फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुईटा अधिवेशनबारे चिनियाँ इन्टरनेट ग्राहकको चर्चा

(GMT+08:00) 2011-03-05 15:37:01

          पैचिङ्गमा जारी दुईवटा अधिवेशनबाट चिनियाँ इन्टरनेट ग्राहकको पनि ध्यानाकर्षण भएको छ। तिनीहरुले विभिन्न वेभसाइटमार्फत आफ्नो अनुभव प्रकट गरेका छन्।

          इन्टरनेटमा चन्द्रमाको किरण भन्ने नाम राखिएका ग्राहकले रन मिन वेइभसाइटमा आफ्नो अनुभव व्यक्त गरेका छन्। उनी भन्छनः चीनको ग्रामीण क्षेत्रमा वृद्ध-वृद्धाको जनसङ्ख्या बढिरहेको न्याँ समस्या देखापरेको छ। यस पटकको अधिवेशनमा ती वृद्ध-वृद्धाको जीवनमा महत्व दिएर तिनीहरुलाई पनि सामाजिक वृद्ध विमाको नीतिबाट कल्याण पुर्‍याइने इच्छा पनि उसले व्यक्त गरेका छन्।

           रन मिन वेभसाइटका अर्का एक जना ग्राहक "हिम शहरका दाइ"ले आम्दानीबारे ठूलो महत्व दिएका छन्। उनका अनुसार, आम्दानी बढाउने उद्देश्यले चीन सरकारले अनेक उपायको प्रयोग गरेको छ। तर विभिन्न क्षेत्रबीच आम्दानी अन्तर अझ ठूलो हुँदै आएको देखिन्छ। दुईवटा अधिवेशनमा सहभागी प्रतिनिधिहरुले दुर्गम क्षेत्र तथा जातिय क्षेत्रको आम्दानीको समस्यामा महत्व दिएर ती क्षेत्रको समर्थन तथा सहयोग गर्ने नीतिको कार्यान्वयन गर्न सक्ने आशा उसले प्रकट गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह