फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पमा आमा बाबु गुमाएकी अनाथ बालिका छिङ फाङ र्‍वै

(GMT+08:00) 2011-04-15 18:20:47

          वन छ्वान भूकम्प प्रकोपबाट प्रभावित मानिसहरुमध्ये आमा बाबु गुमाएका अनाथ बाल-बालिका सबैभन्दा बढी ध्यान दिइएका छन्। हाम्रा सम्वाददाताले वन छ्वान भूकम्प प्रकोपग्रस्त क्षेत्रमा आमा बाबु गुमाएकी एकजना बालिकासँग अन्तर्वार्ता लिएका छन्। उक्त बालिकाको नाम छिङ फाङ र्‍वै हो।

         छिङ फाङ र्‍वै स छ्वान प्रान्त तु च्याङ यान शहर क्वाङ या माध्यमिक विद्यालयकी विद्यार्थी हुन्। सन् 2008 मे बाह्र तारिखका दिन भूकम्पअघि छिङ फाङ र्‍वैका आमा बाबुले स्कुलमा उनीसँग भेटेका थिए। उनका आमा बाबु घर फर्कँदै गर्दा वन छ्वान भूकम्प आएको थियो। उनका आमा बाबु त्यसै दिनबाट बेपत्ता भएका थिए।

            भूकम्पबाट प्रभावित भएर आमा बाबुसमेत गुमाएका कारण उनी धेरै दुःखी भएकी थिइन्। धेरै मानिसहरुले उनलाई सहायता दिएका छन्। क्वाङ यान माध्यमिक विद्यालयका प्रधानाध्यापकले उनलाई पढाइ पूरा गर्न मद्धत दिने वचन दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह