फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई. श्रोता क्लवका अध्यक्ष श्री मान बहादुर खडकाबाट आएको शुभ कामना

(GMT+08:00) 2011-03-10 19:43:49

           प्रत्येक वर्ष जस्तै यसवर्ष 2011 मा पनि चीनको सर्वोच्च आधिकारिक निकायहरु चिनियाँ राष्ट्रिय जनकांग्रेस तथा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका नियमित तथा महत्वपुर्ण वार्षिक अधिवेशनहरु मार्च महिनाको 3 तारीख र 5 तारिख देखि चीनको राजधानी पैचिङमा शुरु भएका छन् । सर्वप्रथम, म चीन एवं चिनियाँ जनताको एक अत्यन्त शुभेच्छुकको नाताले यी दुईवटा अधिवेशनहरुको पुर्ण सफलताको कामना गर्दछु । गत वर्ष सन् 2010 चीनको लागि उपलब्धीमुलक वर्षको रुपमा रहेको पाइन्छ । एकातिर चीनले विगतका वर्षहरु जस्तै यस वर्ष पनि प्राकृतिक विपत्तहिरुको सामना गर्नुपरेको थियो भने अन्तर्राष्ट्रिय जगतमा देखा परेको बैकिङ सामना गर्नु परेको थियो तर चीनले यस्ता कठिनाईहरुलाई पैठेजोरी खेल्दै मुकाविला गर्न सफल पनि भएको थियो । जसरी चीनले सन् 2008 को 29औं ओलिम्पिक खेलको सफल आयोजना गरी विश्वमा नै प्रमुख पात्रको रुपमा स्थापित भएको थियो, त्यसैगरी, सन् 2010 को मे 1 तारीखदेखि चीन तथा विश्वकै प्रसिद्ध व्यापारिक शहर शाङहाइमा संचालन भएको 21औं शाङघाइ विश्व एक्स्पोलाई पनि सफल आयोजना गरी विश्वमा एक मात्र सफल राष्ट्रको रुपमा स्थापित गरेको छ । यसै वर्ष चीनले संचालन गरेको 16 एशियाली खेलकुदमा चीनले गरेको सफल आयोवना तथा खेलमा देखाएको वर्चश्व पनि यस वर्षका मुख्य उपलब्धिका रुपमा लिन सकिन्छ । त्यसैगरी, यसै वर्ष नै चीनले विश्वमै अत्यधिक आर्थिक बृद्धि गरी विश्वलाई नै आश्चर्यचकित बनाई दिएको छ भने विश्वमै एक प्रमुख शक्तिमान मुलकको रुपमा आपुmलाई स्थापित गरिसकेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह