फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि.आर.आई.ले " चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्थापना भएको 70 औं वार्षिकोत्सव " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता आयोजना गर्ने

(GMT+08:00) 2011-06-09 14:28:45

           चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्थापना भएको 70 औं वार्षिकोत्सवको उपलक्ष्यमा जून महिनाको एक तारिखदेखि अक्टुबरको एकतीस तारिखसम्म सि.आर.आई.ले विश्वभरी " चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्थापना भएको 70 औं वार्षिकोत्सव " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता आयोजना गर्ने भएको छ।

           जून महिनाको शुरुमा नेपाली सेवाले आफ्नो प्रसारण, र नेपाली सेवाको अन्लाइनमा सो ज्ञान विज्ञान प्रतियोगिता सम्बन्धी विशेष लेख र प्रश्नहरु प्रस्तुत गर्नेछ र साथै श्रोतालाई प्रश्न-पत्र पनि पठाउनेछ। श्रोताले आ-आफ्नो इच्छानुसार नेपाली सेवाको अन्लाइन वा प्रश्न-पत्र मार्फत् यस प्रतियोगितामा सहभागि हुन सक्नुहुनेछ।

           यस बाहेक श्रोताले निबन्ध वा कविता मार्फत आफ्नो र सि.आर.आई.संगको सम्बन्ध र एक-आपसमा बिर्सन नसक्ने कुराबस्तु पनि लेख्न सक्नुहुन्छ।

           माथिल्लो दुई स्वरुप बाहेक श्रोता स्वयं आफैले बनाएको चित्र वा हस्तकला पनि हामीलाई पठाउन सक्नुहुन्छ। जसबाट सि.आर.आई.प्रतिको आफ्नो माया व्यक्त गर्न सक्नुहुन्छ।

           अक्टुबर एकतीस तारिखपछि सि.आर.आई.का एकसट्ठी सेवाबाट जम्मा दश जना श्रोतालाई छानी विशेष पुरष्कार दिइनेछ। यसका साथै प्रथम, द्बितीय र तृतीय पुरष्कार पनि दिइनेछ। र अन्तमा हामी नेपाली सेवाको प्रसारण र अन्लाइनमा पुरष्कार हासिल गर्ने श्रोताको नामावली प्रस्तुत गर्नेछौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह