फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल टेलिकम,मोबाईल सेवा निर्देशनालय,पुल्चोक, ललितपुर, नेपालमा बस्नुहुने श्रोता टीकाराम घिमिरेबाट आएको शुभकामना तथा बधाई

(GMT+08:00) 2011-03-10 19:37:33

         सर्वप्रथम यहि मार्च 3 तारिखदेखि शुरु भएको एघारौ चिनीयाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चौथो पूर्ण बैठक तथा मार्च 5 तारिखदेखि शुरु हुने चिनीयाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेसनको सफलताको निम्ति म सी.आर.आई. को पुरानो श्रोता टीकाराम घिमिरेको तर्फबाट शुभकामना तथा बधाई ज्ञापन गर्न चाहन्छु । चिनीयाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चौथो पूर्ण बैठकमा सरकारी कार्य प्रतिवेदनमाथिको लेखाजोखा गरिने, राष्ट्रिय अर्थतन्त्र तथा सामाजिक विकास सम्बन्धि बाह्ररौं पन्चवर्षीय योजनामाथि छलफल गरी अनुमोदन गर्ने, 2010 को योजनाहरुको कार्यान्वायनको पक्षको समिक्षा गर्ने, आर्थिक विकास निर्यातमा निर्भर रहने, गरिब र धनीबीचको खाडल कम गर्ने, स्वाथ्य , शिक्षा, आवास, वातावरण संरक्षण, अर्थतन्त्रको गति बढाउने जस्ता महत्वपुर्ण कार्यहरु सम्पन्न गर्न सफलता मिलोस, साथै चिनीयाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेसन 2011मा राष्ट्रिय अर्थतन्त्र तथा सामाजिक विकास सम्बन्धि बाह्रौं पन्चवर्षीय योजनाको मसौदा पत्रको अनुमोदन गर्ने, सर्वोच्च जन अदालत तथा सर्वोच्च जनन्न्यायधिवक्ताको कार्यालयको कार्य प्रतिवेदन माथि लेखाजोखा गर्ने कार्यमा पूर्ण सफलता मिलोस।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह