फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छि फान गाउँका किसानहरूको नयाँ जीवन

(GMT+08:00) 2011-04-15 18:11:51

          हाम्रा सम्वाददाताले तु च्याङ यान शहर अ बस्तीको छि फान गाउँको भ्रमण गरेका छन्। छि फान गाउँ पुगेपछि हाम्रा सम्वाददाताहरूले छि फान गाउँका नयाँ बगैंचाको अवलोकन गरेका थिए। हाम्रा सम्वाददाताहरूका आँखामा स्थानीय किसानहरूको जीवन निकै शान्त र सुखमय देखिएको छ।

          किवी फलको खेती छि फान गाउँका 70 देखि 80 प्रतिशतसम्म किसानहरूको मुख्य आम्दानी हो। किवी फल पाकेपछि उनीहरूले किवी फललाई स्थानीय सहकारी संस्थामा बिक्री गर्दछन्। हरेक परिवारको सरदर आम्दानी चालीस/पचास हजार चिनियाँ युआन भएको छ। वन छ्वानमा भूकम्प गएपछि स्थानीय किसानहरूले किवी फलको खेती गरेका छन्। किवी खेतीलाई भूकम्पले प्रभाव परेको छैन। स्थानीय किसानहरूको आम्दानी राम्रो छ।

         चिनियाँ कम्युनिष्ट पार्टीको छि फान समितिकी अध्यक्ष श्रीमती लि थेन फिङकाअनुसार, छि फान गाउँमा 4 सय 92 परिवारमा जम्मा 1 हजार 5 सय 19 जना सदस्य छन्। भूकम्पबाट 95प्रतिशत आबास ध्वस्त भएको थियो। हाल देखिएका 274 वटा बगैंचा स्थानीय सरकारद्बारा भूकम्पपछि किसानहरूका लागि निर्माण गरिएका हुन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह