फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बसन्त चाडको पूर्व सँध्याबारे

(GMT+08:00) 2011-01-28 20:11:40
          फेब्रुअरी महिना दुई तारिखका दिन चिनियाँहरुको विषेश दिन हो। यो दिन बसन्त चाडको पूर्व सँध्या हो। यो दिनपछिको अर्कोबाट चीनमा खरायो बर्ष शुरु हुन्छ। सबै श्रोतामा बसन्त चाडको शुभकामना। र प्रिय कुमारजीलाई पनि बसन्त चाडको शुभकामना। तिमीलाई नेपालमा कस्तो छ? यो हाम्रो महान चिनियाँ चाड कसरी मनाउंछौ? सबै मानिस यस महत्वपूर्ण दिनमा सुखी र खुसी हुनेछ भन्ने मेरो आशा हो।

          बसन्त चाडको ईभ चिनियाँ पात्रोको अन्तिम दिन हो। चीनमा यो दिन सबैले आफ्नो घर सफा गर्छन्। ढोकामा शुभ लाभ लेखिएका चित्रहरु टाँस्ने र घरमा रङ्गीन चित्रहरु टाँस्छन्। सबै मानिसहरु रङ्गिबिरङ्गि नयाँ लूगा लगाउँछन्। सबै परिवार भेलाएर सँगसँगै रुपमा ममचा पकाउँछन्, खान्छन्, केही अरु रमाइलो काम गर्छन्। यस दिनमा धेरै मानिस सुत्दैन पनि। रातभरी खेल्ने रमाइलो गर्ने गर्छन। रातभरी नै रमाइलो हुन्छ।

          यस रात प्राय मानिसहरू धेरै ढिलो सुत्ने या कतिपय सुत्दैन। र अर्को नयाँ दिन अथवा नयाँ बर्षको पहिलो दिन पर्खन्छन्। अनि एक-आपसमा नयाँ बर्षको शुभकामना दिन्छन्। यस बेला रातभरी नै आतिशबाजी गरिन्छ। साथै यस दिन घरमा पनि बत्ती निभाउंदैन र यस दिनको अन्तअघि ढोका बन्द गर्ने चलन छ। बन्दअघि पटाका पड्काउँछ। ढोकामा टाँसेको त्यो भगवानको चित्रले घर परिवारलाई संरक्षण गर्छ भन्ने जनविश्वास छ।

          बसन्त चाडको ईभमा मानिस राम्ररी खाने, पिउने र खेल्ने छ। यस दिनमा परिवारको बूढी आमाले सानीलाई दक्षिणा दिन्छ। र शुभकामना एकआपसमा साट्ने छ। चीनको उत्तरी भागमा यस दिन ममचा बनाउने छ र दक्षिणी भागमा भने एउटा चिनियाँमा 年糕 भनिएको खाना बनाउने छ। चीनको सबै भागमा यस दिन माछा खाने छ। चीनमा माछाको अर्थ निकै शुभ हो। धन र भाग्यको चिन्हको रुपमा लिइएको छ र आउने बर्षमा राम्रो गर्छ।

          चीनमा बसन्त चाडको ईभ सम्बन्धी एउटा पुरानो कथा छ। धेरै समय अघि एउटा राक्षस थियो। त्यो राक्षस जङ्गलमा बस्ने गरेको थियो। र जनावरलाई आफ्नो आहारा बनाउ‌थ्यो। तर हिउँदको समयमा जनावर पाउन कठिन छ। त्यसैले उ मानिस बसेको ठाउँमा आएर मानिसलाई खान्छ। हरेक वर्ष मानिसले उसँग लडाइं गर्छ। पटक पटकको लडाइंमा त्यो राक्षसलाई भगाउने या मार्ने उपाय खोजेको थियो।र अन्तमा त्यो राक्षस रातो रङ्ग, आगो र पटाका देखि भाग्छ। उक्त कथाबाट नै बसन्त चाडको ईभ आएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह