फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मैत्रीचोक 4, कुश्मा, पर्वत नेपालमा बस्नुहुने सी.आर.आई. नेपाली सेवाका रेडियो मोनिटर राजेन्द्र पहाडीबाट आएको शुभ कामना

(GMT+08:00) 2011-03-10 19:39:40

         सन् 2011 मार्च 5 तारिख देखि शुरु भएको चिनिया जन राजनैतिक परामर्शदातृ सम्मेलन र मार्च 5 तारिखबाट शुभारम्भ भएको चिनिया राट्रियय जन काँग्रेस सम्मेलनको राष्ट्रिय समितिको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न हुने कुरामा हामी आशावादी छौं । महान् चिनिया कम्यूनिष्ट पार्टीको महत्वपूर्ण संस्था भएकाले यी दुई महत्वपूर्ण सम्मेलनहरुले नयाँ चीनलाई विश्वको भल्झलाउँदो आशाको रुपमा विकास गर्न कम्यूनिष्ट पार्टीको नेतृत्वलाई अझ सुदृढ र बलियो बनाउने नीति र कार्यक्रमहरु तय गर्नेछन् भन्ने हामीलाई लागेको छ। वर्तमान विश्वमा देखापरेको अमेरिका लगायत केही पश्चिमा देशहरुको दादागिरीलाई नजिकैबाट चुनौति दिन चीन सक्षम हुने कुरामा अब कुनै शंका गर्ने ठाउँ छैन । समृद्ध र बैज्ञानिक विचारले ओतप्रोत चिनिया कम्यूनिष्ट पार्टीको सवल नेतृत्वमा 21 सौं शताब्दीको समाजवादी राज्य व्यवस्थाको झलक तथा उदाहरण विश्व समुदायलाई दिन आम चिनिया जनता, चिनिया सरकार आतुरताका साथ प्रतिक्षा गरिरहेको हामीलाई अनुभूति भैरहेको छ। नेपालको निकट छिमेकी मुलुक चीनले गरेको उच्चस्तरको राजनैतिक अभ्यासबाट हामी निकै प्रभावित र प्रफुल्लित बनेका छौं। नयां र आधुनिक चीनको स्थापनालाई कसीलो र दरिलो बनाउनका लागि चालु परामर्शदातृ सम्मेलन र राट्रिय जन काग्रेसको अधिवेशनले पक्कै पनि दुरगामी महत्वका सवालहरुमा अन्तरदृष्टी पुर्याई निर्णय गर्नेछन्। शताब्दिकै महान नेता अध्यक्ष माओत्से तुङ्ग र त्यसपछिका नेतागणहरुले कोर्नुभएको सभ्य, समृद्ध र सम्पन्न चीन निर्माणको नुक्शालाई पूर्णता दिनका लागि वर्तमान चिनिया नेताहरु दत्तचित्त भई परिश्रमी चिनिया जनताको साथ र समर्थनमा अगाडि बढिरहेको कुरा दुनियाले सचेतनापूर्वक हेरिरहेको छ । वास्तवमा, बाँकी विश्वलाई आधुनिक समाजवादी राज्य व्यवस्था संचालनको प्रक्रियाका बारेमा पाठ सिकाउनका लागि चीन सक्ष्म र कामयावी हुने कुरामा कुनै शंका छैन। हामीलाई आशा एवं पूर्ण विश्वास छ कि चीनको मुटु बेइजिङमा चलिरहेको वार्षिक अधिवेशनहरुले दुई हजारभन्दा धेरै चिनिया नेता तथा प्रतिनिधिहरुको माथिङ्गल प्रयोग गरेर एउटा सभ्य, समुन्नत, सुदृढ र उच्चकोटीको चीनको तस्विर विश्व समुदायका लागि प्रष्टसंग राखिदिनका लागि सफलता प्राप्त गर्नेछन्। विश्वको दोस्रो ठूलो आर्थिक सम्पन्नता हासिल गरेको चीनले अबका केही वर्षभित्र नै आफूलाई प्रथम दर्जामा स्थापित गर्न सक्ष्म हुनुपर्दछ भन्ने हामीलाई लागेको छ। विश्व राजनैतिक रङ्गमञ्चमा चीनलाई प्रखर रुपमा उभ्याउनका लागि आवश्यक पूर्वाधार तैयार गर्न र 21 सौं शताब्दीका आवश्यकतालाई सम्बोधन गर्न सक्ने कामयावी नेतृत्व चयन गर्न चीनको सत्तारुढ कम्यूनिष्ट पार्टीले आगामी चालु अधिवेशनमा आफूलाई खरो उताउने छ भन्ने हामीले विश्वास लिएका छौं । सन् 2020 सम्ममा चीनलाई अहिलेको अवस्थाबाट निकै माथि उठाउने र विश्व समुदायका सामु एक सफल, सुदृढ तथा सम्पन्न राष्ट्र बनेर देखाउने अभियानमा यसपटकको अधिवेशनले कोशे ढुंगाको काम गर्ने कुरामा आशावादी हुने प्रशस्त ठाउ रहेको छ। सूचना तथा संचारमा चीनले प्राप्त गरेको सफलता, अन्तरिक्ष एवं विज्ञान र प्रविधिको क्षेत्रमा हासील गरेका उपलब्धीका साथै मेहनतकश चिनिया जनताको परिश्रमबाट हात परेका अन्य क्षेत्रका उच्च सफलताहरुलाई अझ उचाईमा पुर्याउने सन्दर्भमा चिनिया राष्ट्रिय जन कांग्रेसले दुरगामी महत्वका निर्णय गर्नेछ भन्ने कुरामा हामी आशावादी भएका छौं ।

           यसपटकको वार्षिक अधिवेशनहरुले चीनको प्रशासनिक तथा राजनैतिक सुधार योजनालाई स्वीकृत गर्नुका साथै देशले दुई दशकयता जारी आर्थिक नीतिमा व्यापक फड्को मार्ने आशा गरिएको छ, जसबाट चीनको आर्थिक बृद्धिदर सकारात्मक दिशातर्फ अगाडि बढ्ने छ। मार्चको राष्ट्रिय जन कांग्रेसको अधिवेशनले साच्चिकै अर्थमा चीनको आर्थिक र सामाजिक विकासको नयाँ युगमा प्रवेश गर्दै आम चिनिया जनताको प्रजातान्त्रिक अधिकारको सुरक्षा गर्न र उनीहरुलाई सामाजिक न्याय दिलाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ। यसका साथै प्रस्तुत अधिवेशनले चीनलाई 21सौं शताब्दीको बाँकी अवधीलाई सुस्पष्ट ढंगले हाँक्न सक्ने भावी नेतृत्वको पनि टुङ्गो लगाउनेछ भन्ने विश्वास लिइएको छ। वास्तवमा "एक चीन " को मान्यतालाई अझ मजबुद र भरपर्दो बनाउँदै थाइवानलाई पनि शान्तिपूर्ण ढंगले मुख्यभूमीमा समाहित गर्नका लागि समेत यो अधिवेशनले महत्वपूर्ण निर्णय गर्नेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौं। थाइवानलाई चीनको कब्जाबाट छुटाउनका लागि खडा गरिएका पूंजीवादी खेमाका केही हौवा र बखेडाहरुलाई परास्त गर्दै र संयुत्त राष्ट्र संघमा अलग र पृथक थाइवानको अस्तित्वको खोजी गर्दै गरिएको सदस्यताको प्रयासलाई विफल पार्ने दिशामा पनि पुन: एकपटक चीनको प्रष्ट दृष्टिकोण राख्न पनि यो सम्मेलन सफल सावित हुनेछ। यसबाहेक विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भएर पनि चीनले जसरी दिन दुई गुना रात चार गुनाको दरले विकास गरिरहेको छ, यसको अनुकरण गर्न अरु देशहरु पनि लालायित भएको देखिएको छ। यो अवस्था आगामी दिनहरुमा पनि निरन्तर रहने गरी कम्यूनिष्ट पार्टीको गरिमा र महत्वलाई उजागर गर्न चीनका आदरणीय नेतागणहरु पूर्ण सफल हुनुहुनेछ भन्ने कुरामा हामी विश्वास राख्दछौं। दुबै सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न चिनिया कम्युनिष्ट पार्टीका इमान्दार नेता तथा कार्यकर्ताहरु सफल हुनुहुनेछ भन्ने कुरामा हामी आशावादी छौं। अन्त्यमा, महान, सम्पन्न, सुदृढ र एकिकृत चीन निर्माणका दिशामा मार्ग प्रसस्त गर्न चिनिया जनराजनैतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको चालु बैठक तथा चिनिया संसद राष्ट्रिय जन कंग्रेसको यो अधिवेशन पूर्ण सफल रहन सकोस् भन्ने हार्दिक शुभकामना ब्यक्त गर्दछु। नेपाल र चीनबीचको सदियौं अगाडिदेखि स्थापीत मैत्रीपूर्ण सम्बन्ध अझ गाढा, प्रगाढ र सुमधुर बन्न सकोस्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह