फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती राज्यको समाधिस्थलको भ्रमण

(GMT+08:00) 2011-05-16 15:04:26

                 चीनको तिब्बती जातिको इतिहास निकै पुरानो छ। त्यसले हिउँदे टारभूमिमा उज्यालो तथा रहस्यपूर्ण तिब्बती सँस्कृति सिर्जना गरेको छ। टुपो राज्य वंश चीनको इतिहासमा सबैभन्दा शक्तिशाली राज्य वंश हो। पहिलेदेखि टुपो राज्य वंशका राजाहरूको शव तिब्बतको शान नान क्षेत्रमा रहेको तिब्बती राज्यको समाधिस्थलमा राखिएको छ। आजको कार्यक्रममा तपाईहरू हामीसँगै हजारौं वर्षको इतिहास बोकेको तिब्बती राज्यको समाधिस्थलको यात्रामा जाऔं।

                 शान नान क्षेत्रमा पर्ने च ताङ गाउँबाट पश्चिमतिर तीस किलोमीटर हिंडेर टुपो राज्य वंशका राजाहरूको समाधिस्थल पुगिन्छ। यो तिब्बतमा भएको सबैभन्दा ठूलो पैमानाको राजाको समाधिस्थल हो। त्यो शान नान क्षेत्रको छ्युङ चे जिल्लाको विपरीत दिशामा रहेको फि र शान पहाडमा अवस्थित छ। यहाँ आनन्ददायी मौसम अनि जमिन राम्रो छन्। यसका साथै यहाँ सुन्दर पहाड तथा राम्रो प्राकृतिक वातावरण छ। धेरै वर्षअघि यहाँ प्राचीन तिब्बती जातिको उद्गमस्थल थियो। शान नान क्षेत्रको पर्यटन व्यूरोका प्रमुख छ्यु लिन भन्नुहुन्छ, यिनीहरू तिब्बती राजाका समाधिस्थलहरू हुन्। यहाँ सातौं शताव्दीदेखि नवौं शताव्दीसम्मको अवधिमा अर्थात उनान्तीसौं राजादेखि एकचालीसौं राजासम्मका समाधिस्थलहरू हुन्। सम्पूर्ण समाधिस्थलहरू तीस लाख पचास हजार वर्गमीटरको क्षेत्रफलमा रहेका छन्। इतिहासको रेकर्डबमोजिम् एकाइस वटा समाधिस्थल हुनुपर्छ। तथापि पूरातात्विक वस्तुको सर्भेक्षण गर्दा हामीले अठारवटा समाधिस्थल पाएका छौं। अहिले घरेलु रुपमा छुट्याइएका समाधिस्थलको संख्या नौ छ।

               टुपो राज्य वंश चीनको इतिहासमा धेरै प्रसिद्ध थियो। प्राचीन कालका तिब्बती राजाहरूले प्रशस्त सम्पत्ति संकलन गर्नुभयो। यसका साथै उहाँहरूले विशाल दरबार, गुम्बा तथा समाधिस्थलको निर्माण गर्नुभयो। अहिले जमिनमाथि रहेका प्रायःजसो भवनहरू विद्यमानमा छैनन्। माथिल्लो ठाउँबाट तिब्बती राजाहरूको समाधिस्थल हेर्दा पहाडको छेउमा पर्ने समाधिस्थलहरू माटोबाट बनाइएका थुम्काजस्तै देखिन्छन्। तथापि हजारौं वर्षपछि तिनीहरू आधुनिक कालका व्यक्तिहरूको विश्लेषण पर्खिरहेका छन्। शान नान क्षेत्रको पर्यटन व्यूरोका प्रमुख छ्यु लिन भन्नुहुन्छ, सातौं शताव्दीदेखि नवौं शताव्दीसम्मको अवधि तिब्बतको इतिहासमा एउटा विशेष अवधि हो। टुपो राज्य वंशको यस समृद्ध अवधिमा सम्पूर्ण तिब्बतले हान जातिको संस्कृति स्वीकार गरेको थियो। केही मानिसले तिब्बतमा यस किसिमको माटोबाट बनाइएका थुम्काहरू जताततै रहेका कारण तिनीहरू समाधिस्थल नभएका कुरा बताएका छन्। तर उनीहरूको विचार ठीक छैन। पहिलो कारण पुस्तकमा यससम्बन्धी ठोस रेकर्ड रहेको छ। र दोस्रो कारण यस्तो किसिमको समाधिस्थलमध्येका तीन वटा थाङ वंशको समाधिस्थल भएका प्रमाणित भएको छ।

                 ऐतिहासिक दस्ताबेजअनुसार, हरेक तिब्बती राजाको समाधिस्थलमा प्रशस्त मूल्यवान पूरातात्विक वस्तुहरू तथा सुन, चाँदी तथा जुहारतहरू गाडिएको छ। तिनीहरू टुपो राज्य वंशको इतिहास तथा संस्कृतिको अनुसन्धान गर्ने मूल्यवान वस्तुहरू हुन्। सौभाग्यको कुरा के हो भने अहिलेसम्म अधिकांश तिब्बती राजाहरूको समाधिस्थलहरूको भित्री भाग बिगारिएको छैन। यो सयौं वर्षअघि तिब्बती राजाहरूको समाधिस्थलको रक्षक रहेको कुरासँग सम्बन्धित छ।

               चालुवर्ष त्रीचालीस वर्ष उमेर भएका यि सि दोजी दश वर्षभन्दा बढी समयसम्म समाधिस्थलका रक्षक भएका छन्। उनले गुम्बाको झ्यालको छेउमा पर्ने कुनामा बसेर विश्वका विभिन्न स्थानबाट आएका पर्यटकहरूलाई तिब्बती राजाहरूको कथाबारे बयान गर्दै आएका छन्। यि सि दोजीका अनुसार, उनी हरेक दिन चार पाँच घण्टासम्म सम्पूर्ण समाधिस्थलहरू घुमेर प्राकृतिक क्षति अथवा मानवद्वारा गरिएको क्षति भएको छ कि छैन भन्ने कुरा हेर्छन्। उनी भन्छन्, म यहाँ हरेक दिन तिब्बती क्षेत्रबाट आएका धर्मावलम्बीहरूको सत्कार गर्नुका साथै केही सफाइको काम पनि गर्छु। यसका साथै एकजना भिक्षुको हैसियतले म हरेक दिन मन्त्र जप्छु। त्यसका अतिरिक्त, म समाधिस्थलको संरक्षण गर्छु। यहाँ यस्तै धेरै तिब्बती राजाहरूको समाधिस्थल भएका कारण त्यसको रक्षकको जिम्मेवारी निकै महत्वपूर्ण छ। राष्ट्रले तिनीहरूलाई निकै महत्व दिएको छ। समाधिस्थलको रक्षकको हैसियतले मैले त्यसको राम्रोसँग संरक्षण गर्नुपर्छ।

                कतिपय तिब्बतीहरूका लागि तिब्बती राजाहरूको समाधिस्थल पवित्र छ। यहाँ तिब्बती जातिको संस्कृतिको उद्गमस्थल हो। हरेक वर्ष हजारौं तिब्बती तिब्बत, छिङहाई, कान सु, युन नान, स छ्वानलगायत ठाउँबाट पुर्खाको पूजाआजा गर्न तिब्बती राजाहरूको समाधिस्थलको भ्रमण गर्छन्। ल्हासाबाट आएका तिब्बती युवक सोलाङछरन् तीमध्येका एक हुन्। उनी भन्छन्, तिब्बती जातिको एक सन्तान भएको हैसियतले यहाँ आएर ती महान भवन तथा इतिहासको अवलोकन गर्दा मलाई निकै गौरव लागेको छ।

                आधुनिक संस्कृति भएका आज ती समाधिस्थलहरू हेर्दा ती शान्तिपूर्ण समाधिस्थलहरूले एक हजार वर्षअघि भएको समृद्ध परिस्थिति तथा एउटा जातिको इतिहासबारे वर्णन गरिरहेका कुराजस्तै देखिन्छन्। यि सि दोजी अरु बढी चिनियाँ तथा विदेशी पर्यटकहरू तिब्बती राजाहरूको समाधिस्थल आएर तिब्बतको इतिहासबारे जानकारी लिनसक्ने आशा आफूले गरेको कुरा बताउँछन्, चीन तथा विदेशका अरु बढी पर्यटकहरूले तिब्बती राजाहरूको समाधिस्थलको अवलोकन गर्नसक्ने आशा मैले गरेको छु। गुम्बाका भिक्षु तथा समाधिस्थलको रक्षकको रुपमा म अरु बढी व्यक्ति यहाँ आएर तिब्बतका संस्कृति तथा इतिहासबारे जानकारी लिने प्रतीक्षामा छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह