फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेनयाङ शहरले चालुवर्षमा भूकम्पपछि यातायातको उनान्सय दशमलब सात प्रतिशत पुन:निर्माण कार्य पूरा

(GMT+08:00) 2011-04-15 18:14:36

          स छ्वान प्रान्तको मेन याङ शहरको यातायात विभागबाट प्राप्त समाचारअनुसार, मेनयाङ शहरले चालुवर्षमा भूकम्पपछि यातायातको उनान्सय दशमलब सात प्रतिशत पुन:निर्माण कार्य पूरा गर्नेछ। यसका साथै मेन याङ शहरले पाँच वटा एक्सप्रेस मार्गको साथसाथै निर्माण गरिरहेको छ।

        "चालुवर्षमा हामीले हाम्रो यातायातसम्बन्धी परियोजनालाई गतिशील पारी चालुवर्षभित्र एक सय बाइस वटा पुन:निर्माण परियोजनाको पूरा गर्नेछौं। " मेन याङ शहरको यातायात व्यूरोअन्तर्गत् परिकल्पना विभागका प्रमुख वाङ चौङ छ्वानले जानकारी दिँदै उक्त कुरा बताउनुभयो।

            प्राप्त जानकारीअनुसार, गतवर्ष मेन याङ शहरले क्षेत्रीय यातायात सञ्जालको निर्माणलाई अघि बढाएको थियो। जसका लागि लगानी गरिएको कूल रकम दश अर्ब तीस करोड दश लाख चिनियाँ युआन पुगेको छ। यो सन् 1976 देखि 2006सम्म समस्त शहरमा यातायात निर्माणका लागि गरिएको कूल रकम भन्दा पनि बढी हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह