फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उन्नाईसौं चीनको खुन मिङ आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीको उद्घाटन समारोह आयोजना

(GMT+08:00) 2011-06-05 21:31:59
    उन्नाईसौं चीनको खुन मिङ आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीको उद्घाटन समारोह तथा साँस्कृतिक कार्यक्रम आज जुन महिनाको पाँच तारिख बेलुकी दक्षिण-पश्चिम चीनको खुन मिङ शहरमा आयोजना भएको छ।

         चिनियाँ वाणिज्य मन्त्रालयका अधिकारीहरु, चीनका लागि दक्षिण एशियाली मुलुकहरु तथा आशियान मुलुकका राजदूतहरु तथा वाणिज्य काउन्सिलरहरु, दक्षिण एशियाली मुलुक तथा आशियान मुलुकका प्रतिनिधि मण्डलका प्रतिनिधिहरु, चिनियाँ उद्योग-व्यवसायका प्रतिनिधि आदि व्यक्तिहरु उक्त उद्घाटन समारोह तथा साँस्कृतिक कार्यक्रममा उपस्थित हुनुभएको छ।

         चीनको खुन मिङ उन्नाईसौं आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनी भोलि जून छ तारिखदेखि औपचारिक रुपमा शुरु हुने र दश तारिख सम्पन्न हुनेछन्।

         थाहा भएअनुसार, उक्त मेला र उक्त प्रदर्शनीको अवधिमा "चीन-सार्क उप मन्त्रीहरुको अनौपचारिक आर्थिक तथा व्यापारिक वार्ता", "चीन-पाकिस्तान वाणिज्य मञ्च", "दक्षिण एशियाली मुलुकहरुको आर्थिक तथा व्यापारिक प्रचार-प्रसार सम्मेलन", "छैठौं चीन-दक्षिण एशिया वाणिज्य मञ्च", "दोस्रो चीन-दक्षिण तथा पूर्वी एशिया-दक्षिण एशिया टेलिभिजन कला सप्ताह"लगायतका धेरै गतिविधिहरु तथा कार्यक्रमहरु आयोजना गरिनेछन्।

                                                                                                                                                                                     प्रतिभा, खुनमिङ , चीन ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह