फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चि नान

(GMT+08:00) 2010-12-01 10:16:14

ठेगाना :चीनको पूर्वी भागमा पर्ने शानतुङ्ग प्रान्तको मध्य-पश्चिमी भाग

शहरी नारा: सुन्दर छहराको पानी ,आकर्षक चि नान

            चि नान शहर सुन्दर छहराहरू भएका कारण प्रसिद्ध बनेको ऐतिहासिक साँस्कृतिक शहर हो। यस शहरमा जम्मा 733 वटा प्राकृतिक छहरा रहेका छन्। तीमध्ये सबैभन्दा प्रसिद्ध छहरा पाउ धु छ्वान भन्ने हो।

            चीनका सबैभन्दा ठूला प्राचीन संस्कृतिमध्ये एकको रुपमा रहेको लुङ्ग शान संस्कृति चि नान शहरबाट सुरु भएको हो। चि नान शहरको छङ चि या नाउँको स्थान चीनको उन्नतर प्रस्तर युगको अन्त्यमा लुङ्ग शान संस्कृतिको जम्मथलो हो। विश्वका विभिन्न मुलुकले यस स्थललाई "चार हजार वर्षअघिको अनि विश्व संस्कृतिको सबैभन्दा श्रेष्ठ स्थल"भनेका छन्। यसबाहेक चि नान शहरको स्वउ थाङ्ग पहाडमा पर्ने गो श नामको पुर्ख्यौली भवन चीनमा विद्यमान सबैभन्दा प्राचीन निर्माण हो। यस भवनमा रहेका चित्रकला र शिलालेखलाई "चीनको लिखित कला  सूची"मानिन्छ।

           चि नान शहरमा चीनका धेरै ऐतिहासिक प्रसिद्ध व्यक्ति जन्मिएका छन्। यी प्रसिद्ध व्यक्तित्व भनेका चिनियाँ चिकित्सा विज्ञान स्थापना गर्ने व्यक्ति वे छे,चीनका प्रसिद्ध साहित्यकार लि छिङ्ग च्वउ आदि हुन्।

           चि नान शहरमा धेरै सुविधाजनक यातायात रहेको छ। पैचिङ र शाङ्गहाइबीचको रेलमार्ग यहाँबाट पार भएको छ। निकट भविष्यमा पैचिङ र शाङ्गहाइबीचको द्रूत रेलमार्ग सेवा सुरु हुनेछ। जसबाट चि नानबाट पैचिङ तथा शाङ्गहाइ जस्तै ठूलो शहरतर्फ जान केवल दुई घण्टाजति मात्र समय लाग्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह