फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई श्रोता कुञ्ज दुलेगौंडा 7, तनहुँ नेपालका शिव पौडेल अध्यक्ष तथा ऋषिराम चापागाईँ कार्यालय सचिवबाट आएको शुभ कामना

(GMT+08:00) 2011-03-10 19:45:51

         चीनको सर्वोच्च आधिकारिक संस्था चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको वार्षिक नियमित अधिवेशन पैचिङमा हिजो मार्च पाँच तारिखका दिन सुरु भएको छ । जनकाङ्ग्रेसका देशभरीका करिब तीन हजार प्रतिनिधिहरुले पैचिङस्थित जनवृहद्‍ सभाभवनमा चीनको आर्थिक र सामाजिक विकासको भावी मार्गचित्र तयार पार्ने विषयबारे गहनरुपमा छलफल गरिरहेएका छन् । चीनको बाह्रौं पञ्चवर्षीय योजनको खाकालाई पूर्णता दिइ नयाँ चीनको तीब्र विकासलाई अझ अगाडि बढाउने दिशामा उक्त अधिवेशन सफल हुने कुरामा हामी विश्वस्त छौं । असल मित्रराष्ट्रका नागरिकका नाताले हामी अधिवेशनको सफलताको लागि हार्दिक शुभकामना दिन्छौं । अधिवेशनबारे ताजा ताजा र अध्यावधिक समाचार र अन्य जानकारी तुरुन्त पस्कन सीआरआई नेपाली सेवाका साथीहरु कम्मर कसेर लाग्नुभएको छ । नेपाली विभाग र यसका सम्पूर्ण कर्मचारी मित्रहरु धन्यवादको पात्र हुनुहुन्छ । मित्रहरुलाई आफ्नो काममा अझ धेरै उर्जा मिलोस् नेपाली सेवाका सबै मित्रहरुलाई हाम्रो शुभकामना ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह