फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिशु विद्यालयको शिक्षामा वर्षाको विचार

(GMT+08:00) 2011-03-05 18:25:01

         चिनियाँ जन कांग्रेसको वार्षिक अधिवेशन हाल पैचिङ्गमा जारि रहेको छ। हरेक अधिवेशनमा जनताको आधारभूत जीवनसम्बन्धी बिषय सबैभन्दा चर्चामा रहने गरेको छ। आवासको मूल्य, मुद्रास्फीति र रोजगारी आदि बिषयबारे अधिवेशनमा सहभागि प्रतिनिधिहरुले थुप्रै प्रस्ताव प्रस्तुत गर्नुभएको छ। तीमध्ये शिशु विद्यालयको निर्माण तथा विस्तारबारे मैले सबैभन्दा ठूलो महत्व दिएकी छु।

          मेरो छोरी हाल दुई वर्षकी भइन्। उसलाई एउटा राम्रो शिशु विद्यालयमा पठाउने मेरो इच्छा छ। हाल पैचिङ्गमा उसको उमेरका बालबालिका धेरै छन तर शिशु विद्यालयको सङ्ख्या कम छ। अहिलेको शिशु विद्यालय पनि अलि सानो छ। तर सरकारले यसको सुधार गर्ने योजना तय गरिसकेको छ। यस पटकको अधिवेशनपछि यसबारे पूर्ण नीति लागू हुने मेरो विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह