिक सम्पदा रहेका छन्। हालसम्म ह्वाङ्ग शान शहरले विश्वका आठ जना प्रसिद्ध र वा ह्वाङ्ग शानको अर्थतन्त्र र समाजको विकासका लागि ठूलो योगदान गर्ने व्यक्तिलाई "ह्वाङ्ग शान शहरका गौरवपूर्ण नागरिक"को सम्मान प्रदान गरेको छ। अन्तर्राष्ट्रिय औलम्पिक खेलकुद समितिका अध्यक्ष सामारान्च,संयुक्त राष्ट्र संघअन्तर्गत् विश्व पर्यटन संगठनका वर्तमान महासचिव जोफ्री लिफ्मान आदिले यस"ह्वाङ्ग शान शहरको गौरवपूर्ण नागरिक"को सम्मान प्राप्त गर्नुभएको छ। ह्वाङ्ग शान शहरको अन्तर्राष्ट्रिय प्रभाव शक्ति दिन-प्रतिदिन बढ्नै आएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह