फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ प्रान्तले वन छ्वान भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि व्यवसायमा सहायता दिएर स्थानीय सर्वसाधारणहरूलाई धनी बनाउन मद्धत दिएको

(GMT+08:00) 2011-04-15 18:36:17

            सन् 2008 को अगष्ट महिनाको सात तारिख क्वाङ तुङ प्रान्तको कार्य-टोलीले वन छ्वान भूकम्प प्रकोपग्रस्त क्षेत्रलाई साझेदारी सहायता दिन थालेको छ। विगत दुई वर्षमा क्वाङ तुङ प्रान्तले वन छ्वान भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुनःनिर्माणमा आठ अर्ब बीस करोड चिनियाँ युआन लगाएर सात सय दुई वटा परियोजना निर्माण गरिसकेको छ। सम्पूर्ण खर्चमध्ये 80 प्रतिशत रकम सर्वसाधारणको जीवनमा लगाइएको छ। दुई वर्षपछिको आज वन छ्वान भूकम्प प्रकोपग्रस्त क्षेत्रका सर्वसाधारणहरूको जीवनमा परिवर्तन हुँदैआएको छ।

            क्वाङ तुङ प्रान्तले वन छ्वान भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि माध्यमिक विद्यालय, प्राथमिक विद्यालय, अस्पताल, सर्वसाधारणको आबासलगायतका आधारभूत प्रबन्धको निर्माण गर्नुका साथै स्थानीय सर्वसाधारणहरूको दीर्घकालीन विकासका लागि विभिन्न व्यवसायमा साझेदारी सहायता दिएको छ।

             चालुवर्षको अप्रिल महिनाको एक तारिखका दिन क्वाङ तुङ-वन छ्वान उद्योग क्षेत्र विधिवत रुपमा खुलेको छ। हाल उक्त उद्योग क्षेत्रमा पहिलो खेपका पाँच वटा उद्योग-व्यवसाय छन्। क्वाङ तुङ-वन छ्वान उद्योग क्षेत्र वन छ्वानको आर्थिक विकासको नयँ इन्जिन बनेको छ।

            सन् 2013सम्म क्वाङ तुङ-वन छ्वान उद्योग क्षेत्रको औद्योगिक बिक्रीको आम्दानी पाँच अर्ब चिनियाँ युआन पुग्नेछ। उद्योगको थप वृद्धि मात्रा एक अर्ब पचास करोड चिनियाँ युआन पुग्नेछ। क्वाङ तुङ-वन छ्वान उद्योग क्षेत्रले वन छ्वानको व्यवसायको विकासमा सशक्त जीवन्त शक्ति थपिदिनेछ।

             क्वाङ तुङ प्रान्तले वन छ्वानको कृषि तथा पर्यावरण पर्यटन क्षेत्रको पुनःनिर्माण, छ्याङ र तिब्बती जातीय सँस्कृतिको विशेषतायुक्त बस्तीहरूको पुनःनिर्माणमा एघार करोड असी लाख चिनियाँ युआन लगाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह