फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विकास तथा विश्वको परिवर्तनको यथोचित अभिलेखालय

(GMT+08:00) 2011-06-09 17:24:55

           आउने डिसेम्बर तीन तारिखका दिन चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव हो। बितेका सत्तरी वर्षको विकास प्रक्रियामा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो अर्थात् सि.आर.आई.ले विदेशलाई चीनको विकासबारे जानकारी दिँदै जटील अन्तर्राष्ट्रिय परिस्थितिको अभिलेख पनि राख्दै आएको छ। यसबाट विश्वका विभिन्न मुलुकका जनता बीचको समझदारीलाई प्रवर्द्धन पारिने आशा गरिएको छ। नयाँ शताब्दीमा प्रवेश भएपछि सि.आर.आई. अन्तर्राष्ट्रिय क्षेत्रमा मित्रता फैलाउने माध्यम स्वरुप विभिन्न मुलुकका संचारमाध्यम तथा श्रोताहरुसँग गहन आदान प्रदान गर्दै श्रृंखलाबद्ध द्बिपक्षीय तथा बहुपक्षीय कार्यक्रमको आयोजना गर्दै आएको छ। आजको वर्षौंअघिको आवाज, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताको दोस्रो भागका दुइटा प्रश्न यस प्रकार छन, ध्यान दिएर सुन्नुहोलाः

एक, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विदेशमा कतिवटा क्षेत्रीय मुख्य कार्यालयको स्थापना गर्ने योजना बनाएको छ?

दुइ, चीन-रुस मैत्री यात्रा अन्तर्गत रुस यात्रा भन्ने कार्यक्रम कुन सालमा आयोजित गरिएको हो?

आजको कार्यक्रमको अन्त्यमा फेरि एक पटक प्रश्न दोहोर्‍याउने छु। अब हामी आजको कार्यक्रमतर्फ लागौं।

           विश्वमा सबभन्दा धेरै किसिमका भाषाको माध्यमले प्रचार प्रसार गर्ने अन्तर्राष्ट्रिय स‌स्थाको हैसियतले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो विश्वलाई चीन तथा विश्वबारे जानकारी दिनुलाई आफ्नो कार्यभार लिन्छ। संयुक्त राष्ट्र संघको मुख्यालयमा, कोसोभो युद्धको आक्रमणमा, व्हाइटहाउसका राजनीतिज्ञहरु भेट्ने स्थलमा, अफ्रीकी मुलुकका राष्ट्रनायकहरुले पद सम्हाल्ने समारोहमा यी सबै परिस्थितिमा सि.आर.आई.का सम्बाददाता रिपोर्ट गर्दै छन। उनीहरु विकासोन्मुख मुलुक चीनबाट गएका हुन्।

            सन् 1999को मार्चमा कोसोभो युद्ध शुरु भएको थियो। त्यस युद्धमा रहेर युगोस्लाभियास्थित सि.आर.आई.का दुब्ली पत्रकार वाङ च मिनले स्थानीय बासिन्दाहरुको युद्धरत जीवनबारे अन्तर्वार्ता लिएर कोसोभोमा के भयो भन्ने बारेमा सि.आर.आई.मार्फत विश्वलाई सुनाइन्।

           "मलाई डर लाग्यो। विशेष गरी शुरुमा। युद्ध शुरु भएको घोषणा भएपछि म अलपत्रमा परें किनभने मसँग युद्ध सम्बन्धि कुनै अनुभव पनि थिएँन। युद्ध कसरी हुन्छ यी कुरा मलाई थाहा थिएन। तर मैले डरको बाबजुद गाडी चलाएर स्थानीय स्कूल, व्यवसाय, आवास क्षेत्र गएँ। दिनभरि खाना नखाइकन आठ घण्टासम्म गाडी चलाएर बेल्ग्रेडका अधिकाँश क्षेत्र घुमेर हेरें। फर्केपछि मलाई थाहा भयो के कसरी रिपोर्ट गर्ने। म पुगेको हरेक ठाँउमा त्यहाँका मानिसहरुसँग गफ गरें र स्थानीय बासिन्दाबाट स्वागत पाएँ।"

             लगभग असी दिनसम्म चलेको युद्धमा पत्रकार वाङ च मिनले साँच्चीकै खतरालाई पार गरिन। उनी बसेको पचास मिटर टाढामा एउटा बम बर्षाइएको रहेछ। सैनिक निषेध क्षेत्रमा अन्तर्वार्ता लिँदा उनलाई अन्यत्र लगेर सोधपुछ गरियो। उनको प्रयासमा लेखिएको 'युद्धरत युगोस्लाभिया संघ' नामक श्रृंखलाबद्ध रिपोर्टले सन् 1999मा राष्ट्रिय प्रेस पुरस्कार प्राप्त गर्‍यो।

            गत शताब्दीको असी दशकदेखि आजसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले हङ्गकङ्ग तथा मकाउ लगायत विश्वमा बतीस वटा पत्रकार कार्यालय स्थापित गरिसकेको छ र आगामी दश वर्षमा अफ्रीका, मध्यपूर्व, यूरोप तथा उत्तर अमेरिका लगायतका क्षेत्रमा आठ वटा क्षेत्रीय मुख्य कार्यालय खडा गर्ने भएको छ। ती पत्रकार कार्यालय तथा क्षेत्रीइ मुख्य कार्यालयको भरमा परी सि.आर.आई.ले विश्वका विभिन्न ठाँउलाई संवेदनशील रुपमा ध्यान दिँदै छ।

            बितेका केही वर्षयता, चीनको विकास क्रममा अन्तर्राष्ट्रिय समाजले विकासोन्मुख मुलुकको आवाजमा ध्यान दिँदै आएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै ठूलो घटना भएमा सि.आर.आई.ले चीनको आवाज निकाल्न प्रयास गर्दै आएको छ। यसबारे चर्चा गर्दै पाकिस्तानस्थित सि.आर.आई.का पूर्व प्रथम पत्रकार हुँ लीनले भनेः "एउटै घटनाबारेमा चिनियाँ पत्रकार तथा विदेशी पत्रकारले फरक दृष्टिकोणबाट विचार व्यक्त गर्दछन। अन्तर्राष्ट्रिय क्षेत्रमा चिनियाँ पत्रकारहरुले आफ्ना आवाज तथा स्वतन्त्र विचारलाई व्यक्त गर्नुपर्ने जिम्मा बोकेका छन। किनभने केही अवस्थामा चिनियाँ पत्रकारले चीन लगायत विकासोन्मुख मुलुकको दृष्टिकोणको प्रतिनिधित्व गर्दछन। अन्तर्राष्ट्रिय समाजमा चिनियाँ संचारमाध्यम समाचारको मुख्य श्रोत बनेमा चिनियाँ संचारमाध्यम एवम् विश्वको शान्ति तथा स्थिरताको लागि पनि हितकर हुने मेरो विश्वास छ।"

             चिनियाँ समाजको विकास तथा अन्तर्राष्ट्रिय परिवर्तित परिस्थितिमा ध्यान दिनुका साथसाथै बितेका केही वर्षमा सि.आर.आई.ले अन्तर्देशिय तथा क्षेत्रलाई पार गर्ने ठूला कार्यक्रमहरुको पनि आयोजना गरेको छ र ती कार्यक्रमहरुबाट विदेशी श्रोताहरुको लागि चीनबारे जानकारी लिने झ्याल खोलिएको छ र अन्तर्राष्ट्रिय मित्रताको लागि पनि मितेरी पुल पनि स्थापित गरिएको छ।

              चीन तथा रुसका राष्ट्रनायकको निर्णय वमोजिम, दुइ देशले राष्ट्रिय वर्ष भन्ने कार्यक्रमको आयोजना गरेका छन। यसै सन्दर्भमा सन् 2006मा सि.आर.आई.ले चीन-रुस मैत्री यात्रा अन्तर्गत रुस यात्रा भन्ने अन्तर्देशिय रिपोर्टिङ्ग कार्यक्रम आयोजित गरेको थियो। उक्त कार्यक्रमका संयोजकमध्येको एक सि.आर.आई. रुसी सेवाका विशेषज्ञ फान पिङपिङले कार्यक्रमको योजना गरेको विचारबारे ब्याख्या गर्दै भनिनः "त्यति बेला हाम्रो विचार निकै निष्कपट छ कि रुसीहरुले चीनबारे जानकारी लिन तथा चिनियाँ रुसबारे जानकारी लिन सहयोग दिनु रहेको छ।"

            यस अलावा, दुइ वर्षपछि सि.आर.आई.ले चिनियाँ रुसी गीत गाउने प्रतियोगिता भन्ने कार्यक्रम पनि आयोजित गरेर चीनका प्रधान मन्त्री वन च्या पाउ तथा रुसी प्रधान मन्त्री भ्लादिमिर पुटिनबाट सराहना प्राप्त गर्‍यो।

             मितेरी आवाजको निरन्तरता दिइँदै छ। सन् 2010मा चीन-भियतनाम दौत्य सम्बन्ध स्थापित भएको साट्ठी औं वार्षिकोत्सव मनाउन सि.आर.आई. तथा भियतनामका संचारमाध्यमको संयुक्त संयोजनामा 'मितेरी गीत गाऔं भन्ने गायन प्रतियोगिता' आयोजित गर्‍यो। तीन सय जना चिनियाँ तथा भियतनामीले उक्त प्रतियोगितामा भाग लिए।

              बितेका केही वर्षमा सि.आर.आई.ले धेरै आदान प्रदान कार्यक्रम आयोजित गर्दै चीन तथा अरु देश बीचको समझदारी तथा मित्रतालाई प्रवर्द्धन पार्दै आएको छ। यसबारे चर्चा गर्दै सि.आर.आई.का मुख्य सम्पादक यीन लीले भनेः "अन्तर्राष्ट्रिय संचारमाध्यमको हैसियतले सि.आर.आई.ले अन्तर्राष्ट्रिय दृष्टिकोण लिएर सांस्कृतिक आदान प्रदानलाई बढाउने जिम्मा लिन्छ र चीन तथा अन्य देश बीचको मित्रता तथा समझदारीलाई बढाउने कार्यभार छ। आजआएर ती लक्ष्यहरुलाई साकार तुल्याइसकेको छ।"

             अन्त्यमा म आजको प्रश्न एक पटक पुनःदोहोर्‍याउँदै छु। एक,… र दुइ, …। इमेल वा पत्र पठाउनका लागि हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली कार्यक्रम। पोस्ट बक्स नं 4216,पैचिङ, जन गणतन्त्र चीन अथवा पोस्ट बक्स नं 405,काठमाडौं, नेपाल। हाम्रो इमेल ठेगाना हो:nepali@cri.com.cn अथवा crinepali@sina.com । हवस्त, आजको कार्यक्रम यहीं सकिन्छ। कार्यक्रमबाट म हिमालाई विदा दिनुहोस्, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह