फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत फड्कोमार्ने गरी प्रगति भएको नयाँ युगमा प्रवेश गरिरहेको

(GMT+08:00) 2011-05-16 15:00:57

            श्रोता, गत मार्च चौध तारिख चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशन सफलताका साथ सम्पन्न भयो। मार्च सात तारिख दिउँसो तिब्बत स्वायत्त प्रदेशको प्रतिनिधि मण्डलको पूर्ण बैठकमा चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसका प्रतिनिधिहरुले सरकारी कार्य प्रतिवेदन, "बाह्रौं पञ्चवर्षीय योजना" का सम्बन्धमा तिब्बतको विकासको अवस्थाबारे छलफल गर्नुभएको छ। आजको चीनको तिब्बत कार्यक्रममा यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

            एघारौं पञ्चवर्षीय योजनाको अवधिमा तिब्बत स्वायत्त प्रदेशमा प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा सत्र हजार तीन सय उन्नाईस चिनियाँ युआन पुगेको थियो। यो दशौं पञ्चवर्षीय योजनाको अवधिको तुलनामा आठ हजार दुई सय त्रीयासी चिनियाँ युआन बढेको हो। प्रति किसान तथा पशुपालकको सरदर आय चार हजार एक सय अड्तीस चिनियाँ युआन पुगेको थियो। यो दशौं पञ्चवर्षीय योजनाको अवधिको तुलनामा एक गुणाले बढी हो। चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशको जन-काङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिन्जा तेन्जिन छोइताले यसबारे चर्चा गर्दै भन्नुभयोः "हाल तिब्बत गतिशील विकासबाट फड्कोमार्ने गरी प्रगति भएको नयाँ युगमा प्रवेश गरिरहेको छ भने तुलनात्मक बन्दको अवस्थाबाट पूर्ण खुलापनको अवस्थामा पुगेको छ। तिब्बतमा कृषि तथा पशुपालन उद्योग मात्रै रहेको अवस्थाबाट आर्थिक विकासको विविध तरिका पनि भित्रिएको अवस्थामा पुगेको छ। तिब्बतले वातावरणको पूर्ण संरक्षण गरेको छ। तिब्बतले आज खाने-लाउने समस्याको समाधान भएको अवस्थाबाट सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गरिरहेको छ। तिब्बतले आधारभूत स्थिरताको अवस्थाबाट दीर्घकालीन अवधिसम्मको स्थिरताको संरक्षण गरेको छ। आजकाल तिब्बत इतिहासमै सबैभन्दा राम्रो समयमा गुज्रेको छ र तिब्बत इतिहासको नयाँ सुरुवातमा उभिइरहेको छ।

            पर्यटन उद्योग तिब्बत स्वायत्त प्रदेशको विशेष उद्योग हो। पर्यटनको विकासबाट विश्वले साँचो तिब्बतबारे जानकारी पाउनुका साथै तिब्बती जनताले धेरै सम्पत्ति पनि आर्जन गरेका छन्। बितेका पाँच वर्षभित्र चीन सरकारले बाईस वटा प्राचीन कालको साँस्कृतिक भवनको जीर्णोद्धार गर्न सन्ताउन्न करोड चिनियाँ युआनको लगानी गरेको छ। तिब्बतको परम्परागत लोककला, तिब्बती ओपेरा आदि साठीवटा साँस्कृतिक कार्यक्रमलाई राष्ट्रिय गैर भौतिक साँस्कृतिक संरक्षण सूचीमा राखिएको छ। पोताला दरबार, जोखाङ दरबार तथा नोर्बु लिङखालाई संयुक्त राष्ट्र संघको विश्व साँस्कृतिक गैर भौतिक सम्पदा सूचीमा राखिएको छ।

             रहस्यमय तिब्बती सँस्कृति तथा सुन्दर वातावरणले धेरै पर्यटकहरुलाई आकर्षित गरेको छ। आर्थिक विकास र वातावरण संरक्षणलाई तिब्बत स्वायत्त प्रदेशको महत्वपूर्ण कार्यको रुपमा राखिएको छ। "तिब्बतको पर्यावरणीय सुरक्षाको संरक्षण तथा निर्माणसम्बन्धी परिकल्पना"को अक्षरसः पालना गरिनुका साथै समस्त चीनमा तिब्बतको घाँसे-मैदानको संरक्षणसम्बन्धी पुरस्कार व्यवस्था लागु गरिएको छ। हालै तिब्बतको विभिन्न किसिमको प्राकृतिक आरक्षण क्षेत्रको कूल क्षेत्रफल चार लाख दश हजार वर्गकिलोमिटर पुगेको छ। सो मात्रा चीनको प्रथम स्थानमा रहेको छ। बितेका पाँच वर्षभित्र तिब्बतमा पर्यटकहरुको कूल संख्या करिब तीन गुणाले बढेर अठसट्ठी लाख पचास हजार पुगेको छ। चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पदमा सिनलेले भन्नुभयो, "पर्यटनको द्रूत गतिको विकासले वातावरणलाई ध्वस्त पारेको छ कि भन्नेमा तपाईंहरु ढुक्क हुनुहोस्, शङ्का नगर्नुहोस्। हाम्रो मुख्य जिम्मेवारी भनेको सुन्दर वातावरणलाई सुनिश्चित पार्नुपर्ने पूर्वार्धमा पर्यटनको धुमधामसँग विकास गर्नु हो। छिंगहाइ-तिब्बत रेलमार्ग सञ्चालनमा आएपछि तिब्बत आएका पर्यटकहरुले रेलमा एउटा पुस्तक पाउँनेछन् । सो पुस्तकमा पर्यटकहरुले आफ्नो शरीरका लागि ध्यान दिनुका साथै तिब्बतको पर्यावरणलाई पनि संरक्षण गर्ने आशा उल्लेख गरिएको छ। तिब्बतको क्षेत्रफल एक करोड बीस लाख वर्गकिलोमिटर छ। तथापि तिब्बतमा साठी लाख पर्यटक पुगेका छन्। यो संख्याभन्दा चीनको अरु भित्री प्रदेश अथवा विश्वका लागि एउटा दृश्यालवोकन क्षेत्रका पर्यटकहरु बढी छन्, त्यसै कारण तिब्बतको वातावरणलाई कुनै पनि हालतमा बिगारिने छैन।

              बितेका पाँच वर्षको अवधिमा तिब्बत स्वायत्त प्रदेशको यातायातसम्बन्धी सञ्जालको आधारभूत रुपमा स्थापना भएको छ। हाल तिब्बतमा राजमार्गको कूल लम्बाइ अन्ठाउन्न हजार किलोमिटर पुगेको छ। सो लम्बाइ सन् 2005 को तुलनामा तेत्तीस प्रतिशतले बढी हो। छिंगहाइ-तिब्बत रेलमार्गको सञ्चालनबाट तिब्बतमा रेलमार्ग नभएको इतिहासको अन्त्य भएको छ। लिन च, आलि, शिगाचेमा विमानस्थलको स्थापना पनि भएको छ। हालै तिब्बतको सूचनाकरणसम्बन्धी निर्माणमा पनि द्रूत गतिले विकास भएको छ। इन्टरनेट प्रयोगकर्ताको कूल संख्या एघार लाख पचास हजार पुगेको छ।

                 बाह्रौं पञ्चवर्षीय योजनाबारे चर्चा गर्दै चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसका प्रतिनिधि एवम् चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् तिब्बत स्वायत्त प्रदेश समितिका सचिव चाङ छिंग लिले भन्नुभयोःबाह्रौं पञ्चवर्षीय योजनाको अवधिमा तिब्बतले आर्थिक तथा सामाजिक विकासमा जनताको जीवनसँग सम्बन्धित विषयलाई धेरै महत्वपूर्ण स्थानमा राख्नेछ। जनताको जीवन अझै राम्रो हुनेछ। सन् 2013 सम्म हाम्रो स्वायत्त प्रदेशका सम्पूर्ण किसान तथा पशुपालकहरुले सुरक्षित घर-जग्गामा बस्न पाउनेछन् तथा सुधार र खुलापनको उपलव्धिको उपभोग गर्न पाउँनेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह