फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका संयुक्त वक्तव्यद्बारा दुई मुलुकबीचको सम्बन्धका लागि कार्यान्वयन कार्यक्रम निर्धारण

(GMT+08:00) 2011-01-20 20:16:00
      चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अमेरिकाको भ्रमणमा प्राप्त भएको महत्वपूर्ण राजनैतिक उपलब्धिको रुपमा चीन र अमेरिका यी दुबै पक्षले यस जनवरी महिनाको 19 तारिख एक संयुक्त वक्तव्य प्रकाशित गरेका छन्। उक्त संयुक्त वक्तव्यले चीन र अमेरिकाबीचको सम्बन्धलाई पुनःनिर्धारण गरेको छ। चीन र अमेरिकाबीचको नयाँ सम्बन्ध यस प्रकार छ-दुई पक्षको साझा हितलाई प्रबर्द्धन गर्न र एक्काईसौं शताव्दीमा सुअवसर र चुनौतीको सामना गर्नका लागि चीन र अमेरिका यी दुबै पक्षले संयुक्त रुपमा सम्मान गर्ने, पारस्परिक हित र दुई पक्षका लागि विजयी सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने कुरामा अडिग लागिरहने छ। चिनियाँ विशेषज्ञकाअनुसार, उक्त वक्तव्यले दुई मुलुकको सम्बन्धलाई "साझेदारी"सम्बन्धको रुपमा निर्धारण गरेको र उक्त नयाँ सम्बन्धको निर्धारणले भविष्यमा दुई पक्षले सहयोगलाई सबल पार्न र साझा हितलाई प्रबर्द्धन गर्नका लागि जग बसाल्ने छ।

      चीन-अमेरिका सम्बन्धको इतिहासको अध्ययन केन्द्रका प्रमुख थाउ वन चाउले भन्नुभयो

    "सन् 2009को अप्रिल महिनामा श्री हु चिन थाउ र श्री बाराक ओबामाले पहिलो पटकको भेट-वार्तामै दुई मुलुकबीचको सम्बन्धलाई सकारात्मक, सहयोगात्मक र चौतर्फी सम्बन्धको रुपमा निर्धारण गर्नुभएको थियो। सोही वर्षको नोभेम्बर महिनामा श्री ओबामाले चीनको भ्रमण गर्दै उक्त सम्बन्ध दोहोर्‍याउनुभएको थियो। हाल आपसीयुक्त रुपमा सम्मान गर्ने, पारस्परिक हित र दुई पक्षका लागि विजयी सहयोगात्मक साझेदारी सम्बन्धको रुपमा निर्धारण गरिएको छ।"

      यस पटकको भ्रमणमार्फत चीन र अमेरिकाबीचको केही ठोस विषयमा ठूलो प्रगति हासिल गरिएको छ। सो कुरा संयुक्त वक्तव्यबाट देखिएको छ। सैन्य क्षेत्र र कोरियाली प्रायद्बीपको आणविक समस्यको बारेमा हासिल गरिएको प्रगतिमाथि श्री न्यू सिन छुनले सबैभन्दा बढी ध्यान दिनुभएको छ—

    "चीन र अमेरिका बीचको सैन्य आदान-प्रदान दुई मुलुकको प्रारुपमा एउटा महत्वपूर्ण भाग हो। सैन्य आदान-प्रदानलाई किन विशेष गरी जोड दिनुपर्छ ? इतिहासमा सैन्य आदान-प्रदान सधैं स्थगीत भएको छ। दुई मुलुकका सेना बीचको सम्बन्ध र दुई मुलुकको सम्बन्धमा यो कुरामा बेफाइदा भएको छ। यस पटक दुई मुलुकले सैन्य क्षेत्रमा स्थगीत नहुने र स्थीर आदान-प्रदानको महत्वलाई फेरि एक पटक जोड दिएका छन्। अर्को नयाँ विषय कोरियाली प्रायद्बीपको आणविक समस्याको बारेमा हो। छ-पक्षीय वार्तामार्फत यस समस्याको समाधान गर्ने कुरामा दुई मुलुकले सहमति गरेका छन्। यो निकै महत्वपूर्ण रहेको छ।"

      विशेषज्ञका अनुसार, दुई मुलुकबीच मतभेद पनि रहेका छन्। विशेष गरी दुईटा ठूलो मुलुकबीचमा यस्तो अवश्य हुन्छ। एक पटकको भ्रमणद्बारा चीन र अमेरिका बीचको मतभेदको समाधान गर्नसकिदैन र भविष्यमा दुई मुलुकको विकास पनि सधैं सुचारु हुन सक्दैन।तर वक्तव्यमा दुई राष्ट्रनाटकको कुराजस्ता चीन र अमेरिका बीचको अझ बलियो सम्बन्धले जनताको मुल हितलाई मिलाउनुका साथै एशिया-प्रशान्त र विश्वका लागि पनि सहयोगी भएको छ। संयुक्त वक्तव्यको प्रारुपमा चीन र अमेरिकाले छलफल र वार्तामार्फत समस्याको समाधान गरेमा दुई मुलुकको सम्बन्ध सकारात्मक र आपसी हित तर्फ विकसित हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह