फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको प्रशस्त गैर-भौतिक साँस्कृतिक सम्पदाको प्रभावकारी रुपमा संरक्षण

(GMT+08:00) 2011-05-16 15:00:10

              यताका केही वर्षदेखि चीनको केन्द्रीय सरकारको ठूलो सहायतामा तिब्बत स्वायत्त प्रदेशले गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण कार्यलाई निरन्तर रुपमा सबल पार्दै आएको छ। तिब्बतको प्रशस्त गैर-भौतिक साँस्कृतिक सम्पदाको प्रभावकारी रुपमा संरक्षण गरिएको तथा त्यसलाई राम्रोसँग बिंडो थामिएको छ। आजको चीनको तिब्बत कार्यक्रममा यस विषयसम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

               न्याङराइन नामक गाउँबस्तीको तिब्बती ओपेरा मण्डली यताका केही वर्षदेखि ल्हासाका सर्वसाधारणले सबैभन्दा बढी मन पराएको तिब्बती ओपेरा मण्डलीहरूमध्येको एक हो। यस मण्डलीका सबै अभिनेता-अभिनेत्रीहरू स्थानीय किसानहरू हुन्। उनीहरूको मीठो स्वर तथा सुन्दर आकृतिबाट उनीहरूको तिब्बती ओपेरासम्बन्धी उत्कृष्ठ स्तर अभिव्यक्त भएको छ। यस तिब्बती ओपेरा मण्डलीका जिम्मेवार व्यक्ति लोसाङ छिरिङले दिनुभएको जानकारीअनुसार, पहिले आफन्त अथवा साथीहरू भेटेको बेलामा रमाइलो वातावरण बनाउनका लागि सुरु भएको तिब्बती ओपेरा अहिले साँस्कृतिक उद्योग भएर त्यसको धुमधामसँग प्रचार-प्रसार गरिएपछि उहाँलाई धेरै आनन्द लागेको छ। उहाँ भन्नुहुन्छ, परम्परागत आठ वटा तिब्बती ओपेरामध्ये हामीले अहिले अभिनय गर्नसकेका पाँचवटा छन्। तीनवटा बाँकी नै छन्। चाँडै ती आठवटा तिब्बती ओपेराको अभिनय गर्नका लागि च्ये मु लुङ तिब्बती ओपेराका उत्तराधिकारीलाई हामीलाई निर्देशन गर्न यहाँ आउन हामीले अनुरोध गरेका छौं।

               यताका केही वर्षदेखि चीन सरकार तथा तिब्बत स्वायत्त प्रदेशले छुट्टाछुट्टै रुपमा एक करोड चिनियाँ युआनभन्दा बढी लगानी गरी तिब्बती ओपेरा कलाको सर्भेक्षण, अनुसन्धान, संरक्षण तथा बिँडो थाम्ने कार्य गरेका छन्। यसका साथै चीन सरकार तथा तिब्बत स्वायत्त प्रदेशले तिब्बती ओपेरा सम्बन्धित् अनेकन पुस्तक तथा श्रव्य-दृश्य वस्तु छापिएका छन्। विशेष गरी सन् 2009 मा तिब्बती ओपेरालाई सँयुक्त राष्ट्र संघीय युनेस्कोको गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा छनौट गरिएको थियो। प्राचीन तिब्बती ओपेरामा नयाँ जीवन्त शक्ति भरिएको छ। तिब्बती जातीय कला अनुसन्धानालयका अनुसन्धानकर्ता तानचङ छिरिङ यसबारे चर्चा गर्दै भन्छन्, पहिले हामीले तिब्बती ओपेरा अलप भएर जाने हो कि भन्ने चिन्ता गरेका थियौं। किनभने एउटा मिलीजुली ओपेराको रुपमा त्यसलाई बिँडो थाम्न गाह्रो थियो। तर गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना भएको कारण हामीले सक्रियताका साथ तिब्बती ओपेराको सक्रियताका साथ संरक्षण गरेका छौं। एउटा दोइलुङदेछेन जिल्लामा तिब्बती ओपेरा अभिनय गर्नसक्ने मण्डलीको संख्या नौ पुगेको छ। समस्त तिब्बत स्वायत्त प्रदेशमा दुई सय वटा भन्दा बढी तिब्बती ओपेरा मण्डलीहरू छन्। त्यसको द्रूत गतिले विकास भएको छ।

               तिब्बती संस्कृतिको बिँडो थाम्ने समृद्ध प्रवृत्ति तिब्बतले गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण कार्य थालेदेखि सबैभन्दा टड्कारो विशेषता भएको छ। तिब्बतको साँस्कृतिक मूल्यवान जुहारतको रुपमा तिब्बती चिकित्सा तथा जडिबुटी औषधिको संरक्षण गरिएनुका साथै त्यसको बजार पनि विस्तारित भएको छ। तिब्बती जडिबुटी औषधिमध्येका केही विशेष औषधिलाई प्रशोधित गर्ने प्रबिधि राष्ट्रिय स्तरीय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ। तिब्बती चिकित्सा तथा जडिबुटी औषधिसमक्ष पहिले कहिल्यै पनि नभएको सुअवसर आज देखापरेको छ। अहिलेसम्म करिब तीन सय प्रकारको तिब्बती जडिबुटी औषधिलाई "संरक्षणमा पर्ने चिनियाँ जडिबुटी औषधि"को सूचीमा राखिएको छ। पहिले सर्वसाधारणद्वारा मानिएको मूल्यवान तिब्बती जडिबुटी औषधि अहिले तिब्बती सर्वसाधारणको घरमा भएको सामान्य जडिबुटी औषधि बनेको छ। तिब्बती चिकित्सा इन्स्टिट्यूटका प्रमुख मिमा छिरिङ यसबारे जानकारी दिँदै भन्नुहुन्छ, पहिले हाम्रा सर्वसाधारणले केही मूल्यवान तिब्बती जडिबुटी औषधि धेरै महंगो भएको मानेर गम्भीर रोग लागेपछि मात्रै त्यो औषधि खाएका थिए। तथापि अहिले सर्वसाधारण तिब्बती जडिबुटी औषधि किन्नसक्छन्। रोग नलागेको बेलामा त्यसको प्रतिरोध गर्नका लागि पनि सर्वसाधारणले औषधि खान्छन्।

              तिब्बत स्वायत्त प्रदेशको साँस्कृतिक व्यूरोका उप-प्रमुख रन शु छ्युङका अनुसार, सन् 2005मा राज्य परिषदले गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण परियोजना लागु गरेदेखि यता तिब्बतका कूल छयहत्तरवटा परियोजना राष्ट्रस्तरीय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ। जसबाट गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीसम्बन्धी राष्ट्र, स्वायत्त प्रदेश, नगर तथा जिल्लालगायत चार स्तरको व्यवस्थाको गठन भएको छ। तीमध्ये गसारको गायनसम्बन्धी कलाकार छिरिङ द्रादुल, तिब्बती थाङ्कासम्बन्धी चित्रकार टेम्बा राब्टेनलगायत त्रीपन्न जना व्यक्तिलाई राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदाका प्रतिनिधि उत्तराधिकारीको रुपमा छनौट गरिएको छ। श्रीमती रन शु छ्युङ भन्छिन्, आगामी पाँच वर्षसम्म हुने काममा हामीले गैर-भौतिक साँस्कृतिक परियोजनाको आधारमा विशेषतायुक्त सँस्कृतिसम्बन्धी मार्काको सिर्जना गर्नेछौं। बाह्रौं पञ्चवर्षीय योजनाको अन्त्यमा हाम्रो राष्ट्रस्तरीय परियोजनाको संख्या एक सयभन्दा बढी पुर्‍याउन, स्वायत्त प्रदेशस्तरीय परियोजनाको संख्या तीन सयभन्दा बढी पुर्‍याउन तथा हाम्रो तिब्बतलाई चीन राष्ट्रको विशेषतायुक्त संस्कृतिको संरक्षण गर्ने स्थानको निर्माण गर्न पनि हामीले सक्दो प्रयास गर्नेछौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह