फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदे टारभूमिको ज्ञान भण्डार-तिब्बतको ज्योतिष शास्त्र

(GMT+08:00) 2011-05-16 15:07:12

            छिङहाई तिब्बत टारभूमिमा बसोबास गर्ने तिब्बती जनताले आफ्नो मेहनत तथा बुद्धिमत्ता विचारमार्फत स्वजातिको विशेष ज्योतिष शास्त्रको सिर्जना गरेको छ। तिब्बतको ज्योतिष शास्त्रको विशेष तरिका छ। त्यसमध्ये खगोल विद्या, भूगोल, तिब्बती चिकित्सा, कृषि लगायतका धेरै ज्ञान समावेश छन्। त्यसो भएको हुनाले तिब्बतको ज्योतिष शास्त्रलाई तिब्बतको ज्ञान भण्डार मानिन्छ। आजको चीनको तिब्बत नियमित कार्यक्रममा हामी तिब्बतको रहस्यपूर्ण ज्योतिष शास्त्रबारे जानकारी दिनेछौं।

            तिब्बती अस्पतालमा एउटा विशेष संस्था "मन च खाङ" छ। तिब्बती भाषामा मन च खाङ भनेको तिब्बती चिकित्सा, तिब्बती औषधी तथा ज्योतिष शास्त्र सम्बन्धी विशेष संस्था हो। तिब्बती अस्पताल अन्तर्गत ज्योतिष शास्त्र अनुसन्धानालयका उप-प्रमुख छ तो जानकारी दिँदै भन्छन्, मन भनेको तिब्बती चिकित्सा तथा तिब्बती औषधी हो। च भनेको ज्योतिष शास्त्र र खाङ भनेको प्रतिष्ठान हो।

             मन च खाङ , यस विषयले व्यापक रुपमा तिब्बती क्षेत्रको खेती गर्ने कामका लागि निर्देशन दिने महत्वपूर्ण भूमिका खेल्छ। किसान तथा पशुपालकहरु यस्तो विषय मन पराउँछन्। हरेक वर्ष धेरै किसान तथा पशुपालकहरु यही विषय पढ्न ल्हासा जान्छन्। ज्योतिष शास्त्र अनुसन्धानालयले यस किसिमको पढाइ निशुल्क र पार्ट टाइम रुपमा पढाउँछ। अहिलेसम्म ज्योतिष शास्त्र अनुसन्धानालयले करिब पाँच सय जना योग्य व्यक्तिलाई तालिम दिएको छ। यसका साथै तिब्बत स्वायत्त प्रदेश सरकारले ज्योतिष शास्त्रको अनुसन्धान कार्यलाई धेरै महत्व दिएको छ। सन् 2007 देखि तिब्बत स्वायत्त प्रदेश सरकारले तिब्बती अस्पतालमा ज्योतिष शास्त्र सम्बन्धी तालिम कक्षाको स्थापना गरी ज्योतिष शास्त्रको अनुसन्धान सम्बन्धी योग्य व्यक्तिलाई भर्ती गर्दै आएको छ। सन् 2009सम्म बयालीस जना उत्कृष्ठ विद्यार्थी स्नातक उत्तीर्ण भएका छन्। श्री छ तो भन्नुहुन्छ, हाम्रो स्वायत्त प्रदेशको तिब्बती चिकित्सा इन्स्टिच्यूटले केही खेपका विद्यार्थीहरुलाई तालिम दिएको छ। यसका साथै विभिन्न क्षेत्रमा तिब्बती अस्पतालको स्थापना गरिएको छ। हामीले विशेष गरी तीन वर्षसम्म उनीहरुलाई पढाएका छौं। तिनीहरु कलेजबाट स्नातक भएका विद्यार्थी हुन्। उनीहरु युवा हुनुका साथै उनीहरुमा ज्योतिष शास्त्रको ज्ञान पनि छ।

             हजार वर्षको इतिहास भएको तिब्बतको ज्योतिष शास्त्रमा चीनको मुख्य भूमि तथा भारतको सम्बन्धित ज्योतिष शास्त्र मिसेको छ। त्यसले वर्ष, महिना, मितिको रिकर्ड गर्नुका साथै खगोल दृश्य घटना, मौसमको प्रवृति तथा दैवि प्रकोपको अनुमान गर्नसक्छ। त्यसले विभिन्न क्षेत्रमा भएको खेती तथा पशुपालनका लागि निर्देशन दिनुका साथै विभिन्न ऋतुमा सयौं प्रकारको चिनियाँ जडिबुटी औषधी तथा तिब्बती औषधीको संकलन गर्ने ज्ञान पढाउँछ।

             तिब्बतको खगोल अनुसन्धानालयको मुख्य जिम्मेवारी भनेको हरेक वर्ष खगोल सम्बन्धी किताब बनाउनु हो। खगोल सम्बन्धी किताबको विषयमा हरेक वर्ष खगोल क्षेत्रमा हुने कुरा तथा पाँच वटा ग्रह चल्ने नियम लगायत धेरै क्षेत्रहरु समावेश छन्। तिब्बती अस्पताल अन्तर्गत ज्योतिष शास्त्र अनुसन्धानालयका उप-प्रमुख छ तो जानकारी दिँदै भन्छन्, खगोल सम्बन्धी किताबको सबैभन्दा ठूलो विशेषता भनेको धेरै किसान तथा पशुपालकहरुलाई निर्देशन दिनु हो। तीमध्ये खेति गर्ने बेला, पशु सार्ने बेला तथा विभिन्न जडिबुटी औषधीको संकलन गर्ने ऋतु लगायत विषयहरु समावेश छन्।

             "तिब्बतको ज्योतिष शास्त्र सम्बन्धी किताब" तिब्बतको ज्योतिष शास्त्रको एउटा महत्वपूर्ण भाग हो। त्यसले हिसाब गर्न अनेकन जटिल तरिकामार्फत केही बुँदा टिपोट गर्छ। त्यसपछि ती बुँदालाई पुस्तिकामार्फत टेलिग्राफको अनुवाद जस्तै तिब्बती भाषामा अनुवाद गरिएपछि तिब्बतीहरु यस किताब पढ्नसक्छन्।

                उन्नतशील विज्ञानको कारण आज मानवले सुविधाजनक कम्प्युटरको प्रयोग गरेको छ। त्यसले ज्योतिष शास्त्र सम्बन्धी किताबमा चाहिने तथ्याँक गतिशील तथा उचित रुपमा हिसाब गर्नसक्छ। जसले मानवद्वारा हिसाब गर्ने परिणाम मिलाएर ज्योतिष शास्त्र सम्बन्धी किताबको विवरण अझ सही छ। यसबारे चर्चा गर्दा तिब्बती अस्पताल अन्तर्गत ज्योतिष शास्त्र अनुसन्धानालयका उप-प्रमुख छ भन्छन्, मानवले हिसाब गरी राख्छ र पछि कम्प्युटरले सच्याउंछ। एक जनाले मात्र हिसाब गर्नुहुंदैन। कम्तीमा तीन चार जनासँगै मिलेर हिसाब गर्नुपर्छ। सूर्य ग्रहण तथा चन्द्र ग्रहणको हिसाब गर्दा एकदम जटिल छ। गत वर्षको डिसेम्बर बाइस तारिख भएको सूर्य ग्रहण ज्योतिष शास्त्रबाट हिसाब गरिएको हो। हिसाब गरिएको परिणाम शत प्रतिशत ठीक भयो।

             ज्योतिष शास्त्र सम्बन्धी किताब बनाइएपछि त्यसलाई जिल्द लाइन्छ। हरेक वर्ष तीन लाख वटा प्रकाशन गरिन्छ। त्यसको विक्री तिब्बत, स छ्वान, छिङ हाई, युन नान, कान सु लगायत तिब्बती जाति बसोबास गर्ने क्षेत्र बाहेक, तिब्बतसँग जोडिएका नेपाल, भूटान, म्यान्मार लगायत मुलुकहरुमा गरिन्छ।

                तिब्बती अस्पताल अन्तर्गत ज्योतिष शास्त्र अनुसन्धानालयका अनुसन्धानकर्ता कुंगारन्जङ राष्ट्रिय अभौतिक साँस्कृतिक सम्पदा तिब्बतको ज्योतिष शास्त्रका उत्तराधिकारी हुन्। उनले तिब्बतको ज्योतिष शास्त्र राम्रोसँग जान्नुका साथै हरेक वर्ष "तिब्बतको ज्योतिष शास्त्र सम्बन्धी किताब"को सम्पादन गर्ने विशेषज्ञहरुमध्येका एक हुन्। दर्जनौं वर्षको जीवनबारे सिंहाव्लोकन गर्दा उनले तिब्बतको उत्कृष्ठ परम्परागत सँस्कृति क्रमश: हराउँदै गएको छैन, बरु त्यसको अरु राम्रोसँग विकास तथा संरक्षण गरिएको ठहर गरेका छन्।

                 बाल्यकालदेखि नै मैले तिब्बतको ज्योतिष शास्त्र सिक्न थालें। सिकेपछि आफ्नो घरबार फर्कें। वर्तमानको जस्तो राम्रो वातावरण थिएन। अहिले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले ज्योतिष शास्त्रमाथि धेरै ध्यानाकर्षण भएको छ। सन् 2006मा तिब्बत सरकारले ज्योतिष शास्त्रको अनुसन्धान गर्न चार लाख चिनियाँ युआनको विशेष रकम छुट्याएको थियो। त्यसपछि हरेक वर्ष एक लाख चिनियाँ युआनको विशेष रकम छुट्याउँदै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह