फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ तु मुक्त भएको साठीऔं वर्षमा भएको ठूलो परिवर्तन

(GMT+08:00) 2011-05-16 14:56:50

                श्रोताहरु, चालुवर्ष तिब्बत स्वायत्त प्रदेशको छाङ तु क्षेत्र मुक्त भएको साठीऔं वर्ष हो। साठी वर्षअघि चिनियाँ जनमुक्ति सेनाले छाङ तु क्षेत्रमा प्रसिद्ध छाङ तु युद्ध लडेको थियो। जसले तिब्बतको शान्तिपूर्ण मुक्ति भएको नयाँ अध्याय उल्लेख गरेको थियो। बितेका साठी वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा छाङ तुको सुधार, खुलापन तथा समाजवादी आधुनिकीकरणको निर्माण कार्यमा टड्कारो उपलव्धि हासिल भएको छ। जीवन्त तथा प्रेरक शक्ति भरिएको नयाँ छाङ तु तिब्बत स्वायत्त प्रदेशको पूर्वी भागमा उभिएको छ। आजको कार्यक्रममा छाङ तु मुक्त भएको साठीऔं वर्षमा भएको ठूलो परिवर्तन विषयक एउटा विस्तृत विवरण सुन्नुहोस्।

                छाङ तु क्षेत्र तिब्बत, स छ्वान, छिङ हाई तथा युन नान चार प्रान्त जोडिने भागमा अवस्थित छ। त्यो ती चार प्रान्त जोड्ने यातायातको केन्द्र हो। त्यसलाई "तिब्बतको ढोका" मानिन्छ। त्यसको महत्वपूर्ण ऐतिहासिक तथा रणनीतिक स्थान रहेको छ। छाङ तु क्षेत्र छिङहाई-तिब्बत पठारभूमिको प्राचीन इतिहास तथा सँस्कृतिको उद्गम स्थानहरुमध्येको एक हो। छाङ तुको क्षेत्रफल करिब एक लाख दश हजार वर्गकिलोमिटर छ। त्यसमा तिब्बती, हान, ह्वै, ना सिलगायत् एकाइस वटा जाति बसोबास गर्छन्। त्यसको कूल जनसंख्या करिब छ लाख चालीस हजार छ। तीमध्ये तिब्बती जातिको सङ्ख्या पन्चानब्बे प्रतिशत रहेको छ। ग्रामीण तथा पशुपालन क्षेत्रमा बसोबास गर्ने जनसंख्या करिब पाँच लाख सत्तरी हजार रहेको छ। सन् 1995मा त्यहाँ बाङता विमानस्थलको निर्माण गरिएपछि छाङ तुदेखि छङ तु तथा ल्हासासम्मका दुई वटा उडान संचालनमा आएका छन्। अहिले समस्त छाङ तु क्षेत्रको खेतीको क्षेत्रफल सत्त्चालीस हजार दुई सय हेक्टर भएको छ भने प्राकृतिक घाँसे मैदानको क्षेत्रफल चौवन्न लाख हेक्टर पुगेको छ। यसका साथै वन जंगलको क्षेत्रफल सैंतीस लाख पचास हजार हेक्टर भएको छ। वन, औषधी तथा जंगली च्याउको विविध प्रकार छ। छाङ तु क्षेत्रमा खानिज तथा जलस्रोत प्रशस्त छ। त्यसका पर्यावरणीय दृश्य, मानवीय दृश्य तथा जातिय रीतिरिवाजको विशेष आकर्षण छ।

               सन् 2009मा छाङ तु क्षेत्रको कूल गार्हस्थ उत्पादन मात्रा पाँच अर्ब उनासी करोड चिनियाँ युआन थियो। यो सन् 2008को तुलनामा सत्र दशमलब आठ प्रतिशत बढेको थियो। सन् 2009मा छाङ तु क्षेत्रका किसान तथा पशुपालकहरुको औसत आय तीन हजार एक सय चवालीस चिनियाँ युआन पुगेको थियो। यो सन् 2008को तुलनामा एघार दशमलब एक प्रतिशत बढेको थियो।

              बितेका साठी वर्षदेखि छाङ तु क्षेत्रका विभिन्न उद्योगमा टड्कारो उपलव्धि हासिल भएको छ। यो अवधि छाङ तु क्षेत्रको आर्थिक तथा सामाजिक विकास सबैभन्दा राम्रो भएको, सर्वसाधारणको आय सबैभन्दा छिटो रुपमा बढेको तथा शहर र गाउँबस्तीको छविमा सबैभन्दा ठूलो परिवर्तन भएको अवधि हो। कृषि तथा पशुपालनसम्बन्धी विशेष उद्योगको निरन्तर रुपमा विकास हुँदै आएको छ। किसान तथा पशुपालकहरुको जीवनयापनको स्तर स्पष्टसँग माथि उठेको छ। विशेष गरी "एघारौं पञ्च वर्षीय योजना"को लागु भएदेखि छाङ तु क्षेत्रले "आनन्दसँग बसोबास गर्ने वातावरणको सिर्जनासम्बन्धी परियोजना" लागु गरेको छ। सन् 2009को अन्त्यसम्म तीन लाख भन्दा बढी किसान तथा पशुपालकहरुले सुरक्षित आबासमा बसेका थिए। ग्रामीण तथा पशुपालन क्षेत्रमा पानी, विद्युत, राजमार्ग, हुलाक, रेडियो तथा टेलिभिजन, दूर-सञ्चारलगायत आधारभूत प्रबन्धको निर्माणलाई लगातार रुपमा सबल पार्दै आएको छ। चार लाख जना भन्दा बढी किसान तथा पशुपालकले सुरक्षित पानी खान पाएका छन् भने दुई लाख पचास हजार किसान तथा पशुपालकले विद्युतको प्रयोग गर्न पाएका छन्। मोटर-गाडी, टेलिभिजन, फ्रिज तथा कम्प्युटरलगायत घरेलु विद्युतीय सामानले सर्वसाधारणको परिवारमा प्रवेश गरेको छ।

               मुक्त भएको छाङ तु क्षेत्रमा एउटा पनि विद्यालय थिएन। सन् 1951मा तिब्बतको पहिलो आधुनिक स्कुल-छाङ तु प्राथमिक विद्यालयको स्थापना भएदेखि शिक्षा-दीक्षा कार्य समस्त सर्वसाधारणमा फैलिएको छ। सन् 2009को अन्त्यसम्म समस्त छाङ तु क्षेत्रका विभिन्न स्तरीय विद्यालयहरुको संख्या पाँच सय उनान्तीस पुगेको थियो। विभिन्न स्तरीय विद्यालयहरुमा पढ्ने विद्यार्थीहरको संख्या एक लाख सात हजार छ सय छब्बीस पुगेको थियो।

               सन् 1950मा छाङ तु क्षेत्रमा एउटा पनि अस्पताल थिएन। त्यसबेला तिब्बती चिकित्सक कम मात्र थिए। साठी वर्षको विकास भएपछि क्षेत्र, जिल्ला तथा गाउँबस्ती तीन स्तरीय चिकित्सा सेवा सञ्जाल गठन भएको छ। यसका साथै तिब्बती चिकित्सा, चीनको परम्पारगत चिकित्सा तथा पश्चिमी चिकित्साबाट गठित चिकित्सा प्रणालीको स्थापना भएको छ। बासिन्दाहरुको सरदर आयु साठी वर्षअघिको पैंतीस वर्षदेखि बढेर सतसट्ठी वर्ष पुगेको छ। छाङ तु क्षेत्रको जनसंख्या सन् 1959 को दुई लाख चौवन्न हजारबाट बढेर छ लाख एक चालीस हजार पुगेको छ। चिकित्सा व्यवस्थाले सम्पूर्ण ग्रामीण तथा पशुपालन क्षेत्र ढाकेको छ।

                शहर तथा गाउँबस्तीको कठिन अवस्थामा परेका सर्वसाधारणलाई सहायता पुर्‍याइने नीतिलाई चौतर्फी रुपमा व्यवहारमा उतारिएको छ। समस्त सर्वसाधारणमा ढाकिने सामाजिक सुनिश्चिततासम्बन्धी व्यवस्थाको स्थापना भएको छ। सार्वजनिक कल्याणकारी कार्यको धुमधामसँग विकास गरिएको छ। बेरोजगारी परिवारहरु, अपाँगहरुलाई महत्व दिएर सघाउ पुर्‍याइएको छ। शहरमा दर्ता गरिएको बेरोजगारी दर स्थायी रुपमा चार दशमलब तीन प्रतिशतको परिधिमा नियन्त्रण गरिएको छ भने विश्व विद्यालयबाट स्नातक भएका विद्यार्थीहरुको रोजगारी दर एकासी प्रतिशतभन्दा बढी कायम भएको छ।

                  यसका साथै छाङ तु क्षेत्रले दक्ष व्यक्तिहरुको सम्मान गर्छ। त्यसले दक्ष व्यक्तिलाई तालिम दिने कार्यलाई धेरै महत्व दिएको छ। सन् 2009को अन्त्यसम्म समस्त क्षेत्रमा दक्ष व्यक्तिहरुको कूल संख्या सात हजार नौ सय त्रीपन्न पुगेको थियो। तीमध्ये अल्पसंख्यक जातिका दक्ष व्यक्तिहरुको संख्या पाँच हजार सात सय साठी पुगेको थियो।

                   छाङ तु क्षेत्रले प्राकृतिक वन जंगलको संरक्षण गरेको, पूर्वकालमा जंगल रहेको क्षेत्रलाई फंडानी गरी हाल खेति गरिरहेको जग्गालाई पुन:बृक्षारोपण गरी बनमा परिणत गरेको, याङसी नदीको माथिलो भागमा प्राकृतिक वनको संरक्षण गरेको छ। अहिलेसम्म छाङ तु क्षेत्रका दुई वटा राष्ट्रिय स्तरको आरक्षण क्षेत्र, एउटा राष्ट्रिय स्तरको जंगल पार्क, एउटा स्वायेत्त प्रदेश स्तरको सिमसार क्षेत्र छन्। पर्यावरणीय संरक्षण कार्यमा स्पष्ट उपलव्धी हासिल भएको छ।

                  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदले चालुवर्षको आरम्भमा तिब्बतको कार्य विषयक पाँचौं कार्य गोष्ठीको आयोजना गरी तिब्बतको फड्कोमार्ने गरी प्रगति तथा आगामी दीर्घकालीन अवधिसम्मको स्थिरतालाई अघि बढाउने विषयबारे महत्वपूर्ण रणनीतिको तर्जुमा गरेको थियो। अब छाङ तु क्षेत्रको सामु पहिले नभएको सुअवसर तथा विभिन्न चुनौति देखापरेका छन्। छाङ तुले सम्पन्न, शान्तिपूर्ण, मेलमिलापयुक्त तथा पर्यावरणीय छाङ तुको निर्माण प्रक्रियालाई गतिशील तुल्याएर तिब्बतको पूर्वी भागको अरु उज्यालो भविष्यको निरन्तर रुपमा सिर्जना गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह